कविता : ऊ

~बिपना ढुङ्गाना~

संघर्षको दौडमा, मानिसहरुकै समुद्र
सडकमा हिँडिरहेका थुप्रै मानिस
एकअर्कासँग सबै अपरिचित
तिनीहरुकै एक हिस्सा थिई ऊ ।

सन्तुष्टिको खोजीमा हिड्दै गर्दा
आज, उसका प्रश्न र जवाफ
दुवै छरिएका छन्
करोडौँ खुसीको नोक्सानीमा,
कहीँकतै असन्तुष्टि जागृत भएको
महसुस गर्छे ऊ ।

जीवन टुक्राटुक्रामा छरिँदै गर्दा,
घामले बादललाई चिरेर चर्किए जस्तो
अविश्वासबाट जन्मिएको त्यो विश्वास,
स्वीकार गर्छे ऊ
अनि असम्भवलाई सम्भव तुल्याउन
मरभुमीरुपी जिन्दगीमा,
संघर्षरुपी पानी खन्याउछे ऊ ।

दु:ख त एकदिन अवश्य नासिन्छ
विश्वास गर्छे ऊ,
ओइलिएका ति सपना
फेरि मौलाउन्
यो चाहन्छे ऊ,
सफलता अङ्घाल्ने क्रममा
उसले खाएका ती लाखौँ,
ठक्कर पश्चात
खुसीको कुरा, आज जीवित छे ऊ ।

बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.