गजल : गाथाको जीत हो नारी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

इतिहासमा लेखिएको गाथाको जीत हो नारी
सदभाव बनाई राख्ने सबैको हित हो नारी।।

धर्तीलाई भिजाएर सिर्जनामा रमाइदिने
सृष्टीलाई जोगाई राख्ने एउटा रीत हो नारी।।

हाँसो खुशी र मायाले बनेको सुमधुर धून
संगीतले भरिएको तरङ्गीत गीत हो नारी।।

गाँसेर प्रेमरूपी माला सजाएर सबै तिर
एउटै शूत्रमा बाँधने सबैको मीत हो नारी।।

निभाएर मनका ज्वाला, प्रेमको सागर बनी
प्रचण्ड गर्मीका दिन छहारीको शीत हो नारी।।

बाँडेर मनको खुशी, प्रेमको भाव जगाएर
सबैको मनमा छाउने लजालु प्रीत हो नारी।।

March 8, 2011

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.