कविता : समदम

~लोकप्रिया देवी~

जगत छ सुखको दुःखको प्याला
खेत बनेको विश्व विशाला ।
बन्दछ सब यो मदिरापनका
जीवनभरमा सुख दुःख जुन हो ।

समदम अतस्बाजीसरिको
हुन्छ ढिलाई क्षणमा क्षण त्यो ।
जग यो भ्रम हो मन पनि भ्रम हो
डरको सुख दुःख पागलपन हो ।।

सानो उरमा भाव पिलाई
छल् छल बग्दछ मिहिन जलाई ।
पञ्चम सोरको भाषण पाई
बन्दछ कविता आँसु चुहाई ।।

सानो उरमा भाव हजारौं
ढलपल ढलपल यही विचारुँ ।
पातक मलको पानीसरिको
जीवन हाम्रो चार घडीको ।।

तेज र वायु आयो पानी
गगन पृथिवीको खेल छ जानी ।
भन्दछ विश्व जाल तूफानी
समदम प्रकृति मेलन रानि ।।

आखिर केही छैन नि जानि
सच्चा जग यो भ्रम संझन्थेँ ।
सुरपुर पनि त्यो अलग रहन्थ्यो
देह छ नम्वर प्रकृति सच्चा
एक पिताका सब छन् बच्चा

(‘साहित्य स्रोत’ २००४ श्रावण)

– धोबीधारा, काठमाडौ, नेपाल

पण्डित तिलमाधव देवकोटाकी छोरी र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी – लोकप्रिया देवी एउटी प्रतिभासम्पन्न कवयित्री थिइन् ।(जन्म : जुन 1898; निधन : जुन 1960)

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.