कविता : कागजको मान्छे तिमी !

~विक्रम तिमिल्सिना~

उड्यौ हूरीबिना नै
सिरिरिरी बतासले !
.
म प्रार्थना त गरुँला,
तर पनि हावाहूरी
बाढीभेल त अवश्य आउनेछ ।
.
तिमी फलाम कहिल्यै बन्न सक्ने छैनौ
तर मेरो कामना छ-
बाक्लो बलियो कागत बनेर
छेक्नू प्रहारहरुलाई !
.
धेरै नउड्नू
उड्न मजै भएपनि
उड्ने पखेटाहरु
क्षतविक्षत नहून्
हिंड्न पनि नसकिने गरी ।
.
कागजको मान्छे तिमी !

– काठमाडौं

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.