गजल : बेसुध बनायो आज

~कृष्ण सिंह पेला~

के के पिलाई उस्ले बेसुध बनायो आज ।
कस्तो अचम्म भैगो होशै उडायो आज ।।

यी पाउ डगमगाए यी ओठ थरथराए ।
चुपचाप मुदित पलकमा चुम्बन जडायो आज ।।

उर्लेर आयो बाढी सारा डुबायो बस्ती ।
आदर्श, मान्यताको मन्दिर बगायो आज ।।

खोजेर फूल सुन्दर शुभरङ्ग इन्द्रधनुषी ।
मेरो उजाड उपवन उसले सजायो आज ।।

तनमन गरें समर्पित अब लोकलाज छैन ।
उसले मलाई साँच्ची आस्तिक बनायो आज ।।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.