कविता : शिशाभित्रको गीत

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

बादल नफाटि कनै
वर्षात भयो
धर्तीमा गीतहरू
सदियौ”
कठांग्रीएका हिउँदहरू
क्रमश: खुल्दै
कलिलो छातीमा
मुसुक्क हाँसेर
ईन्द्रेणी गीतका रङहरू
शूभकाना छ तिम्रा गीतहरूलाई
सधैंभरी गायिरहनु
रङ्घका गीतहरू गाउनु,

पर्खालभित्रका गीतहरू,
बाहिर निस्कन रोकिएका धुनहरू
फेरी कहिल्यै नगाउनु
शिशा भित्र लुकाईएका
छायाँका गीतहरू
फेरी कहिल्यै नगाउनु
खबर्दारीछ
तिमीलाई,

सधैं सधैं गाय़िरहनु,
मानिसको छातिमा चल्ने
मुटुका गीतहरू गाउनु
अझ कडा अवाजले गाउनु
पहरामा ठोक्किने्
निर्मल झर्नाको गून्जनलाई
खेतको रोपाई जोडेर गाउनु
असारमा रोप्ने धान
रोपाहार रमाउने लहरका
गीत गाउनु
अब फेरी
कहिलै नगाउनु
शिशा भित्रको गीत |

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *