लामो कथा : क्याफे गफ

~काशी भुसाल~

ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महिने फेसबुक मित्रतामा ऊ सँगको एकदिनको च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका थियौ। ऊ सिन्धुपालचोककी म प्युठानको, ऊ बाहुनकी छोरी म क्षेत्रीको छोरो..

हामी भेट्ने चाँजो गर्यौ..

आज सुन्धाराको द ब्यकरी क्याफेको ईनडोर दुई राता शोफा सिटमा ऊ र म आमने सामने, भदौको दोस्रो सातातिरको ऊखरमऊलो गर्मीमा केहि सालिन तर बैजनि वान पिसमा केहि आत्मविश्वास भरिएकी फेसबुके साथी सँग पहिलो डेटिंग। ओठमा फिक्का कलेजी लिपिस्टिक,आँखी भौंलाईअर्ध ईन्द्रेणी आकार झैं तिखारेकी गाजलले आँखालाई अलि कामुक गर्दै परेलीलाई अलि ऊचालेर बैजनी रंग सिंगारेकी…देब्रे हातको हत्केलामा खुशी कोरेको टाटूःसेतो सामसुगंको स्मार्ट मोबाईल …अनि आधा खैरो र रातो गरि नबादी छोडेको रंगिन स्यागि कपाल… म ऊसको सुन्दरतामा डूब्दै रहे…।मैले सोचे भन्दा केहि फ़रक पक्कै थिई तर भर्खरै कुपुकक निलुम जस्तै मिठो वासनाले प्रिय बन्दै थिई ।

मेरो आँखा र मनको अन्तरंगलाई उसको हाऊ,भाऊले केहि रंगिन बनाऊदै थियो, अगाडीको मेन्यूलाई इंगित गर्दै मेरो एकोहोरो ऊ प्रतिको एकाग्रता उसैले भंग गरी…म सुभिन ,ऊ खुशी …अनायसै कोरिएको सम्बन्ध… ऊसका कामुक तस्विर लाई सम्झे… जो उसले म सँग एउटा विश्वास राखेर सेयर गर्थी,… सर्त मैले डिलेट गर्नु पर्ने उसकी हजूर मेरी तिमी बनिसकेको थियो सम्बन्ध…

के खाने…रु केहि बेरको सुन्यतालाई उसैले तोडी…

म त भेज, तिमी भेज कि नन्भेज ?

आजलाई म पनि भेजनै भईदिन्छु…। उसले मै प्रति सदासयता देखाएझैं गरी… म नि के कम..गमक्क परिहाले…

म फ़्रेंच फ्राई..आफ्नो मेन्यू फिक्स गरे…

अंम म चाँहि साऊथ ईन्डियन मेन्युको पारखी, डोसा..।तर मसला वाला है…ऊसले आफ्नो रोजाई नि सुनाई…

छेऊमै अघि देखि उभिराखेको लिखुरे ओईटर अलि निउरियो…म्याम यति मात्र…?

दुई गिलास पानि पनि…यसमै थपिदेऊ नत्। मैले उसको आकंक्षालाई केहि रोमान्चित गर्न खोजे।

लिखुरे ओझेल नपर्दै ऊसले आफ्नो हॉसो खप्न नसके झैं गरि जोड़ेंले हॉसी… लिपिस्टिकले भरिएका ओठका दुरी केहि बेर दुरीनै रहे…

फेरि वरिपरि हेरि अनि दुबै ओठ बेसरी एकै ठॉऊ थुपारी…अगाडि चोसो निकल्दै भनि..छुच्चो जति बेला नि रमाईलो गर्न आउछ है? केहि दिन देखि उसले मेरो उपनाम राखिदिएकी थिई ।

खै कता बाट हो यति सुन्दरी सँग मेरो फेसबुके मित्रता कसिएको..?आफ्नै मनलाई आफै खोतले…

लिखुरेले दुई गिलास पानि टक्राएर गयो।

मैले भन्दा पहिले उसैले त्यो गिलास आधा गरी…

खै त आज त हिजो अस्ति च्याटमा रम्ने हजुर किन मौन नी?

अनायास अनपेक्षित प्रश्नले म तितरवित्तर भएझैं भए ।

होईन, होईन त्यस्तो… मैले केहि स्पष्ट गर्न कोसिस् गरे…

डोसा मनपर्छ ?? उसले सोधि

ठिकै.., त्यति खाएकै छैन्…

किन ??फेरि सोधी

अवसर नमिलेर…आज त गजबको अवसर छ नि…

कसरी? मैले प्रश्न गरे,

म सँग सेयर गर्ने…उसले अवसरको अफर गरि…

जूठो..? मैले ब्यांग सैलिमा आश्चर्य जनाए।

जूठो भने र…?उसले उस्तै जवाफ दिई,

सेयर भनेपछि त्यहि त होला नि भनेर…मेरो फिस्स हॉसो सँगै उसलाई अझ बेजोडको तर्क थपिदिए…।

फेरि छुच्चो… सासैले आभास हुने गरि आवाज ननिकालि ओठ थुपारेर छोडि…

भाई…ऊत्ता छेऊमा ऊभिराखेको लिखुरेलाई ईसारा गरी…

हजुर म्याम् ऊ आज्ञाकारी झैं उसैको छेऊ पुगेर आदेश सोध्यो…

हाम्रा छेउछाउका बस्ने प्राय कुर्ची टेबल भरिदै थिए… त्यती बेलासम्मनी उ अरूका जोडी भन्दा हेर्न लायकनै थिईलस्सी छ कि नाई ?

छ…

म प्रर्ति हेर्दै सोधि…ओ हिरो हजुर नि लस्सी पिउने ?

नाई,मैले ईन्कार गरे।

किन..?,एक्लै त कसरी खाने…?

सेयर गरुलानी… तिमी एएटा अर्डर गर न…।म नि के कम मौका पाईहाले…

बदमास…

लिखुरे एउटा अर्डर लस्सीमै सिमित हुदैं ओझेल पर्यो…।

लिखुरेले ल्याएको मेरो अर्डर .. ऊसको डोसा… टेबलमा घट्दै थियो..

चिस्सो लस्सी टुपुक्क ऊसैतिर नजिक राख्दै..फिस्स हाँस्दै ऊ अर्कों टेबल तिर मोडियो…
लस्सी पिउनुन्… मलाईनै अर्डर गरेझैं ऊसले आफूतिरको गिलास म तिर टुपुक्क पारी…

होईन लेडिज फस्ट् ..

भो,भो पर्याछैन् फस्ट् हुन… आज हजुरनै फष्ट बन्नुस् त हेरुम…

मैले केहि नबोलि सुरुप्प ताने.. चिस्सो दिमाखमै पुगेर फर्के जस्तो…

माहौल रोमान्चित हुदै थियो…ऊसको जुठो मेरो जुठो…चल्दै गयो…

तिम्रो जुठो त अलि मिठो मिठो पो रै छ त मैले जिस्किने बहाना गरे…

हो नि.. १ ऊसले नि थपी…

मिठो खाने बानिले तिम्रो जुठो खान पल्के भने ?

बदमास्त्य…ति मात्र भनेर सुरुप्प लस्सी तानी…अलिकति छ सुरुप्प पार्दिनु… मलाई बिनम्र गरी…
म टेलाए झैं उसको यो आग्रहलाई वेवास्ता गर्दै थिए…

किन डराएको..रुछोरि पाँउछु भनेर हो कि क्या हो?? गजबले डाईलग मारी..

मैले पाऊने हो त..? खोई केटाले नि बच्चा पाऊछन् …? म नि के कम.. मारिदिए फ़िल्मी डाईलग

एकछिन् अवाक् बनी…

बदमास्…

दोस्रो उपनाम सुम्पेर बिट मारी…

वास् रुमको संकेत गर्दै ऊसले आफ्नो पातलो शरिर जरुक्क उचालि… ऊ देखिन्जेल मैले नि उसको पिठ्यूमै भएपनि नज़र राखिरहे…

अगाडिका डोसा र फेर्न्च फ्राईका रित्ता पेलट् लिखुरेले समेल्दै थियो…

सर.. उसले मेरो एकाग्रता भंग गर्यो …

भन भाई…,मैले उसको ऊत्सुकता प्रति ध्यान दिए…

अघि यॉहा वस्ने हजुरकी गर्लफ़्रेण्ड ? उसले साहसै गरिदियो सोध्ने…

मैले टाउको हल्लायरै उसको जिज्ञासालाई सहि हो भन्ने भान गरिदिए…

निकै राम्री हजुरकी गर्लफेन्ड…, ऊ आफै रोकियो…टेबल पुछेर उ म तिर फिस्स हाँस्यो…

मेरो थ्याइंक्यू पनि उसले वास्ता नगरी ओझेल पर्यो।

लामो सास् तान्दै मेरी पहिलो फेसबुके डेट मेरो छेउमै बसिन्…

अघि सम्म आमुने सामने… वास् रूम पछिको बसाई मेरो समिपमै…,

बोर भयो र हजूरलाई ? मेरै नजिकै ओठनै ठोकुलाझैं गरि मेरो चिन्ता गरेझैं गरि… सानो आवाजले सोधि…

होईन, भएन बोर.. तर कति बेर लगाकी नि…?

केटीलाई केटालाई झैं का सजिलो छ र…?

कसरी…? मैलेपनि नजाने झैं अनभिज्ञता गरे…,

नजिकै मेरो काननिरै मुख जोड़ि…

पिरियड भाछु क्या… अनि चेन्ज गर्नु परेन त…???

गजबले खुलेरै सुनाई…

अनि के चेन्ज गर्नु पर्छ र…? नबुझेझैं उत्सुकता पुर्वक सोधे…

बदमास्… मेरो अपेक्षा ऊसले राखिदिएको उपनामले भंग गर्यो…

पल यस्तो हुदै थियो.. ऊ सँग हजारौ पटक भेटिसकेको छु, तर पनि यो मन र आँखा भोका भए झैं एकटक ऊसको आनीबानीले मलाई मोहित पार्दै थियो… खै कस्तो परिस्थितिले मलाई उनीभित्र आफ्नो पनको आभास बटुल्दै थिए ।

उ निकै सुन्दरी यसमै थिई जति उसको स्वरुप थियो.. ऊसको बोल्ने शब्द र सैली उसको बडि ल्याइंग्योज सबैको निकै संयोग।

गड़ गिफ़्ट…

जीवनमा पहिलो पटक त्यो पनि यति सुन्दरी सँग मेरो डेटिंग… अनायास कोरिएको जीवनको निकै रोमान्टीक पल बन्दै थियो…

मेरो छेउ बसेकी उ… म प्रति हक भएझैं नजिक थिई…

आफ्नो स्मार्ट फोनको क्यामारा खोली…

ओ हिरो…मेरो कल्पना भंग गरी

उम् …भन…मैले ऊसप्रति ध्यान मोडे

म सँग एउटा सेल्फी नखिच्ने ? मलाई प्रश्न गरी…

अफकोर्स आई एम रेडी…!

आफ्नो दाहिने हात मेरो दाहिने कुममा थामी…

हेर्दा हेर्दै २,४वटा सेल्फी गरी…

म सँग ऊसलाई अंगाल्ने हिम्मत आएन…

खै भएन ..भनी

मेरो आँखा एकटक नज़र मारी… छोरो मान्छे हो हजुर…

उसको देब्रे कुममा मेरो देब्रे हात थमाई…

फेरि २,४ वटा सेल्फी थपी… बल्ल राम्रो भो। उसले स्पष्ट गरी ।

केहि दुरी बाट लिखुरेको नजरले हामीतीर लुकामारी गर्दै थियो…

मुसुक्क हास्यों… सोच्यो होला… मेरो पनि यस्तै राम्री गलफ्रेन्ड भैदिए !

हैट् मेरो सोच

नेपथ्यमा प्रमोद खरेलको ‘अन्त माया लाको भए नलुकाऊ भो तिमीले …’भन्ने गीत बजिरहेको थियो

सुन्तला कलरको भित्तामा रहेको डिजिटल घड़िमा सांझको ४ बज्दै थियो… वरिपरिका लन्चकोच प्राय सबै भरिभराउ हुदैंथिए…
मेरो मनमा पौडिरहेको आनन्दमय क्षणले मेरी पहिलो डेटलाई लम्बाईरहन मन थियो।

अलि पर उभिराखेको लिखुरेलाई ईसारा गरे…

लिखुरे मेरो नजिक निउरियो

आईस कफि बन्छ ? मैले सोधे

बन्छ सर । कति वटा ??

म पनि …उसले थपि…

२ वटा गरन् त

मन्टो हल्लाऊदै उ ओझेल पर्यो।

हे हिरो…

हजुर… भन..।

कस्तो फ़िल हुदैछ म सँगको डेट? ऊस्को जिज्ञासा

अमेजिगं… छोटो जवाफ दिए।

अनि तिमीलाई ?

एक्साईटमेन्ट !

एकछिन् मलाई घुरेर हेरी…

मिस्टर सुभिन्, हजुर कालो मान्छे किन भाको ?

ल अचम्म… म कालो कसरी हुननी जन्मदै कालो थिएरे के..छुच्ची।

है…? किन नी कालो भाको जन्मिदै ???

जिस्कने आशयले उसले सोधी ।

कालो मन पर्दैन् र ? मैले नि सोधे

मन पर्ने नपर्ने कुरा होईन किन भाको पो सोधेको…

त्यसो भए मेरो आमा लाई सोध..

बाबालाई सोध्नु पर्दैन ?

उसको यो प्रश्नले मलाई स्तब्ध बनायो। म जवाफ विहिन भए ।

मेरो स्मरण १७ बर्ष अगाडि पुग्यो…

बुवालाई त्यो दिन मेरै स्कुल अगाडि अन्तिम पटक चितकारेको…आफ्नै नावालक छोराको अगाडि तड्पी तड्पी बांच्नका लागि गरेको याचना… दुर्भाग्य मैले असल पिता र शिक्षक गुमाएको कालो दिन….
मेरो छेऊमा मेरो मलिन अनुहारलाई ऊसले पढिरहेकी थिई…

म भन्दा ऊ गल्दै थिई..

तल्लो ओठलाई माथिल्लो दांतले आधा गरि टोकी..म बाट नज़र हटाई।

सायद मेरो जवाफ अनेपेक्षित् थियो की, ऊ यसरी अनायास निशब्द बनि।

आई एम सरि छुच्ची

मेरो बाँया हात क्रस गरेर हत्केलालाई आफ्नो दाया हात सँग जोडी…

अवस्था रोमान्टीक हुनुपर्ने तर भईदियो सेन्टीमेन्टल!!

केहि छिनको मौनता ऊसैले तोडी…

आर यू सिरियस् ?

फ़र ह्ववाट् ?

समय साँझको पलतिर ढल्कदै थियो..

हाम्रो भेट छोटिने अवस्थामा थियो।

पर उभिराखेको लिखुरेलाई बिल ल्याउन ईसारा गरे..

मेरो अगाडिकी ऊ, मेरो फेसबूके डेट..! उसले घाँटीमा लगाएको सिक्रीको लकेट अलि तल सम्म पुगेको थियो..।

अलि-अलि खुलेको गलामा मेरो नजर पुगेर टक्क रोकियो..।

सायद लकेट त अलि भित्रै लुकेको रहेछ, अब यो आँखाको बस भित्र रहेन..।

रातो डकेट बुक भित्र लिखुरेले हामी बसेको टेबलमा बिल छाडेर ओझेल पर्यो।

मैले हजारको नोट पर्स बाट निकाले..

उसले रोकी…म पे गर्छु न भनि..

तिमी होईन म पे गर्छु मैले भने..

एकटक मलाई हेरि.

मैले उसका सलबलाएका ओठ हेरे..

एकपटक ओठ थुपारेर छोडि..छुच्चो!

छुच्ची.

मैले रातो डकेट बुक भित्र हजारको नोट राखेर लिखुरेलाई ईसारा गरे,

-क्या बात हिरो।

-हजुरका पातला दार्ही जुंगा पाल्नेहो भने कस्तो होला ?

खै अहिले सम्म पालेकै छैन्.. क्षेत्रीको छोरो हो क्या..,

का बाहुनको जस्तो हुन्छ र..?

बाहुनको त झ्याप्प आउछ मेरो त पातलो छ।

तिमी पनि मगरकी छोरि भाको भए यस्तो चुच्चो नाक काहा हुन्थ्यो र..?

– कस्तो हुन्थ्यो त हजुर..?

थेप्चो हुन्थ्यो नि..।

दोश्रो पटक मज्जाले ऊ हाँसी.. म पनि हाँसीदिए।।

ऊ हास्दा उसका गाजलु आँखा साना हुन्थे आँखा पनि हांसेझैं..

त्यसैले एऊटा आत्मबिस्वास भरिएको भाव जनाउथ्यो…

सालिन व्यक्तित्व उस्तै सुन्दरता…

मेरो दाहिने हातमा बांधेको घड़ी हेरि…

उसका तीन औंला सुनका पातला तर राम्रो डिजाईनमा कुदेका औंठीले सजिएका थिए..तर मेरो देब्रे साईलो सादा चांदीमा फिक्का महसूस गर्दै थियो।

मेरो पहिरन सँग ऊ बेमतलब झैं थिई..

पातलो सेतो टिर्सट अनि निलो जिन्समा रीबुकको स्पोर्टस् सु लगाएको थिए.।

उसको बेली मेरो भन्दा भित्र थियो..म भन्दा पातली…

उसका तिनै पातला चिल्ला औंलाले बारम्बार मलाई थाहा नंदिई स्पर्स कति गरे त्यो गणना मैले गर्नै चाहिन..ति स्पर्स भैरहुन म वेमतलबी झैं बनिरहु भन्ने भयो..।

उसको आत्मीयता मैले गजबले महसूस गरिरहेको थिए…

एउटा युवक एउटा पुरुष…त्यो भन्दा बढि म उसको हक़ भैरहेको थिए..

दुलही हूँदा दुलाहाले तिम्रो कुन औंलामा औठी लगाईदिने..?

ऊ एकाएक गम्भीर बनि..।

ऊ बोलिन मलाई अनौठो भावमा हेरि।

-दुलही बन्ने सोचेको नै छैन्।

किन?

गाजलले सिंगारेका आँखा एकछिन् परेलाले ढाकी..

-जवाफ छैन्। यति भनेर मेरो प्रश्नलाई टुगा्ईदिई,

मेरो प्रश्न सँग ऊ अनेपेक्षित जस्तो बनिदिई।

लिखुरेले फिर्ता पैसा उहि रातो डकेट बुक भीत्र राखेर मलाई थमायो..

थ्यान्क्यु दाजू!! ऊ अलि मसिनो आवाजमा खुल्यो।

-भाई..! मेरी डेट उसलाई सम्बोधन गर्दै एकछिन् है..

लिखुरेलाई केहि सोध्ने भावमा रोकि..

-भाईको शुभनाम.?रु उसैले सोधि

रोजन। लिखुरेले नाम मात्र बोल्यो

अनि तिम्रो थर? मैले थर सोंधे

दलितको छोरो हो दाजू म, मलाई माफ़ गर्नुहोला!!

दमाई हो दाजू। उसले अलि असहज महसूस गर्यो।

तीनैका आँखा एउटै झै भए…

जे भए पनि तिमी हामी बराबर छौ.. मैले जात सँग कहिल्यै फरक ब्यबहार गर्दिन। मेरो भनाईले ऊ मुसुक्क हास्यो..

छेउकी ऊ पनि लिखुरे सँगै मुसुक्क हाँसी।

-रोजनको घर? ऊ अलि बढि चासो पूर्वक सोधि,

अछाम जील्लाको विनायक गा.वि.स हो दिदि।

लिखुरे अब हाम्रो सबला सँग अडिनी भावमा थिएन…ऊ वरिपरीको सेरोफेरो सँग बाधिनु बाध्यता थियो..ऊ अब हामी बाट फुत्कने दाउमा थियो..

मलाई उसको हतार पन बुझ्न कठिन भएन..

डकेट बूक भीत्र पचास रुपया टिप्स राखेर उसलाई थमाए..

“फेरि पनि आूउनुहोला है दाजू-दिदि भन्दै लिखुरे अन्तिम पटक बिदा भएर गयो ।

लिखुरे हाम्रो भेटको एउटा सजिब पात्र झै…मेरो र उनको भेंट ओझेल परे झैं…ऊ अन्तिममा सम्झने पात्र हामी दुबैलाई बन्यो।

म भन्दा भावुक ऊ बनि..

उज्यालो अनुहार धमिलो बन्यो…

-म बाहुनकी छोरि हजूर क्षेत्रीको छोरो…ऊ यतिमै रोकिई

तिम्रो घरमा अन्तरजातिय बिवाह मान्ने छ कि छैन?मैले उसको निशब्दतालाई तोड़न खोजे..

मलाई सिधा हेरि…

-हजूरको घरमा बाहुनकी छोरि बुहारी हुन्छिन् कि नाई?

मेरो जवाफलाई उसले प्रती प्रश्न गरेर छाडिदिई।।

सुन्धारा-खिचापोखरी सडकमा हिड्ने र गुड्ने भीड़ उहि थियो,त्यहि भीडमा हामी दुई पनि हिड्ने भिडसंग मिसियौं..भग्नावशेष बनेको धरहरालाई दाहिने पार्दै हामी हिड्दै रह्यौ..

क्याफेको फेरो बाट निस्के पछि उसले भिड़ छिचोल्ने उपाय मेरो हात समाति..नसोधी मेरो देब्रे हात च्याप्प पारि मैले पनि स्वभाविक पांचै औलाले उसका कलिला पॉंचै औला लाई बिस्तारै बेरे….

अव हामी काठमांडौ मलको पछाडिको द्धार हुदै भीड बाट अलगियौं…

पहिलो डेटको हाम्रो अन्तरंग..

एउटा बर्षौ देखि गांसिएको पवित्र सम्बन्ध जस्तो..उसको हॉंसोमा उसको बोलिमा उसको सैलिमा म मेरो खुशी र सुखपन महसुस गरिरहेको एउटा जिम्मेवार केटो उसको हिरो, उसको बदमास, उसको छुच्चो तर मैले बुझेको उसको भाव म उसको एउटा बिस्वास।।
उसको हरेक गतिविधि सँग म नया थिए..उसका आँखामा देखिने आत्मबिस्वास् सँग मैले मायाको धुन बुन्दै थिए..

म प्यूठान बाट पहिलो पटक छिरेको शहर काठमाडौं थियो.. स्कुल पढ्दा सम्म त म केटि सँग आँखा जुदाएर बोल्न सक्दैनथे…तर आज शहरमा उनि सँग हात जोड्ने, सँगै बसेर जूठो खाने साहस मिलेको छ..!..एउटा सम्बन्ध जुन विस्वासले बुन्दै गरेको थियो..

समय बलवान हो कि म परिवर्तन भएको हो…आफैलाई मनमनै सोधे..,

काठमाण्डौ मलको फराकिलो लामो सिंडी बाट उनि र म एउटै लहरमा ओरलदै थियौं.

उनलाई उछिनेर तल पुग्दै थिए..

– हे हिरो..? मलाई नजिक छोएर केहि भन्न खोजे झैं गरि.

हजुर हिरोईन..,, जिस्कने भावमा ऊ प्रति चासो दिए..

एकटक मेरो आँखामा हेरि…मैले पनि हेरे…

छुट्टिने अवस्थाले ऊ भावुक बन्दै थिई…मेरो भाव पनि उसले बुझेकी थिई….

-यू आर गुड ब्वाई! दाहिने हात मुड्की पारी मेरो पातलो पेटमा बिस्तारै ठोकी!

थ्यागंक्यू छुच्ची, आई एम प्राउड अफ यू!!

यू आर बोल्ड गर्ल! नेभर सिन लाईक यू।।

उसको मुड्की मेरो मुड्की टक्क..जुधे।।

दुबै ओठ जोड़ी..खुशीको भावमा टाउको हल्लाई।

-कांहा हेरेको…?हम्? ईडियट!

मेरो अबास्तबिक हेराईलाई उसले तोडि..

तिम्रो गलाको कोठी हेरेको नि..

-त्यति मात्र..?

अरु त कसरी हेर्नु..?

-गुड ब्वाई!

ऊ लाजिम्पाट बस्ने म शंखमुल बस्ने,,..हाम्रो गन्तव्य फरक थियो..,

एन ए सी बिल्डिंग अगाडि हामी पुग्यौ.. साँझको पल बाक्लो भीड़ ठेलम-ठेल मानिस एउटा माइक्रो बीसौं मानिस …

– म ट्याक्सीमा जान्छु…उसले भीड छल्ने उपाए गरि..

हुन्छ, मैले ट्याक्सी मै जान सुझाए..!

मिठो वास्नाले लोभाउदो उसको जवानी र पहिरनलाई कसिरहेको थियो,, म चाँहि त्यो कसिरहेको उसको त्यो क्षण सँग टुट्दै थिए..

ऊ बार-बार म सँग छुट्टिरहेको अवस्थालाई रोक्न चाहे झैं को भावमा थिई..

मैले ईसारा गरेको ट्याक्सी रोकियो..

ऊ नमिठो अनुहार पार्दै ट्याक्सी चढ़ि..

म ऊ सँग त्यहि छुटिए…एक्लो उहि पुरानो सुभिन जो

केहि घण्टा अघि म यहि बाट उसलाई भेट्ने खुशीको क्षण अंगाल्दै द ब्यकरी क्याफे लम्केको थिए…!!

–**समाप्त**–

ई.काशी भुसाल,
कावासोति नवलपरासी
हाल अष्ट्रेलिया, सिड्नी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *