कविता : जादिन म भानुभक्त स्कूल

~अनुष्कर पुष्कर गुरुङ~

छोराको गनगन बा-लाई
.
.
.
जाँदिन म भानुभक्त स्कूल
बा ! किन पठाउनु भएको मलाई ?
त्यो भानुभक्त स्कूल
त्यहाँ अ आ र क ख
मात्र सिकाईन्छ
त्यहाँ अंग्रेज़ी होईन
नेपाली मात्र बोल्न सिकाईन्छ।
बा ! संगैको साथी अंग्रेज़ी बोल्छ
म मात्र किन नेपाली बोल्नु ?
बा ! सगैको साथी A B C D लेख्छ
म मात्र किन क ख ग लेख्नु ?
बा ! जाँदिन म भानुभक्त स्कूल
त्यहाँ बिध्या होईन
केवल भात र दाल
अनि अण्डा मात्र पाईन्छ
हेर्नुस बा ! मेरो खाताको पन्नामा
भातको सीतै..सिता।
युद्ध गरिरहेको छ
बिध्या र अण्डा
युद्ध गरिरहेको छ
जाँदिन म भानुभक्त स्कूल
त्यहाँ गुरुमा-गुरुबाको
आर्शीबाद होईन
केवल मिड-डे-मिल मात्र पाइन्छ।
बा ! थाल र बटुको ब्याकमा हाली
म स्कूल जान्न।
बा ! मेरो खातामा बिध्या पाक्दैन
पाक्छ मेरो थालमा
भात-दाल र अण्डा ।
बा ! कुनै बिध्यार्थीलाई सोध्नु हवस्
पृथ्वी कस्तो छ ?
भन्छ बिध्यार्थी अण्डा जस्तो छ
बा ! त्यहाँ अण्डा खाने दिन आउछ
पढ़ने दिन आउदैन
बा ! त्यहाँ मिड-डे-मिलको दिन आउछ
पढ़ने दिन आउदैन।
बा ! जाँदिन म भानुभक्त स्कूल
त्यहाँ A B C D होईन
केवल क ख ग मात्र सिकाईन्छ ।
बा ! जाँदिन म भानुभक्त स्कूल
त्यहाँ अंग्रेज़ी होईन
केवल नेपाली मात्र
बोल्न सिकाईन्छ ।
बा ! जाँदिन म भानुभक्त स्कूल
त्यहाँ बिध्या होईन केवल
मिड- डे-मील मात्र पाईन्छ।
बा ! जाँदिन म भानुभक्त स्कूल
ब्यांङ्ग-बर्ण लेख्नु चाहन्न ,
म गजबको सूट चहान्छु
म दामी टाई चाहन्छु
म कालो जुत्ता चाहन्छु
म अर्के स्कूल जान चहान्छु
म अग्रेजी बोल्न र लेख्न चहान्छु ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.