कथा : दोधार

~समीर पाख्रिन~

दीपक र उसको साथी मनोजको सुन्धारानजिकै जम्काभेट भयो । रातोपिरो, हट्टाकट्टा, सुकिलो पहिरन र महँगो चश्मा लगाएर एफजेड बाइकमा सवार मनोजलाई दीपकले चिन्न सकेन । तर मनोजले भने दीपकलाई टाढैबाट चिनेकोले बाइक रोकेर बोलाएको थियोे– “दीपक के छ यार तेरो हालखबर ? यस्तो मध्यदिनमा कता पुगेर ?” अहिले भने बोलीबाट दीपकले मनोजलाई ठिम्यायो– “मनोज होइन ?”

“हो यार, म मनोज नै हो । किन चिन्न गा¥हो भयो कि क्या हो ?”

“होइन, तँ दुबईमा छु भन्थिस् नि त ।”

“हो, म नेपाल आएको एक महिना जति भयो । यसो हेर्दा तँलाई कतैबाट परीक्षा दिएर आएको जस्तो देखिन्छ नि ?”

“ठीक भनिस् । म लोकसेवा आयोगको मौखिक परीक्षा दिएर आउँदैछु ।”

“भनेपछि तैंले अभैm जागीर खाएको छैनस्, होइन त ?”

“कहाँ पाउनु र खानु । बरु तैंले विदेश गएर बुद्धि पु¥याइस्, मनोज । लिखितमा नाम निकाल्यो, मौखिकमा फालिदिन्छ । यो मेरो सातौं परीक्षा हो । अब त दिक्क पनि लाग्न थालिसक्यो । अनि तँ यता कता ?”

“मैले कलङ्कीमा एउटा घडेरी लिएको छु । त्यसैको रजिस्ट्रेसनको लागि दौडधूप छ यार ।”

“कतै बसेर चिया पनि खाऊ र गफ गरौं न मनोज,” दीपकले प्रस्ताव राख्यो ।

“माफ गर, दीपक अहिले म हतारमा छु । मलाई अहिले नै मालपोत कार्यालय पुग्नु छ । अरू कुनै दिन बसौंला नि हुन्न र ? ल म जान्छु पनि,” मनोजले दीपकसित बिदा लियो र बाइक स्टार्ट गरेर त्रिपुरेश्वरतिर हुँइकियो ।

मनोजले गत वर्ष मात्र गाउँमा दुई तल्ले पक्की घर बनाएको थियो । आज काठमाडौंमा घडेरी किनें भनेको सुन्दा दीपकको मनभित्रै हुरहुरी जल्यो । हुन पनि केही न कामको आवारा प्रवृत्तिको केटोले विदेश गएर टन्न पैसा कमाएको देख्दा दौतरीहरूलाई ईष्र्या हुनु त स्वाभाविकै थियो । आपूm मास्टर्स पास गरेर पनि डुकुलण्ठु भएर हिंड्न परेकोमा दीपकलाई हीनताबोध भयो । मनोजसितको भेटपछि दीपकको मनमस्तिष्कमा अनेकन तर्कनाहरू पानीको फोका बन्दै फुट्ने क्रम निकै बेरसम्म जारी रह्यो । उसले सुन्धराबाट आप्mनो थापाथलीस्थित डेरा आइपुगेको समेत पत्तै पाएन ।

दीपक कोठामा पुगेर पलङ्गमा पल्टियो । उसलाई मनोजको समृद्धि र उन्नतिले विदेशिन प्रेरित ग¥यो । आप्mनै मुलुकमा बसेर पसिना बगाउने, आप्mनै मुलुकको सेवा गर्ने उसको प्रतिज्ञा मनोजसितको भेटघाटपछि धराशयी नै भयो । उसले सरकारी जागीर खाने आशामा यतिका वर्ष खेर फालेकोमा पछुतो ग¥यो । नभन्दै दीपकले राहदानी बनायो । वैदेशिक रोजगार कम्पनीमा गई राहदानी र नगद रुपैयाँ जम्मा ग¥यो र भिसाको प्रतीक्षामा बस्यो । दिनहरू बित्दै गए । बीसौं दिनमा साउदीको भिसा झरेको कम्पनीबाट दीपकलाई फोन आयो । अब दीपकको विदेश जाने पक्का भयो र उसले घरपरिवारलाई फोन गरेर आपूm साउदी अरब जान लागेको खबर दियो ।

आइतवारको दिन । दीपक साउदीको जहाज चढ्न कोठाबाट प्रस्थान ग¥यो । दीपक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा पुगेको मात्र के थियो, उसको मोबाइलको घण्टी बज्यो । उसले हे¥यो । फोन उसको मित्र कपिलको थियो ।

“अँ कपिल भन्,” दीपकले फोन उठायो ।

“दीपक आजको गोरखापत्रमा लोकसेवा आयोगले अधिकृत तहको नतिजा प्रकाशित गरेको छ । त्यसमा तेरो नाम पनि छनोटमा परेको रहेछ । तैंले अब अधिकृतको जागीर खाने भइस् । बधाई छ,” यति भनी कपिलले फोन काट्यो । दीपक कपिलको खबरले बिचलित बन्यो । उसलाई कपिलको कुरामा विश्वास नलागेपछि विमानस्थलको पत्रपत्रिका पसलमा गएर एक प्रति गोरखापत्र किन्यो र सूचना खोज्न थाल्यो । साँच्चै आठौं पृष्ठमा उसले सूचना देख्यो र पढ्यो । हो, उसको नाम सूचीको पुच्छरमा थियो । यो देखेर ऊ पहिले त हर्षविभोर भयो तर हातको राहदानी र टिकटले उसको खुशीमा तुषारापात गरिदियो । निकै बेरसम्म दीपक दोधारमा प¥यो । उसले कहिले हातको राहदानी र टिकटतिर हेर्दथ्यो भने कहिले काठमाडौं शहरतिर फर्केर । अन्ततः उसले विदेश नै जाने कठोर निर्णय गरी साउदीको प्लेन चढ्न भनी विमानस्थलभित्र प्रवेश गर्दा उसको प्लेन केही क्षणअघि उडिसकेको थियो ।

इति

–वीरगंज, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *