कथा : बालापनको विरह

~डा. माधवप्रसाद कोइराला~

भाग – १

सन्तेको वालककाल अति नै रमाइलो संग बितेको अनुभव भइरहेको छ । जव युवा अवस्थाबाट प्रौढअवस्था तिर लाग्ने गर्छ क्रमसः जिवनको मूल्याङ्कन गर्न मन लाग्दो रहेछ । सन्तेको जिवनमा पनि अरु मानिसको जस्तै अनेक आरोह अवरोहहरुमा जिवन गुज्¥यो । गरिव किसान परिवारमा जन्मेकोले, वालपनमा संझना भए अनुसार उ सारै चन्चले थियो । उस्को बाबाले भन्नुहुन्थ्यो उ माथिका दुइवटि दिदीहरु खेर गएर जन्मेको तेस्रो सन्तान भएकोले सबैको गुडिया जस्तै थियो । उ आधुनिक परिवार वा छुट्टिएर बनेको सानो परिवार भन्दा फरक परिवारमा जन्मेको थियो । सन्तु भनेर उस्को नाम हजुरबाले राखिदिनु भएको भन्नुहुन्थ्यो उस्को आमा । सन्तु भन्दा भन्दै सन्ते भएको थियो बोलाउने नाम । परिवारमा हजुरआमा, हजुरबुबा, बाबा र आमा सहित पाँचौं रोलको सन्ते थियो । हजुरआमाको प्यारो नाति भएकोले सधै पिट्ठिउमा बोकेर काम गर्नु हुन्थ्यो उस्को हजुरआमा । हजुरआमा भन्नु हुन्थ्यो कयौं पटक पिठिउमा सन्तेले सुसु र आचि गरिदिन्थ्यो । पछिसम्म भन्नु हुन्थ्यो रे उस्को सुसु र आचि गनाइ रहेको । उस्को आमा दैनिक कार्यमा बिहान सबेरै निस्कने र खाना खान आउने अनि भाडाकुडा सफा गरेर पुनः काममा निस्कने दिनचार्य थियो । हजुरआमा मेरो हेरचाह गर्ने अनि बिहानको खाना, खाजा र बेलुकाको खाना बनाउने काममा ब्यस्त बन्नु पर्ने थियो । उस्को हजुरबाको काम दश बाह्रवटा जति बाख्राहरु र हल गोरु सहित तिन चारवटा गाई पालेकाले तिनलाइ चराउन लाने काम हुन्थ्यो । उस्को बाबले नेपाल सरकारको सैनिक सेवामा पेन्सन पकाए पछि जागिर छाडेर आउनु भएकोले किसान जिवनमा समायोजन गर्न लाग्नु भएकोले खेताला, अर्मपर्मको काम थियो । यसरि यो सुन्दर परिवारको कामको वर्गिकरण गरेको थियो ।

यस्को अलवा हजुरबाले वेद, रुद्रि, गिता, चण्डिमा पारंगत हुनुहून्थ्यो । उहा जजमानि पनि गर्नु हुन्थ्यो । कर्मकाण्ड, वेद, रुद्रि श्राद्यामा वहा बेस्त हुनुहुन्थ्यो । वहाका यजमानहरु औंसि, पुर्णिमा र संक्रान्तिमा पुरेतलाइ नियमित सिदा दान दिएरमात्र खाने भएकोले सो काम गर्न केहि नखाइ पर्खिने गरेका हुन्थे त्यसकारण यजमानलाइ कुराउनु हुन्न बेलैमा यजमानकोमा जाने गर्नुपर्छ भनेर होला, आफु जान नभ्याउने ठाँउका यजमानहरुको घर जान सन्तेको बाबालाइ अराउने गर्नुहुन्थ्यो रे। यस्तो बेलामा कामको नियमित बाणफाण अलिक फरक हुन्थ्यो रे । आमा र बाबाले केहि समायोजन गरेर हजुरबाको नियमित काम गरिने गरेको थियो रे । तर हजुरआमाको काममा केहि परिवर्तन नहुने रहेछ । सन्तेको श्याहार अनि घर भित्रको सबै कामको जिम्मेवारि थियो वहामाथि ।

सन्तेलाइ बाबाले झन माया गर्नु हून्थ्यो रे । अहिले जस्तो आधुनिक खाद्य परिकार नपाए पनि घरेलु परिकारले सन्तेको लागि विशेष परिकार बन्ने गर्थे रे । जाँतोमा पिधेको चामलको पिठोलाइ पटक पटक चालेर अन्त्यमा सुति कपडाको रुमालमा चालेर सन्तेको लागि लिटो बन्ने गरेको कुरा उस्को हजुरआमा भन्नु हुन्थ्यो जुन यो एकदम नौलो थियो । हजुरआमा र हजुरबा नाती भनेपछि हुरुक्क हुनुहून्थ्यो । यजमानले दिएको मिठाइ, चकलेट सन्तेको भागमा पर्दथ्यो । सन्तेको लागि भनेर दुहुनु गाई घरमै पालेको थियो । त्यो समयमा उस्कोलागि चाहिने सबै चिजको उपलब्धता थियो । यसरि सन्तेका दिनहरु बित्तै गए । भात खुवाउने दिन, भोटो लगाउने दिन आदि पर्वहरु आउदै गए । गच्छे अनुसार सन्तेको बाबा र हजुरबाले सबैलाइ बोलाएर वैदिक विधीद्धारा पुजा आजा गरि भोज भतेरको आयोजना हुने गर्दथ्यो ।

यसरि हुर्किदै गरेको सन्ते बेलाबेलामा विरामि पर्ने गरेको कुरा उस्लाइ हेरचाहा गर्ने हजुरआमा बताउनु हुन्थ्यो । रुडिवादी परंम्परामा चल्ने परिवार भएकोले हजुरआमा भुत, पिचास, देव, देवीमा विश्वास गर्नु हुन्थ्यो । कुल देवता, बायु देवताले दुख दिएकि वा बोक्सिा–बाक्सि लागेर हो भन्ने ठान्नु हुन्थ्यो हजुरआमा । यस्को सामान्य झारफुक सन्तेको हजुरबा आफै गर्नु हुन्थ्यो । गाँउका धेरै बिरामि बच्चा वहाले एक पटक मंत्र पढेर फुकेपछि बिमार चट् हुन्यो रे, त्यसैले गाँउको लागि त अहिलेको मेडिकल डाक्टर जतिकै हुनुहुन्थ्यो रे । वहा जडिबुटि समेत प्रयोग गरेर विमारिको इलाज गर्नु हुन्थ्यो रे, त्यसैले गाँउले भन्थे रे गुरुलाइ बोलाएर एक पटक देखाउ सब ठिक हुन्छ । सन्तेलाइ उस्को हजुरबाले उपचार गरेपछि पनि ठिक नभए जलविरलाइ बोलाएर देखाउने गरिन्थ्यो । जलविर सारै सजिलो मानिस थिए । कसैलाइ दुख विमार भएको भनेर लिनगयो भने पस्केको खाना पनि छाडेर विरामि हेर्न आउथे रे । जस्तो बिरामिलाइ पनि जलविर पैला नारि समाउदै भन्ने गथ्र्यो रे कि ठुलै पिचासले समाते छ । यस्को निराकरण हुदैन कि? याने पहिला परिवारहरु सबै आत्तिने बनाएपछि अनि भन्थ्यो रे मेरो सामु जस्तै पिचास भएपनि टिक्न सक्दैन, म हटाउछु । यसरि सन्तेको उपचार हुने गर्दथ्यो ।

हजुरबाका चारभाइ छोरा र चारवटि छोरि रहेछन । ठुलाबुबा निलकण्ठ कर्मकाण्डमा पारंगत भएकोले आफु आत्मा निर्भर बन्ने आधार भएकोले बिबाहा गर्ने बित्तिकै छुटिनु भएकको रे । माइला विभिषण सन्तेका बाबा हजुरबा हजुरआमा संगै बस्नु भयो । साइलाबाबा अलि भरलाग्दा रहेछन हजुरबा र हजुरआमाको लागि । बिहेदान भएपछि वहामा पनि दायित्व बोध भएर केहि कमाउ र परिवारलाइ सहयोग गरौ भनेर ईन्डियाको कालेपुङमा रोजगारि गर्न जानुभएको र रोगलागेर उतै बित्नु भयो भन्ने खवर आएछ । हजुरबा र हजुरआमाको जिवनमा ठुलो बज्रपात भएछ । कान्छाबाबा सोह्र वर्षमै डाडागाउबाट छोरि दिने र त्यो परिवारको छोरा नभएकोले त्यहिपरिवारमा घरज्वाइ बस्नु पर्ने सर्तमा बिबाहा गरेर जानु भएछ । तेस्तै छोरिहरु जेठि रश्मी सन्तेको बाबाहरु सबैकि दिदी भएकोले बिबाहा गरेर दिएको रहेछ । माइलि रुक्मिण्ी माख्लो गाँउका आचार्यहरुलाइ, जो पुरेत मान्दै आएको थियो बिबाह गरेर दिएको रहेछ, साइलि यशोदा मालुमा सन्तेको बाबा र फुपुको साटो गरेर बिबाहा भएको रहेछ । मेरो बाबाले त्यस घरकि छोरि र त्यस घरका छोरालाइ साइली छोरिको विबाहा गरेको रहेछ । कान्छि यमुना सिम्रासमा दिएको रहेछ । हजुरबा आफ्ना बाबा आमासंग बसेकोले बजेहरुले गरेको ब्यबहारको कर्जा चुकाउने कर्तब्य हजुरबाको रहेछ । फेरि हजुरबाको आमाबाबा बित्नुहुदाको कामको ऋण थपिएको रहेछ । यसरि आठ जना छोराछोरीको बिबाहा ब्रतबंन्धको कर्जा कहालि लाग्दो भएछ । हजुरबा र हजुरआमाको भरपर्दा साइलाबाबा बितिसकेपछि, सन्तेको बाबाको काँधमा सबै जिम्मेवारि थपिएछ । पछि सन्तेको बाबाले सैनिक सेवामा नोकरि गरेपछि धेरै ऋण चुकाएको कुरा पछि सम्म गर्नु हुन्थ्यो ।

यो कुरा देख्नलाइ अति सामान्य लाग्दछ तर बिल्कुल सामान्य रहेन छ । जस्लेपनि आफ्नो दायित्व आफ्नो लागि मात्र लिन सजिलो हुन्छ । ब्यक्तिदेखि पृथक भएर समग्र परिवारको दायित्वको बोध गर्ने माहान मानिन्छ । अझ परिवार भन्दा अघि बढेर समग्र देशकोलागि सोच्ने नेता कहलिन्छ । सन्तेका बाबा जस्ले सिङ्गो परिवारको समग्र भार आफ्नो दायित्व मानेर बाबा आमा संगै बसेका थिए । आफ्नो परिवारको मात्र सोच्न वाहाले वातावरण पाउनु भएनछ ।

भाग – २

सन्तेलाइ सम्झना हुन थाल्छ कि उ बिस्तारै बढ्दै जादा हजुरआमाको काखबाट अब तल्ला घर, माख्ला घरका साथिभाइहरु संग खेल्न सुरु गर्छ । सन्तेको घरमा अर्को नयाँ सदस्यको जन्म हुन्छ याने सन्तेले खेल्ने बोल्ने माया गर्ने भाइ पायो। यस अगाडि सन्तेलाइ हजुरआमाले जसरि स्याहार सुसार गर्नु हुन्थ्यो । अव सन्तेको भाइले त्यो माया पाउने छ । सन्तेको बाबाले जागिरबाट तलव प्रति महिना पच्चिस पैसा कमाउने र त्यो पनि छाडि सकेको, निबृतिभरण भत्ता प्रतिमैना आठ पैसाले खासै गर्जो टर्दैनथ्यो । घरको आयश्रोत नाजुक हुदै थियो । उस्को हजुरबाको यजमानी कामले खानाकोलागि सिदाको रुपमा ल्याएको चामलले केहि भरथेग गरेको थियो तर अरु सामन किन्न पैसाको अभाव हुदै गएको थियो । खेति किसानी र बस्तुभाउबाट खासै नगद आम्दानि गर्न सकिदैनथ्यो । खालि पारिवारिक उपभोगको लागि ठिक्क हुन्थ्यो । अर्थात गुजरामुखि थियो खेतिपाति र पशुपालन । अन्नपात, मासु, दाउरा, मल, बिउमा आत्मा निर्भर नै थियो । खालि लत्ता कपडा, मरमसलाको लागि भने पैसा खर्च गनु पर्ने थियो । यो लगभग प्रति सदस्य वर्षमा दुइजोर कपडा किन्नु पर्दथ्यो । अनि अर्को ठुलो धनरासि घन्टेमाझिकोबाबाबाट सन्तेको तिन पुस्ता अघिदेखिको सावाँको ब्याज तिर्नको लागि नगदको संकट भैरहन्थ्यो । घन्टेमाझीका बाबाको व्यवहार सन्तेले अनुभव गर्न पाएन किनकि सन्ते जन्मनु अघिनै परलोक भैसकेको भनेर सन्तेको हजुरबा भन्नु हुन्थ्यो । वहाका अनुसार घन्टे साहु मनकारि थियो । व्याज दुइवर्ष भन्दा बढिको जम्मा भयो भने नगद नभए, खसि, जोत्नेगोरु, दुहुनु गाइ दिइ व्याज चुकाइने गरेको थियो रे । वहा भन्नुहुन्थ्यो यसरि साहूले हामि प्रति गंभिर अपराध गरेन ।

त्यो बेलाका साहुहरु ऋणीहरुको जग्गा जमिन, सामाजिक हैसियत हेरेर त्यहि अनुसारको व्यवहार गर्दथे । साहुहरु तमसुक पत्रमा रु १ को ऋणलाइ सुन्य थपेर दश बनाउने र रु १० को ऋणलाइ सुन्य थपेर सय बनाउने, रु ५ को ऋणलाइ एक सुन्य वा दुइ सुन्य थपेर पचास वा पाँच सय बनाउने गरेका रहेछन । यो कुरा सन्तेका बाबाको पालामा गोप्य रुपमा केहि ऋणीहरु आपसमा कानेखुसी गर्दा रहेछन । ऋणीहरुले साहुका बिरुद्ध खुला रुपमा बोल्न पाइदैनथ्यो । कसैले बोलेमा राजकाज मुद्या लाग्दथ्यो । सामान्तिहरुबाट उस्को जबरजस्त समाजमा कथित बहिस्कारको झ्यालि पिटिन्थ्यो । कुनै ब्रह्मणलाइ जनै काटेर सजाय दिने गरिन्थ्यो । कसैकसैलाइ त चारापाटा मुडेर (याने टाउकोको चारतिरको कपाल मुन्डन गरेर) सात डाँडा कटाउने सजाय पाउथे । उस्को हात कलम वा उस्ले समाजमा गर्ने सम्पुर्णकामको मान्य नहुने भनिन्थ्यो । सायद यो सजाय कडा मानिन्थ्यो । यो डरले समाजमा खुला रुपमा साहु, मुखिया, जिम्वालका बिरुद्ध बोलेमा राज्य विप्लव गरेको आरोपमा प्रकृति अनुसार उ वा उस्को परिवार सहित, सर्बस्वहरण गरि गाँउ, जिल्ला वा देश निकाला गरिन्थ्यो । साहू, मुखिया र जिम्मवालहरुको पक्षमा संपुर्ण राज्य संयन्त्र हुने गर्दथ्यो । हजुरबाले भन्नुहुन्थ्यो लप्टनको छोरो राम जातमा बाहुन थिए, समान्तिहरुले यो केसमा थिए । उस्को लेखपढि समाजमा मान्य हुदैनथ्यो । उस्लाइ हातकलम गरिएको थियो।

सन्तेको हजुरबा भने अलि बिद्रोहि स्वभावको हुनुहुन्थ्यो । एक पटक पल्ला गाँउको यजमानको साहूले यजमानलाइ दश मुरि धान उब्जने खेत रु १ सावाँको दश बर्षको ब्याज तिर्न नसक्ता उक्त खेत लिलामि गरेका थिए रे । सन्तेको हजुरबाले न्यायका पक्षमा बोल्दा पाँच घर यजमान खोसिएको घोषणा त्यो साहूले जिम्वाल मार्फत गराएका थिए रे । त्यस पछाडि सन्तेका हजुरबा अलि सतर्क भएर बोल्ने, अन्याय हुदाहुदै मिल्ने मानिस संग न्यायको पक्षमा कुरा गर्नु हुन्थ्यो । सन्तेको बाबा चाहि भरखर शाहि सेनाको जागिर छाडेर आएकोले वहामा बिद्रोह के हो? कसरि समाज परिवर्तन, रुपान्तरण गर्ने भन्ने कुराको स्पस्ट खाका थिएन तर न्याय, समानताका पक्षमा उभिने उहाको स्वभाव थियो । सन्ते वल्ला घर, पल्ला घरको साथिहरु संग खेल्ने उमेर पार गर्दै अब हजुरबा संगै गाइ, बाख्रा चराउन सहयोगी बन्ने भयो । त्यसोत सन्तेको भाइ गोपेको न्वारन र पाश्नि वैदिक विधी अनुसार हजुरबाले जानेका पुरोहित बोलाएर सम्पन्न गराउनु भयो । सन्तेको काम सुरुका दिनमा दिउसो हजुरबा संगै हिडने हुनाले गाइबस्तु कसरि हेर्नेमा केन्द्रित थियो । गाइबस्तुको चरन ढोकेको भिरबाट सतर्ककता साथ ओरालेर तल समथर ठाँउ थामचौरमा लगिन्थ्यो । थामचौरहरु तल्लो थामचौर मख्लो थामचौर र माझको थामचौर गरि तिनवटा समथर थामचौर थिए । यहा कलकलाउदा घासका पालुवाहरुमा गाईबस्तु राम्ररि चर्दथे । दिउसो बस्तुलाइ तिर्खा लाग्यो भने या त कालापानि वा सिममा ख्वाउन लगिन्थ्यो होइन भने घर ल्याउदा डाँडाको कुवामा आहाल बारेको थियो। यहि आहालको पानि ख्वाउने गरिन्थ्यो ।

ढोकेको भिर वारपार गर्दा कयौं दुहुनो गाई, जोत्ने गोरु भिरबाट लडेर मरेका घटनाहरुको बेलि बिस्तार सुनाउनु हुन्थ्यो सन्तेको हजुरवा । प्रकृतिले साच्चै मनोहर फाँटहरु दिएको थियो । तल्लो थामचौरमा मास्तिर आइतबारेको ढाँड थियो तल समथर भागमा कलिला कुरिलाका मुनाहरु काइयो, धगेराका मुना, भलायोका मुनाहरु पाइन्थ्यो भने माख्लोथामचौर सल्लाका रुखमुनि उम्रैको कलिलो घास चराउन बेग्लै आनन्द आउथ्यो । कालापानि, सिम आदि ठाँउमा प्राकृतिक मुलबाट पिउनको लागि पानि पाइने हुदा चरनका लागि उपयुक्त मानिन्थे । दिनभरि चरनमा चराएका गाइबाख्रलाइ पानि ख्याउने ठाँउ प्राकृतीको अलौकिक बरदान थिए । पानि ख्वाएर समथर ठाँउमा गाँइका बथान छाडने र बाख्राको बथानलाइ भिर तिर लगाइन्थ्यो किनकी उमे्रका कलिला मुनामा रम्ने बाख्राको बानि थियो । सन्तेलाइ भने एउटै स्वर्थ थियो कि आफ्ना आँखाले गाँइ र बाख्राको बथानलाइ टहलि रहन पाइयोस । प्रकृतिले साच्चै बरदान दिएको थियो । एक ठाँउदेखि अर्को ठाँउ विषेश किसिमले फरक थिए ।माथिल्लो थामचौरबाट गौरिसंकर हिमाल चाँदिभैm चम्किरहेको हुन्थ्यो भने चैत्र मैनाको अखण्ड गर्मिमा पनि साच्चै प्राकृतिको काखमा सितल पवनका झोकामा कावा खादाको आनन्द कुनैतारे होटेलमा चलाएको वातानुकुलकक्ष भन्दा अति उत्तम लाग्दथ्यो । समथर भागमा गाईबस्तु चराइने गरिन्थ्यो किनकि अप्ठेरो भिरमा गाइबस्तु जादैनन भने बाख्रहरु भिरमा चराइने गरिन्थ्यो । बाख्राहरु बाँदर पनि हिडन नसक्ने अक्करमा चर्दै त्याहि अड्केका घटना भन्नुहुन्थ्यो । मान्छे जान नसक्ने,बाख्रा अघाएर त्यहि अक्करमा बस्नाले, मानिस जान सक्ने ठाँउमा गएर बोलाउने गरिन्थ्यो कयौं दिनको कोशिस पछाडि कहिले तल आउथे भने कहिले बाघले खाने गर्दथ्यो ।

दिनको समयमा यसरि हजुरबा बाट सन्तेले व्यवहारिक ज्ञान प्रप्त गर्दै थियो भने बिहान बेलुका सल्लाको दाउराको भित्रिभाग जस्लाइ दियालो भनिन्थ्यो त्यो बालेर अक्षर लेख्ने र पढ्ने कामको थालनि हुने गर्दथ्यो । अक्षर लेख्न गाँउको धनमानेले बनाएको काठको पाटिमा दाउरा बालेर आउने कोइला चेप्टो ढुङ्गामा पिधेर पानिमा मुछेर पाटिकालो पर्ने गरिन्थ्यो अनि खरि ढुङ्गाबाट ल्याएको खरिले क देखि त्र र अ देखि अः सम्म लेख्ने गरिन्थ्यो । पाटिमा जति पटक पनि लेख्ने र मेटने गरिन्थ्यो । पाटिको कालोपन हराए पुनः अंगारले पोतेर नयाँ बनाउने गरिन्थयो । सन्तेको हजुरबाले संघर्षका कथाहरु पटक पटक सुनाउने गर्नु हुन्थ्यो । यसरि दियालोलाइ बत्तिको रुपमा उपयोग गरिन्थ्यो । अहिले जस्तो सिमित मात्र भएपनि बिजुलि बत्ति थिएन । एक त उत्पादन सिमित थियो । दोस्र राण शासन सकेर पंचायतले शासन गरेको बेला सर्वसाधरणलाइ बिजुलि बत्तिको पहुच थिएन । एकठाँउबाट अर्को ठाँउमा पु¥याउने ट्रान्समिसन लाइन थिएन ।

केहि मैनाको व्याबहारिक ज्ञान पछि हजुरबा यजमानकोमा जाने दिनमा गाइ बाख्रा चराउने कामको जिम्मा सन्तेलाइ दिइयो । एकैचोटि विश्वास नगरि माख्ला घरकि रुक्मिणीलाइ आवाश्यक सहयोग गर्न भनेको रहेछ । रुक्मिणी दिदीले भन्दैथिइन “हेर सन्तेभाइ मलाइ सघाइदिनु भनेको छ, तलाइ समस्या परे भन है । म सघाउ छु” मैले हुन्छ दिदी मद्यत चाहिए म माग्छु भनिदिए। सन्तेले आफ्नो आधि समय गाइहेर्न र आधि समय बाख्राहेर्न लगायो । बेलुकि गाई बाख्रा सजिलै गोठमा पु¥यायो र हजुरआमाले खुसि हुदै गोठमा बाध्नु भयो । हजुरबा यजमानको काम गरेर जब घर आउनु भयो मसंग दिनभरिको बेलिबिस्तार सोध्नुभयो । सन्तेले पनि गाईबस्तु थामचौरमा चराएको र बाख्राहरुलाइ बलभदे्रको भिरमा चराएको आधा समय गाइ हेर्न ब्याबस्थापन गरेको र बिचबिचको आधि समय बाख्रा हेर्न लगाएको बतायो । तर हजुरबाले रुक्मणीलाइ सन्ते सानै छ बाख्राचाहि हेर्दिन भन्नु भएको रहेछ । अनि हजुरबाले भनेको नमानेको हुनाले रुक्मणीलाइ गालि गर्छु भन्नु भयो । सन्तेले आदरपुर्वक हजुरबालाइ सम्झाउदै भन्यो “के भयो त मैले नसकेको भएपो अरुलाइ भन्ने त? आफ्नो जाँच पनि त भयो होइन हजुरबा सन्तेले भन्यो । हजुरबाले भन्नु भयो “मैले के सिकाउनु यो सन्तेलाइ ? यो बाट पो मैले धेरै सिक्नु पर्ने भयो ।”

भाग – ३

सन्तेको जिवनमा दिन परदिन परिपक्वता देखिदै आएको थियो । अब घरमा गाई बाख्रामात्र नभइ एक मल्ल बाख्रा र एउटा दुहुन गाइ दिएर भैसिको थोरे जोडेको थियो । यो थोरे आउदो फागुनमा व्याउने भएको छ । घरमा घाँस र कुँडोको सहज हुदा घरमै पाल्ने र नहुदा चरनमा लग्ने गरिन्थ्यो । जसरि गाई बाख्र चराउन सन्तेलाइ सिकाउन हजुरबाले ब्याबाहारिक ज्ञान दिएर त्यसै अनुरुप सन्ते अब बाबा संग भैसि चराउन जान लागेको छ । सन्तेलाइ नयाँ कामको जिम्मा भैसि चराउन दिनकोलागि ब्याबहारिक ज्ञान पछि उस्लाइ जिम्मेवारि दिने तयारिमा छ । गाई बाख्रालाइ जस्तो भिरको बाटो गरि भैसीलाइ चरन लैजान असंभव हुनेहुदा, चिलाउने चौर, कर्कल चौरे, खजुरे चौर आदि ठाँउमा भैसी लाने गरिन्थ्यो । सन्तेको काम निकै सराहाना गर्न लाएक हुन्छ उस्ले लिएको जिम्मेवारिमा अपवाद बाहेक कुनै खोट पाइदैनथ्यो । उ हरेक कामलाइ भरपर्ने गरि सम्हाल्दथ्यो । यसरि दिनको काम सकेपछि बिहान बेलुका हजुरबाले पढाउने गर्नुहुन्थ्यो । हजुरबाले सन्तेलाइ श्रीमद्भगवद् गिताका सरल श्लोक पढ्ने लेख्ने हुदै सन्तेको प्रारम्भिक शिक्ष शुरु भयो । सन्तेको कपालकाटने काम वैदिक विधी पुर्वक भब्य रुपमा हजुरबाले आयोजना गर्नु भयो । सन्तेको कपाल सारै राम्रो थियो हजुरआमाले दुइचुल्ठा रातो धागोको साहाराले बाटिदिने गर्नु हुन्थ्यो । अहिले पनि सन्तेले भेटहुदा साथिभाइसंगा अतितका कुरा गर्ने भएकोले उस्को मानस्पटलमा ताजै छ भन्ने भान हुन्छ । गाईको गोठमा जोर दाम्लाले बाँधेर गन्जेदाइले कपाल काटेको त्यो समय यस जुनिमा अब आउदैन केवल स्मरण मात्र । कपाल काटन अहिले जस्तो आधुनिक हतियार नपाइने हुदा चुमुर्के कामीले आरनमा फलाम पिटि पिटि बनाएको छुरालाइ घरेलु ढुङ्गा (उदाउने ढुङ्गा)मा उदाएर धार निकाल्ने गरिन्थ्यो र यसैको साहारले कपाल काटेको अनि कपालकाटदा टाउकोका धेरै ठाँउमा चोट लागेको अनि बनमारा माडेर रस निकालेर टाउको मानसिहेले लगाएको त्यो क्षण कति संझना लाएक थियो ? ज्योतिष बिद्या अनुसार खास नक्षेत्र, तिथीमा उपयुक्त घडी पला अनुसार हजुरबाले वैदिक मन्त्रोच्चारण गरि क्षयोर गरेको । क्षयोरको दिन भब्य समारोहको आयोजना गरि पंण्डितलाइ एकदिने एकाहा महायज्ञमा आदारणिय गन्यमान्य,कुलकुटुम्ब, नातागोता लगायतका महानुभावहरुलाइ आमंत्रण गरेको यजमानहरुको पनि बाक्लै उपस्थिति रहेको थियो । एकदिने एकाहामा आएका ब्राह्मणहरुलाइ उचित दान दक्षिणा, लुगा कपडा, नैबेध भोजन गराएको थियो भने सम्पुण निम्तालु जनसमुदायलाइ नैबेध तथा प्रसाद भोजन गराइ पठाएको थियो । उक्त दिन सहयोग गरिदिन छरछिमेक, नाताताता र बन्धुबान्धवको बाक्लै उपस्थिति थियो । त्यसैले भोजन पकाउने, नैबेध बनाउने मानिसको कमि रहेन । हजुरबाले गाँउमा मत्रै गायत्री मंत्र सुनाएका धेरै शिष्यहरु थिए र सहयोग गर्न तत्पर भएर उपस्थित भएकाले ब्याबस्थापनको काममा थप चमत्कार भएको थियो । तत्काल पंचायति ब्यबस्थाको परिभाषाले पानि नचल्ने वा मतुवाली भनिने जातजातिहरुको उपस्थिति पनि बाक्लै थियो किनकि सन्तेको घरका केहि छिमेकीहरु मतवाली पनि भएकोले त्यो दिन गाइ, भैसी, बाख्रा उनिहरुले हेरिदिएका थिए ।

एउटा शुन्दर गाउँमा जन्मि जिविका गर्ने सन्तेको परिवार थियो । पाँच सन्तान तिन छोरा र दुइ छोरी सन्तेका बाबा, आमा गरी सातजनाकोे परिवार थियो । तर पनि सन्तेका बाबालाई आफ्नो परिवार पाल्न हम्मेहम्मे परेको थियो । खेति किसानी गरेरै भए पनि दुखजिउ गरि परिवार चलाउँदै थिए सन्तेका बाबा । अचानक सन्तेको कान्छि बैनी बिरामी परिन । औषधोपचारका लागि सन्तेको बाबाले धामी वैद्य बोलाएर लगाए । आफ्नो बच्चा बिरामी भएकोले सन्तेको बाबा दुईचार दिन काममा जान सक्दैनन । सधै यसरि भएन काम त गर्नै प¥यो ।सन्तेको बाबा दिनको नियमित काम सकेर बेलुका घर पुग्छन, छोरी अझै बिरामी छ । सन्तेको हजुरआमाले विरामि नतिनीको देखपाल अनि भात भान्साको काममा ब्यस्त हुनुहुन्छ । सन्तेका बाबा भित्र पसेर छोरीको निधार छाम्छन, ज्वरोले अस्तब्यस्त भएको अनुभव हुन्छ । त्यो समय न अस्पतालको पहुच थियो न त गाँउमा स्वास्थे चौकि वा स्वास्थे सम्बन्धि ज्ञान भएका मानिसको कमि थियो । खालि धामी झाक्रिमा विश्वास गरिन्थ्यो । पन्तिनि आमाले बैद्य औषधि दिन्छिन भन्ने गरिन्थ्यो । पखाला लागे अम्वाको बोक्रो कुटेर थोरै मात्र रस बनाएर खुवाउने गरिन्थ्यो । जरो आएको मानिसलाइ खरानि पानि पिलाउने गरिन्थ्यो जुन विधिले आपैm विरामि बनाउने गर्दछ । यसरि कयौ मैनापछि आमा, बाबा, दादा, दिदी भन्ने कान्छी बैनी “देवी” बितेर गइन । त्यो परिवार शोक विह्ल भयो । परिवारलाइ ठुलै दुर्घटना भयो सबैजनालाइ धर्यधारणा गर्न निकै समय लाग्यो । तर जे भएपनि मर्ने मरेपनि बाच्नेले त गरि खानै प¥यो । समय बित्दै गयो सबैले यो घट्ना बिर्सदै गए । सामान्य दिनचर्य शुरु भयो काहालिलाग्दो वर्षा ऋतु हट्दै वादल फाट्दै शरद ऋतुको आगमन हुन लाग्यो । दिन बित्तै गए मिर्गे खेतमा धान काटन सन्तेको बाबा, आमा केहि खेताला खोजेर खेतमा गएको तिन दिन भयो अब गाँइ गोठ बाख्रा गोठ पनि मिर्गे खेतमा लाने सल्लाहा भयो । सन्तेको काम पनि फेरिदै गयो । अब केहि दिन हजुरबा संग भेट नहुने गरि गोठको गाइ बाख्रा हेर्ने जिम्मा लिने र बाबासंग गोठ बस्न जाने नया कामको निर्धारण भयो । तर हजुरबाले केहि गृहकार्य दिनु भएको छ । समय निकालेर सन्ते त्यो पढ्ने लेख्ने अनि नियमित काम गर्ने उस्को दैनिकी बनेको छ । सन्तेले अव दिनपर दिन परिवारलाइ धेरै मद्यत गर्न लागेको छ भने उता सन्तेकोबाबाले खेतीपाती हेर्न थालेदेखि नै घरबयाबहार पनि राम्रो गुजरा भएको हो । खानलाई धौ–धौ पर्ने परिवारले पछिल्लो समयमा कृषिबाट नै खान पुग्ने हुन थालेकाले पोहोर साल ऋण सापटी नै नलिई धान मकै खरिद गर्न परेन । सन्तेको जति भरोसा भएपनि माख्लाघरेका सबै छोरा छोराहरु मेलुङमा पढ्छन भने अब सन्तेलाइ पनि स्कुल पठाउने सोचमा छन उनका बाबा । सन्तेका बाबालाइ आफुले पढ्न नसकेको कारणले सेनामा राम्रो स्थान र प्रमोसन नपाएको चोट गहिरो गरि नगडेको होइन तर सन्तेको बाबा संग प्रसस्त पैसा पनि त छैन जो आफुले चाहेको जसरि आफ्ना छोरा छोरिलाइ शिक्ष दिक्ष दिन सकियोस । करिव एक मैना सन्ते मिर्गे खेतको गोठमा बस्यो । धान काटेर बिटा लाउने काम सकियो। अनि विधिवत दाइ गरेर धान पराल छुटाएर घरमा लगियो । धान खेत खनजोत गरि गहुं छरेर फेरि गाइ बाख्रा घरमा सारियो । सन्तेले बल्ल हजुरबा, हजुरआमा भेटन पायो र हजुरबा हजुरआमाको मनभरिको मायाँ पायो । मेरो बाबा दुब्लाएर सक्किएछ नि लामो सास फेर्दै हजुरआमाले भन्नु भो । हजुरबाले दुधमा मुछेको च्याख्ला सन्तेको थालमा हालिदिनु भयो । यसरि लामो समय गोठमा बसेर आएकोले सारै ठुलो सत्कार पायो सन्तेले । सन्तेले हजुरबा हजुरआमाको मायाँ पाएको देखेर माख्लाघरका रुकम्णीहरु जल्ने गर्दथे । यसरि न्यानो मायाका साथ भित्रिएको सन्ते भोलिपल्ट हजुरबा संग बास्कोटेका अधिकारि ब्रह्मणकोमा रुद्रि पाठ गर्न गयो । हजुरबाको पछिपछि लागेर गएको सन्ते आफ्ना यजमानलाइ पनि हजुरबाले खुसिले गदगद हुदै परिचय गराइ दिनु भएको थियो ।

कोइराला नेपाल इन्जिनियरिङ पेशाकर्मी संघका अध्यक्ष हुन्

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *