कविता : रजनी सँग

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
के यी ताराहरु हुन् सारा अश्रुबिन्दुका रे जीवन ?
फीका एक अँध्यारोभित्र, सुन्दर कोही
सम्झी जल्छन्,
ढल्छन् ?
के यसैले विश्व–धनी ?
सोध्छिन् उरमा शान्ति खसाली,
अवनी !

ख.
अपूर्व राम्री ए सुकुमारी ! तल फर्केकी मीठी जून !
प्यास पहेंली देखिन्छयौ किन ?
विषाद–वदनी सुन्दरतासरि !
हृदय लिईकन चल्दछ कुन ,

ग.
के यो तृष्णाकै हो मोहनी ?
तिम्रो पनि ?
कलिलो, पीलो, रसिलो, हिसिलो,
केही आँशु–हँसिलो, यो नीलोमा,
अविश्लेष्य यो शोभा के
मुटु हो सतृष्ण विषाद ?
जल्ले तिमी छौ धनी ?

घ.
आउँछ याद !
ग्रीसी पर्वतमाथि सुतेको
एक युवाको माल
देखी, मुग्धा, विह्वल बनिथ्यौ
कोही काल !

ङ.
सुन्दरताको सुन्दरता हो
आपूmभन्दा परको प्यास !
शायद त्यसैले अपूर्व तिमी छौ !
सुषमा ! मृदुल, उदास !

च.
जलभुवामा पथमा चल्नु,
विहाग–रागमा अश्रुत झुल्नु,
विरह–व्यथाझैँ मुस्की जल्नु,
एकलासमा डुल्नु !
पीयूषमुखी !
तिम्रो यस्तो बानीले नै
रानी !
चकित जगत्ले सोध्छ, “त्यहाँ के
बस्छ लुकी ?”

छ.
अम्बरभित्र अम्बर हुन्छ,
सुन्दर पनि के तिमीतिर रुन्छ ?
यस्ती जगबकी तिमी अहो !
कस्तो कल्पिनसक्नु सुन्दर
होला त्यो ?

ज.
राम्रो सम्झी हामी रुन्छौँ
अवनीमा !
हाम्रा कणझैं देख्छौ तारा,
प्यासको भाषा पढिरहेछौँ,
पीयूष मानी,
रजनीमा !

झ.
तर यो संसार मजा छ !
तर यो संसार मजा छ !
यस्तै ! यस्तै !
यो बुलबुलको हो रात !
चौबीस घण्टा ! चौबीस घण्टा !

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *