गजल : माया हुन्छ

~हिमालचन्द्र वराल~

यहाँ सबैलाई आआफ्नो लगानीको माया हुन्छ
एकबार मात्रै आउने जवानीको माया हुन्छ

गाउँ छोडेर बसाइँ हिड्दा को रुँदैन होला र
बगी जाने आँसुलाई आँखाको नानीको माया हुन्छ

भोगाइपिच्छे फरक हुन्छ जिन्दगीको स्वाद ‘नि’
लाखौं प्रयासमा नछुट्ने बानीको माया हुन्छ

गोधुँलीमा फर्किन्छन् गुँडमा चराचुरुङ्गीहरु
मोही पारिने ठेकीलाई मदानीको माया हुन्छ

दिनभर जति सहे पनि घातप्रतिघातहरु
रातमा प्रेमले साथ दिने सिरानीको माया हुन्छ

तनावले अँध्यारोमा भौतारिने जोकसैलाई
स्निग्ध अनि सुकोमल बिहानीको माया हुन्छ

यहाँ सबै भङ्गुर छ भनी कस्लाई छैन थाहा ?
जलेको प्रिय मान्छेको खरानीको माया हुन्छ

हिमालचन्द्र वराल
विराटनगर-१२, मोरङ्ग

(स्रोत : तितेपाती डट कम)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *