लघुकथा : अन्त-राष्ट्रिय व्यापारीहरू

~कात्यायन~dhanwantari-mishra-katyayan

– पहिलो ब्यपारी – “रोडा-गिट्टीहरू खोलाको बगरबाट निकाल्थें; बगर नै रित्तियो | अर्को बगर खोजिरहेछु |”

– दोश्रो ब्यापारी – “खोलाको पानी बेच्थें; खोलै सुक्यो | अर्को खोला खोज्दैछु |”

– तेश्रो ब्यापारी – “जडिबूटीहरू संकलन गरेर निर्यात गर्थें; जंगल नै सखाप भयो | अर्को जंगल खोज्दैछु |”

– चौथो ब्यापारी – “बालक-युवा-युवतीहरू विश्व बजारमा लिलाम गर्थें; वस्ती नै उजाड भयो | गाउँ-घर चाहर्दैछु |”

– पाँचौ ब्यापारी – “राष्ट्रियता बेच्दा-बेच्दै सबै अ-रास्ट्रीय भइसके | अर्को राष्ट्रियता खोज्दैछु |”

– छैंठौं ब्यापारी – “धर्म बेचेर सिध्याएँ; सबै अधर्मी भैसके | अर्को धर्म खोज्दैछु |”

– सातौं ब्यापारी – “जातियता टुक्राएर यूरो-बजार पठाउंथें; छिया-छिया भइसके | सिंगो जाती खोज्दैछु |”

– आठौँ ब्यापारी – “लिंगहरूको विभेद गराएर आर्जन गर्थें; लिंगरहित जन्मन थाले | अर्को लिंग खोज्दैछु |”

– अन्तिम व्यापारीहरू – “मान्छे, मान्छेहरूलाई बेच्दथियौं; मान्छे सबै मरिसके | अब नयाँ ब्यबसाय अंगाल्न सोच्दैछौं | कहिल्यै अन्त नहुने; कहिल्यै नाश नहुने – आत्माको ! आत्माको खोजी गर्दैछौं |”

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *