लघुकथा : सम्बन्ध विच्छेद

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

सत्तरी वर्षकी बूढी मायादेवी आफ्नो श्रीमान्लाई रोगले सताएर थला परेर बस्न थालेपछि अब मेरो श्रीमान् धेरै बाँच्न सक्नुहुन्न श्रीमान् मरेपछि काजक्रिया गर्न मसंग खर्च पनि छैन । के गर्ने होला अब मैले भनेर चिन्तित अवस्थामा मन खेलाइरहेर बसेकी थिइन् ।

छिमेकी घरको रमादेवी उनको घरमा आउदा “के सोचेर बसीरहनु भएको आमा तपाईले ? तपाईको अनुहार त साह्रै अँध्यारो पो मैले देखेको छु ” भनिन् ।

हेर न रमा मेरो बूढा बिरामी भएर थला परे अब मेरो बूढा धेरै बाँच्नुहोला जस्तो मलाई लाग्दैन हामीसंग सम्पत्ति पनि धेरै छैन । बूढा मरेपछि कसरी जीवन बाँचुन्जेल जीवन चलाउने होला ? बूढाको काजक्रिया गर्न पनि खर्च नै चाहिन्छ खर्च कसरी जुटाउने होला मैले अब ? मलाई त साह्रै दिक्क लागीरहेको छ” मायादेवीले भनिन् ।

“तपाईको बूढाको काजक्रिया गर्न नपर्ने उपाय म बताइदिन्छु नि त आमा” रमादेवीले भनिन् ।

“त्यस्तो उपाय के छ त मलाई सुनाइहाल न” मायादेवीले भनिन् । भोलि नै छिमेकीहरु सातजना जतिलाई बोलाएर एउटा नेपाली कागजमा लेखेर बूढासंग सम्बन्ध विच्छेद गर्नु नी त आमाले सम्बन्ध विच्छेद गरेपछि काजक्रिया नै गर्नु पर्दैन नि” रमादेवीले बताइन् ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

(स्रोत : जनकपुर डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.