कविता : अम्बर तिमी साँच्ची कै धर्ती हौ

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

अम्बर
तिमीले गाएको गीत जस्तै
दुनियाँको सारा दुखपिडा निलिदिने
अम्बर तिमी
साँच्ची कै विशाल धर्ती भएर वाँचिदियौ
बेदना बोकेर वाँचेका हामीहरुलाई
तिम्रो छातीमा बस्न दियौ
सवै दुखका छालहरुलाई शान्त गराइदियौ
तिमीलाई लाखलाख धन्दबाद
अम्बर तिमी साँच्ची कै धर्ती हौ ।
तिमीसंगको मिलन दीर्घकालिन छ
विछोडको कल्पना संधै अधुरै रहने छ
हाम्रो मिलनले त्यस्तो मिलन हो
जस्ले सारा पिडा दर्दहरु रित्याएर शुन्य पारेको छ
अम्बर हाम्रो मिलन वास्तवमै अमर छ ।

तिमी संधै हाम्रो नजिक भएर उभिएको छौ
र त हामी तिम्रो साथको अनुभुति गरिरहेका छौ
हाम्रो हरपलको यात्रा साथसाथ ररिरहने छ
अम्बर हाम्रो यात्रा छुट्टिनको लागि होइन
लामो दुरीको तय भइसकेको छ ।
तिम्रा आदर्शले हामी तृप्त छौं
तिम्रै धड्कनले हाम्रो सारा व्यथा अन्त्य भएको छ
हो अम्बर हाम्रो संगम वास्तवमै मधुमय छ ।
पिडाले उठेका ज्वारभाटाहरु
तिम्रा हर संगीत र स्वरको तरङले दबाइदिएका छन् ।
हो अम्बर तिम्रो गीतहरुले
जलिरहेको हाम्रो छातीको पिडालाई
शितल तुल्याएको छ
तिमी शितलाताको विकल्प हौ ।

(७ अप्रिल २०१६, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.