गीत : प्रेमको कथा

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

तिम्रो मेरो प्रेमको कथा युगौ2 बाँची रहोस्
तराई पहाड नदी नाला हिमचुलीमा हाँसी रहोस्

तराई फाँटमा हावा चल्दा हाम्रो प्रीत लहराउन
पहाडी भेगमा चाँप फूल्दा पिरतीको बसना छरुन
हरेक जोडी मायालुले हाम्रो माया गाँसिरहोस
तराई पहाड नदी नाला हिमचुलिमा हाँसिरहोस्

फुलको तिर्खा मेटाइदिने हाम्रो प्रीति सित बनोस
बन पाखा कोयली गाउदा पिरतीको गीत बनोस
हरेक प्रेमीले मिलनमा हाम्रै माया साँचीरहोस्
तराई पहाड नदी नाला हिमचुलिमा हाँसिरहोस्

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.