गजल : छातिभरि दुख्छ देश

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

मुस्कान छर्न खोजे पनि छातिभरि दुख्छ देश,
सुसाउँदा नि सूल बनी छातिभरि दुख्छ देश ।

हँसाउने खोज्नुपर्छ, रुवाउने जताततै,
सताउने हुँदा धनी छातिभरि दुख्छ देश ।

कोमलबाट कठोर बन्छ उही मन मुटु पनि,
धोकैधोका पाउँछु अनि छातिभरि दुख्छ देश ।

अँध्यारोलाई चिर्न सधैं बोकी हिँड्छु हातमा राँको,
सूर्य रोज्छु तर पनि छातिभरि दुख्छ देश ।

पत्थरको छातिभित्र हुन्न भन्थे कत्ति माया,
संसार यस्तै रै छ भनी छातिभरि दुख्छ देश ।

gopiji2065@gmail.com
काव्यकुन्ज, भक्तपुर |

(स्रोत : काव्यकुञ्ज डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *