कविता : चर्चा चलेको छ

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

शहरमा होस् या गाउँमा
खुब चर्चा चलेको छ
तर
विकासको चर्चा चलेको छैन
नयाँ विद्यालय निर्माण गर्नु त कताकता
भत्किएको विद्यालय मर्मत गर्ने चर्चा सम्म चलेको छैन
अस्पतालको कुरा छोडौं
हेल्थपोष्ट वनाउने चर्चा सम्म चलेको छैन
नयाँ वाटोको के कुरा,
पैरोले पुरेको वाटो सफा गर्ने चर्चा सम्म चलेको छैन
इमान्दारहरुलाई सम्मान गर्नु त कताकता
सम्झना सम्म गर्नपर्छ भन्ने सम्मको चर्चा पनि चलेको छैन
नयाँ आधुनिक वालीनालीको कुरा परै जाओस्
किसानहरुले उत्पादन गरेको
अन्नको व्यवस्थापन गर्ने सम्मको चर्चा चलेको छैन
सहुलियतमा खाद्यन्न वितरण गर्नु त के
भोका जनता के खाँदैछन् भनेर फिटिक्कै चर्चा चलेको छैन
यहाँ यस्तै छ
चर्चा जुन कुरोको चल्नुपर्ने हो
त्यसको चर्चा हुँदैन, चल्दैन
चर्चा नहुनुपर्ने विषयहरुको चर्चा धेरै चल्छ
शिर निउराउने कालो कुरोहरुको चर्चा खुब चल्दछ ।
यहाँ चर्चा हुन्छ त केवल भ्रष्टाचारीहरुको
र, तिनीहरु विरुद्ध परेको मुद्धालाई
निष्कृय वनाउन खुब चर्चा चल्दछ ।
तिनीहरुलाई शुद्ध वनाउनका लागि चर्चा चल्दछ
तिनीहरुलाई विश्वकै ठुलो फुलमाला लगाइदिएको चर्चा चल्दछ
अपराधीहरुलाई कानुनको घेरावाट
जोगाउने उपायहरुको वारेमा चर्चा चल्दछ
घुस्याहाहरुले न्याय पाएनन् भन्ने वारेमा पो चर्चा चल्दछ
कानुनलाई निरिह हुंदा चुंइक्क नबोल्नेहरु
जालीफटाहाहरुलाई कानुनले फसायो भन्ने उल्टो चर्चा गर्छन्
शोषितहरुको पक्षमा चर्चा चलेको सुनिंदैन
शोषणको अन्त्य हुनपर्छ भन्ने वारेमा चर्चा चल्दैन
सरकार वनेको मात्र के हुन्छ यहाँ
दिशानिर्देष गर्न त अपबाद हुन्छ
तुरुन्तै कसरी ढाल्न सकिन्छ भन्ने वारेमा चर्चा चल्दछ ।
गुमनाम गराइन्छ उत्पादक विषयहरुलाई
जनता सामु पु¥याउन अग्लो पर्खाल खडा गरिन्छ यहाँ
गलत कुरोका चर्चा भरपुर हुन्छ
सहि विषयहरुलाई लुकाउन मिलोमतो चल्छ यहाँ ।

(१३ मार्च २०१६, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.