कविता : मेरो जीवन

~गोपाल पाँडे~

होओस् ‘को?’ नाउँ मेरो अति सरल रहोस् ठाउँको नाउँ ‘कुन्नी‘
हूँ आफू सर्वसाधारण जनहरुको साथमा मात्र खालि
निन्दा सारा सर्वले नचिनिकन गरुन् सामुमा हूँ म चाहि,
त्यो निन्दाबाट शिक्षा अबल अबलका पाउँद हूँ म केही ।

होओस् यस्तो अवस्था कि त म उपरमा चोरलाई दया होस्,
दुःखीलाई मजा होस्, दिल जनहरुको काम देखी खुशी होस्,
मेरो यो देहलाई हरबखत कुनै चाटले साथ लेआस्,
आइ वैराग्य केही विकसित मनले खूब पुष्ट्याँइ पाओस् ।

ऐना होस् चित्त मेरो सबसित, -नरहोस् सोध्नु केही मलाई !
होस मेरो मृत्यु-शय्या अपरझटमा जन्म-भूमै खुसाई,
आँसू व्यर्थै कसैको पछि पनि खचुहुओस्, वात होस् खालि एक:-
‘पैले नै मृत्यु-यात्रा अति खसल लियो साथमा छन् अनेक,

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *