गीत : कोइलीको स्वर चोरेको तिमीले

~बच्चु कैलाश~

कोइलीको स्वर चोरेको तिमीले
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
यसरी होला सुनेर जाऊ न ।

बादलबाट चियाउँदछौ तिमी जुनेली बनी संगिनी बनी
आँखामा पनि आउँदछौ तिमी सपना बनी बिपना बनी
बिपना पनि सपना जस्तो कसरी होला
यो मेरो मुटु चोरेको तिमीले
यसरी होला सुनेर जाऊ न ।

बिर्सेको भाका सम्झेर गाइदेऊ आकाश ढाक्ने पिरती लाइदेऊ
पात नबोल्दै शीत नगल्दै मुटुको घाउ मुटुले छोइदेऊ
मलाई घायल पारेको तिमीले कसरी होला
यो मेरो मुटु चोरेको तिमीले
यसरी होला सुनेर जाऊ न ।।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *