कथा : गरीब

~लक्ष्मी विश्वकर्मा~

एउटा गाउँ थियो । त्यहाँ गरिब एक परिवार थियो । दुई सन्तान पत्नी अनि आफू गरी चारजनाको सानो परिवार थियो । तर पनि उसलाई आफ्नो परिवार पाल्न हम्मेहम्मे परेको थियो । अर्काको हली बसेर भए पनि परिवार चलाउँदै थियो । अचानक उसको कान्छो छोरा बिरामी पर्‍यो । औषधोपचारका लागि छोरोलाई लिएर ऊ वैद्यकहाँ जान्छ । आफ्नो बच्चा बिरामी भएकोले दुईचार दिन काममा जान सक्दैन । वैद्यकहाँ गएर आएपछि आफ्नो काममा जान्छ । त्यहाँ गोठमा गोरुहरू देख्दैन । नदेखे पछि साहु भएतिर जान्छ । साहुले पनि उसलाई ‘यसरी दुईचार दिनै हराउने मान्छेलाई यहाँ कुनै काम छैन । मैले अरू मान्छे राखि सकें’ भन्छ । ऊ त्यहाँबाट मन अमिलो पार्दै जान्छ । केही छिन चौतारीको शीतलमा बस्छ अनि सम्झिन्छ फुसको थोत्रो घर, त्यही घर पनि कति ठाउँमा भ्वाङ परेको र त्यो भ्वाङमा छेस्कामेस्का लगाएर पत्नीले गोबरमाटोले टालेको,चुलामा मीठो मसिनो को त कुरै नगरौं भोक टार्न जाउलो माड पनि खान नपाएको, दिदीकहाँ गएर मकैको च्याँख्ला ल्याएर पकाएकी थिई आज त त्यो पनि नहोला । हिजो मात्र पत्नीले गुन्द्रुक मात्र कति पकाउने भन्दा मैले आज गुन्दु्रक नपकाउने गुन्द्रुक साँदेर खाने ल १ भन्दा घरको अवस्था बुझेकीले मन्द हाँस्दै च्याँख्लाको भात खाएको याद सँगै ऊ झस्किन्छ । त्यति बेला कुकुरले उसको खुट्टा चाट्दै गरेको रहेछ ।

घर पुग्छ, छोरा अझै बिरामी छ । पत्नीले त्यस्तै गरी भ्वकङमा छेस्कामेस्का सङ्गालेर भत्केको भित्ताहरू टाल्दै थिई । ऊ भित्र पसेर छोराको निधार छाम्छ, ज्वरोले त्यस्तै लम्पसार थियो । अगेना माथि उब्रेको च्याँख्लामा अलि धेरै पानी हालेर उमाल्दै थिई । बाहिरबाट आवाज आयो–भएको च्याँख्ला पनि सकियो, बेलुका के ख्वाउने के खाने । अर्कोतिर छोरा ‘आमा भात खानि, भोक लाग्यो’ भन्दै भित्र छिर्छ । दिन धमिलो थियो । आकाशै छोपिनेगरी बादल लागेको थियो । ुुएकै छिन पख्, यति टालेर आउँछु अनि खाना खानि है– भन्दै फकाउँदै थिई । दिउँसोको दुई बज्दै थियो, कसैले केही पनि खाएका थिएनन् । अलि अबेर गरेर खायो भने राति छिटो भोक लाग्दैन । छिटो भोक नलागे पछि बच्चाहरू बेलैमा निदाउँछन् भन्ने सोचेर अबेर गरेर खाने सोच मिलाई ।

भत्केको ठाउँ टाल्दाटाल्दै निकै अबेर भसकेको थियो । अचानक बिस्तारै बिस्तारै हावा बढ्दै गयो । पुत्नी भित्र पसी । छानो उक्काउलाझैं गरेर हावा झनै बढ्दै गयो । अगेना माथिको च्याँख्ला पकाएको भाँडो उतारेर उतापट्टीको कुनामा राखी अनि छोरालाई च्यापेर बसी । दैवको लीला फुसको घर, त्यो पनि धेरै वर्ष पुरानो, बीचैको धुरीको छानो भाँचेर खस्यो । भर्खरै टालेको भित्ता पनि भत्कियो । पानीको बाछिटाले घर भरियो ।

हावापानी रोकिएपछि सबैजना बाहिर निस्किन्छन् । आँखाभरि आँसुको थोपा लिएर भत्केको घर हेर्छन् । छोराले फेरि आमा भोक लाग्यो भन्दा झस्किंदै हतार हतार भाँचिएर खसेको छानो पन्छाउँछे भत्किएर लडेको भित्ता पल्टाउँछे अनि च्याँख्ला पाक्दै गरेको भाँडो हेर्छे । भाँडो माटो र खरको धूलोले भरिएको हुन्छ ।

–सरस्वतीनगर ३, ठोरी पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *