लघुकथा : तरङ्ग

~राजुराम मुनंकर्मी~

देशमा लोकतन्त्र आईसकेपछि पहिले नै निर्माण भईरहेको एउटा विशाल तलाउलाई पुननिर्माण गर्नुपर्ने सवैको ठम्याई रह्यो । लोकतन्त्र आउनु अघि सो तलाउमा दमन र निरड्ढुशताका तर ङ्गहरु मात्रै उग्ररुप लिंदै तरङगित भईरहे । त्यसका सामु अन्य तरङ्ग हरुले शिर उठाउनै सकेनन् ।

तलाउ पुनर्निर्माणको कार्य दुतगतिले सम्पन्न हुदै गए । स्वभाविकरुपले त्यसमा थरिथरिका तर ङ्गहरु  तरङगित भईरहे । तलाउका ठेकेदारहरु वीच एउटा सहमति कायम भयो । तलाउमा देखिने तरङ्ग हरुलाई मध्यनजर गर्ने र समस्या समाधान गर्ने । अनि अन्तर्राष्ट्रिय जगतमा तलाउको उचाई कायम गर्ने ।

समय बित्दै गएपछि तलाउ निर्माण गर्ने ठेकेदारहरु बीचको सहमतिले मूर्तरुप लिन सकेन । तलाउमा देखिएका दिगो शान्ति र सुरक्षाका तरङ्घहरु, गास बास कपासका तरङ्गहरु, आकाशिंदै गएका महंगीका तरङ्गहरु, संघीयताका तरङ्गहरु, विकास निर्माणका तर ङ्गहरु लगायतका अन्य तरङ्घहरु ओझेलमा पर्दै गए । ठेकेदारहरु मध्ये कसैले आनाकानी गरे, कसैले देख्दै देखेनन् भने कसैले अटेर गरे  । तर तिनीहरुले स्वार्थलोलुप्ताका तरङ्गहरु, बेइमानी धोखाधडीका तरङ्गहरु, यथास्थितिवादका तरङ्गहरु, भ्रष्टाचारका तरङ्गहरु, नातावाद फरियावादका तर ङ्गलाई भने मज्जाले अगाले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *