छन्दबद्ध गजल : रमाएर बाँचौ

~कोमल भट्ट~

(भुजङ्गप्रयात छन्द)

सकेसम्म हामी रमाएर बाँचौ
सधैँ नाम इज्जत् कमाएर बाँचौ

नरोजौं छहारी उपेक्षा जहाँ छ
नछुट्ने सहारा समाएर बाँचौ

गरौं प्रेम भोका र निर्बलहरूमा
भरोसा र आशा थमाएर बाँचौ

बिराएर बाटो हिंडे हुन्छ सास्ती
सही के गलत् के ठमाएर बाँचौ

रहोस् भाव चोखो सबैमा समान
नसोचौँ न “कब्जा जमाएर बाँचौ”

कोमल भट्ट
पुरानो नैकाप -७,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.