गजल : सरकार काम लागेन

~सुरेन्द्र खौलराठी~Shree Surendra

चाहिएको बेला सरकार काम लागेन !
त्यो आफन्त त्यो नातेदार काम लागेन !

जिन्दगी एकतिर गयो सपना अर्कोतिर,
विज्ञानको सुत्र पुराणको सार काम लागेन !

बैंस गएपछि बुढीकन्या भन्छे अचेल,
सुन्दर थियो यो अनुहार काम लागेन !

महलमै उस्को बिभत्स्व हत्या भो,
भन्छन पर्खाल र तारबार काम लागेन !

सुरेन्द्र अचेल हिडेकोछ आफ्नै सुरमा,
यो सोचेरकि जिन्दगीमा सदाचार काम लागेन !

नाम: सुरेन्द्र खौलराठी
ठेगाना: खलंगा, दार्चुला
हाल: कीर्तिपुर, काठमाण्डु

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.