लघुकथा : देशको परिचय

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

एक जना फ्रान्सेली नागरिकले नेपालबारे थुप्रै कुरा सुने । नेपाल घुमेर आएका उनका साथीले भनेका थिए– “नेपाल बुद्धको देश हो । नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । नेपालका मान्छे साह्रै असल छन् ।” यी कुरा सुनेपछि उनलाई नेपाल घुम्न मन लाग्यो ।

बिदाको समय मिलाएर उनी नेपाल आए । हवाई मैदानमा उत्रँदा सुनसान थियो त्यहाँ । उनी सडकमा हिँड्दै आए । जहीँतहीँ टायर बालिएको र नारा–जुलुस थियो । दुर्गन्धले सडक हिँड्नै नसकिने थियो । यस्तो कुरा देखेपछि ती फ्रान्सेली नागरिकले भने– “ओ कटी राम्रो नेपाल ।”

(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *