संस्मरण : परदेशबाट देश हेर्दा

~भूमि भण्डारी~

नेपाल भन्दा फरक……….. म जोहानेन्सवर्ग बिमानस्थल ट्रान्जिटमा बिमान कुरीरंहदा देखि मेरो जस्तै वा मेरो भन्दा अलिक गोरो छाला भएको मानिस देख्न पाइंन । अग्ला, काला, ठूलो ओठ भएका पुरुषहरु, लट्टा पारिएको कपाल भएका महिलाहरु बिमानस्थल ’round कलयांगमल्यांग गरिरहंदा म त अर्कै ग्रहमा पो आइपुगेंछु कि जस्तो लागि रह्यो । यस्ता मान्छेसंग कसरी बोल्ने होला, कसरी काम गर्ने होला भन्ने धक मनमा लागिरह्यो । लुसाकाको लागि बिमान चढेपछि परिचारिकाले नास्ता के खाने भनेर सोधिन् । मैले थाहा पाएं सबै गाइ र सुंगुरको मासुको परिकार मात्रै थिए । मैले माछा वा कुखुराको कुनै प्रकार खोजें, भाग्यवस साकाहारी स्याण्डवीच रहेछ । जाम्बियामा समेत साकाहारी मान्छे देखेर अचम्म मानिंदो रहेछ, धन्य, म साकाहारी थिइंन तर उनीहरुको पि्रय खाना गाइको मासु म हिन्दु भएकाले खान सक्दिनथें । जाम्बियालीहरुको पि्रय खाना सिमाको ’boutमा मैले नेपालमै थाहा पाएको थिएं । मैले नेपालमा कल्पना गरे अनुसार यो केवल मकैको फाँडो थियो । तर, यहाँ आएपछि थाहा भयो मकैलाई मिलमा पिँधेर धुलो बनाई सिमा बनाईदो रहेछ, नेपालको हलुवा जस्तै । अलि बिकटतिर सखरखण्डको धुलो बनाएर पनि सिमा बनाइन्छ रे । नेपालमा प्रजातान्त्रिक अभ्यास गाउँ र घर घर सम्म पुग्नुको कारण त्यहाँको राजनैतिक बिभाजन पनि हो ।

सबै भन्दा तल्लो प्रजातान्त्रिक अभ्यास हुने निकाय भनेको गाबिस र वडा हो तर जाम्बियामा जिल्ला भन्दा तल कुनै निकाय नै हुंदो रहेनछ । कुनै कुनै जिल्लामा एक भन्दा बढि प्रहरी चौकी भए पनि स्वास्थ्य र सेवा प्रदायक निकायहरु जिल्ला सदरमुकाम मै केन्दि्रत रहंदा रहेछन् । साँच्चै भन्नु पर्दा एक जिल्लामा कति गाउँ छन् भन्ने तथ्यांक समेत जाम्बियामा उपलब्ध छैन । ९ प्रोभिन्स -नेपालमा अञ्चल जस्तै) र ७२ जिल्लामा बाँडिएको जाम्बियालीहरुको प्रमुख पेशा कृषि हो तर जमिन सरकारी अधिनस्थ छ । मलाई यहाँबाट पठाइएको निर्देशिकामा उल्लेख गरिएको चोरहरुबाट बच्ने तरीका पढेर मेरो सातो गएको थियो । अझै पनि मलाई कोठाबाट एक्लै अफिस आउन जान, बिहान र बेलुका एक्लै हिडडुल नगर्न भनिएको छ । तर, जाम्बियालीहरु सहयोगी भावनाका रहेछन्, नेपाली जस्तै । एकदमै औपचारीक, हरेक भेटघाटमा अभिवादन गर्ने, सञ्चो बिसन्चो सोध्ने । एकदमै सभ्य र नम्र भाषा प्रयोग गर्ने । म बिदेशी भएकाले म सँग मात्रै होइन जाम्बियालीहरु आपसमा भेट्दा पनि यसै गर्दा रहेछन् । सबै भन्दा राम्रो पक्ष, सडक यात्रुलाई सवारी साधनले प्राथमिकता दिने, अर्को सवारी साधनलाई प्राथमिकता दिने र सडक नियमहरुको सम्मान गर्ने जाम्बियाली बानी मलाई औधी मन पर्यो । यति मात्रै होइन, लुसाकामा एकपटक किनमेल गर्ने क्रममा मेरो साथीले बढि शुल्क तिरेर मात्र पार्किंग गर्ने स्थानमा अनुमति बेगर नै गाडी रोकेको निंहुमा त्यहाँको नगरपालिकाका कर्मचारीले गाडीको चक्का लक गरिदिए । पछि लामो सम्बाद र बिवाद पछि केही बढि जरीवाना तिरेर गाडी छुट्यो । यो देखेर नेपालको ट्राफिक नियम अझै बिचरा नै छ जस्तो महसुस भयो । जाम्बियामा दुई बर्गका मानिसहरु पाइए । एक बर्ग अति गरिब र अर्को बर्ग अति धनी । भौतिक सुबिधाहरु अति गरिबको पहँुच बाहिर छन् । यहाँ एक पुरुषले पाँच वटासम्म महिलालाई बिवाह गर्न पाउँछ । परिवार नियोजन’bout जाम्बियालीहरु त्यति जानकार छैनन् होला, ’cause शहरमा एक वा दुई बच्चामा सिमित रहने चलन फाट्ट फुट्ट सुरु भएपनि गाँउमा एक परिवारको बच्चा संख्या कम्तिमा ६ बाट सुरु भएर बढिमा जति पनि हुन सक्छ ।

महिलाहरुको जीवन बच्चा जन्माउन र स्याहार्न मै बित्ने र पुरुष मात्र आर्थिक उपार्जनमा सहभागी हुनाले गरिबी जस्ताको तस्तै रहेको होला सायद । राजधानी बाहिरका जिल्ला सदरमुकाममा हिडिरहेका दुई मध्ये एक महिलाको पिठ्यूंमा सानो बच्चा हुन्छ । १८ बर्ष नपुगी बिवाह गर्न नपाइने कानुनी मान्यता भएपनि न कतै उजुरी पर्छ न त कसैले कानुन कार्यान्वयन गर्छ । जाम्बियामा सबै भन्दा ठूलो समस्या भनेको बढ्दो एचआइभी संक्रमितहरुको जनसंख्या हो । २० देखि २९ बर्ष उमेर समुहका जाम्बियालीहरुमाझ तिब्र रुपमा फैलिरहेको यहाँ एचआइभी भएर बाँचिरहेकाहरुको जनसंख्या २० प्रतिशत भन्दा बढि छ । ५ मान्छेमा एक मान्छे संक्रमित । यसलाई कम गर्न सरकारी र गैह्र सरकारी पहलहरु भने देखिन्छन् । हामी धेरै धनी नेपालीहरु प्रत्येकसँग बस्नका लागि कतै न कतै घर छ, गाउँमा सानो जमिनको भए पनि टुक्रो छ । नेपालमा खान नपाएर वा केही काम नपाएर भोकै मरिहालेको कोही छैन । यस मानेमा हामी धेरै धनी छौं । यसबाहेक नेपाल जस्तो सानो र बिकासशील मुलुकमा स्वास्थ्य र शिक्षामा मानिसहरुको सहज पहँुचले हाम्रो स्तर राम्रो छ भन्ने देखाउँछ । नेपालमा सञ्चार क्षेत्रले मारेको फड्को त इश्र्यालाग्दो नै छ । यहाँ मोवाइलबाट अन्तराष्ट्रिय कल गर्दा नेपाली सय रुपैंया बढि लाग्छ एक मिनेटको । राजधानी बाहेक कतै वायरलेस इन्टरनेट सुबिधा छैन । डायलअप इन्टरनेटमा १०० केबी क्षमताको कुनै फाइल अपलोड गर्नु पर्यो भने दुई घन्टा भन्दा बढि समय लाग्छ । सरकारी टेलिकमले एडिएसएल इन्टरनेट राजधानी बाहेक अन्त बिस्तार गर्न सकेको छैन । भारतीय मोवाइल कम्पनीहरु मध्ये एयरटेलको मोवाइल सेवामा एकलौटी बजार छ भन्दा पनि हुन्छ । देशमा कतै पनि टेलिभिजन केवुल नेटवर्क छैन । सबै सञ्चार माध्यमहरु सरकार नियन्त्रित छन् ।

राजधानी केन्दि्रत एक -वा दुई हो यकीन भएन तर तीन पक्कै होइन) नीजि छापा र बिद्युतीय सञ्चार माध्यम पनि छन् तर सञ्चारमा सेन्सरसीप छ । सामुदायिक रेडियो एफएम बाहेक जिल्लामा नीजि सञ्चार माध्यममा काम गर्ने पत्रकार छैनन् । कुनै सुचना दिनु पर्यो भने सरकारी सूचना बिभागमा दिनु पर्छ यसले नै सञ्चार माध्यमहरुमा सूचना प्रवाह गरिदिन्छ । पत्रिका सर्बसाधारणको पहँुच बाहिर छन् । जाम्बियन डेली मेल नामक पत्रिका किन्नु पर्यो भने ३००० क्वाचा पर्छ जुन नेपाली ४५ रुपैया भन्दा बढि हो, नेपालमा ५ रुपैंयामा १६ पेज बढिको पत्रिका किन्न पाइन्छ । सदरमुकामबाट राजधानी जोड्जे सडक बाहेक अन्यत्र कालोपत्रे गरिएको सडक छैन । न त यातायातका कुनै साधन नै उपलब्ध छन् । गाउँका सक्ने मानिसहरुले साइकल प्रयोग गर्छन् नसक्ने पैदल नै हिड्ने गर्छन् । समग्रमा नेपाल भन्दा गरीब मुलुक पनि रहेछन् यो सन्सारमा । जाम्बियामा सुन र तामा खानीहरु छन् । गोराहरुले चुसेर छोडेको जाम्बियामा अहिले बिभिन्न देशहरुको स्वार्थ लुकेको छ । जाम्बियाको बजार भारत र चीनको हातमा छ । गाउँ गाउँमा भारतीयहरु पुगेका छन् । राजधानीमा ठूला ब्यापारीक प्रतिष्ठानहरुमा भारतीय बर्चश्व छ । एयरटेल, जेन, श्री इन्भेष्टमेन्ट जस्ता कम्पनीहरु र बहुराष्ट्रिय कम्पनीहरु छ्यापछ्याप्ती छन् । प्रत्येक जाम्बियालीले कोकाकोला पिउन सिकेको छ । राजधानीका ठूला डिपार्टमेन्टल स्टोरहरु, ब्यापारिक पसलहरु भारतीय कै छन् । यति मात्रै होइन जिल्ला जिल्लाका सदरमुकामहरुमा पनि भारतीय पसलहरुकै बर्चश्व छ । मुस्लिम र हिन्दु धर्म भारत हँुदै जाम्बिया प्रवेश गरेको छ, मस्जिद, मन्दिर बनेका छन् र आधा बढि जनसंख्या क्रिश्चियन रहेको जाम्बियामा फरक धर्म बिस्तारै बिस्तार हँुदैछ । चाइनिज सामानहरु छ्यापछ्याप्ती पाइन्छन् । नेपाली बजारको तुलनामा जाम्बिया धेरै महंगो छ । यहाँ सस्तो भनेको यहाँकै उत्पादन हुन् जस्तै अहिले बषर्ातको मौसम छ, जताततै आँप लटरम्म फलेका छन् । न त त्यो कसैले टिप्छ, न त कसैले बेच्छ, पाकेर भूईभरी आँपै आँप, तर कसैलाई मतलव छैन । नेपालमा यस्तो भए आँपले बजार पाएन भनेर कम्तिमा रेडियो र अखबारमा समाचार त आँउथ्यो, यहाँ त सरकारी क्रियाकलाप र घटना बाहेक केही समाचार नै हँुदैनन् ।

डिसेम्बर 14, 2010

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *