कथा : नाकाबन्दी

~सिपी गजुरेल~

मेरी चार वर्षकी नातिनीे छ, भेट भए पछि जहिले पनि उसले नबुझेका कुरा सोध्छे र उसका आमा बाबुले उसलाई चित्त दुखाएका कुराको नाली बेली सुनाउँछे । लामो समयपछि म कान्छो छोरा कहाँ पुगेको थिएँ, बस्न नपाई नातिनीले सोधी हाली, “हजुरवुवा, यो नाकमावन्दी भनेको के हो”? मैले उसले सोध्न खोजेको कुरा के हो भनेर अनुमान त लगाएँ, तर प्रष्ट भने भएन । उसको बाबुले भन्यो, ”कालीले खाली यही प्रश्न सोधी रहन्छे । नाकावन्दी भन्न नजानेर नाकमाबन्दी भन्छे..हा हा” उसकी आमाले पनि व्यंगात्मक हाँसो हाँसी । नातिनी रुन थाली ”हेर्नुस् न हजुरबुवा बाबा र ममी जहिले पनि यसै गर्नु हुन्छ”। नातिनीको अवस्था देखेर मलाई मायाँ लाग्यो र उसका आमा बाबुलाई मैले हकारें, “सानी छोरीको जिज्ञासाको जवाफ पो दिनुपर्छ त, उपहास गर्ने हो त ? उसले टिभीमा त्यही सुनेकी छ, रेडियोमा त्यही सुनेकी छ, मानिसहरुले कुरा गरेको त्यही सुनेकी छ, ”नाकावन्दी”, अनि नाकावन्दी भन्ने नबुझेपछि सोध्नु परेन ? अनि उपहास गरिदिएपछि उस्लाई एकातिर दःुख लाग्ने भयो, अर्कातिर उसको त्यो प्रश्न सँधै अनुत्तरित नै रहने भयो ।” अनि नातिनीलाई फकाएँ “नरोउ नातिनी म तिमीले सोधेको कुराको जवाफ दिन्छु ।” ऊ मेरो नजिकै आई र जवाफ सुन्न मेरो मुखतिर हेर्न थाली ।

नातिनीले ‘नाकावन्दी’ शब्दको अर्थ नबुझेर आफूलाई थाहा भएको नाक अनि बन्दीलाई जोडेर ‘नाकमा बंदी’ भनेकी थिई । तर यो उसको भनाई एक प्रकारले सार्थक जस्तो पनि लागिरहेको थियो मलाई । भारत सरकारले लगाएको यो नाकावन्दी वास्तवमा हामी नेपाली र हाम्रो राष्ट्र नेपालको नाकमा बन्दी मात्र होइन, एक प्रकारको बल्छी थियो । यो बल्छी लगाएर नेपाल राष्ट्र र नेपाली जनतालाई भारत सरकार नत्थी लगाएको गोरु वा भैंसीजस्तै हामीलाई जता मन लाग्यो, उतै लैजान चाहन्छ । हामीलाई गोरुजस्तै व्यवहार गर्न चाहन्छ र भैंसीलाई जस्तै घाँस हालिदिएर दूध आफू खान चाहन्छ । यो नाकमा वन्दी वल्छी र गला पासो पनि हो ।

नातिनीलाई मैले संझाएँ, “नाका भनेको भारत र नेपालमा आवत–जावत गर्ने बिन्दु हो, जहाँबाट हामीलाई चाहिने चिज, तिमीलाई स्कूल जाँदा तिम्रो बाबाले चढ्ने मोटर बाइकमा हाल्ने पेट्रोल, तिमीले खाने दूध, माम, तरकारी पकाउने ग्यास ल्याउने बाटो हो । अनि हामीले उत्पादन गरेको सामान बेच्नका लागि भारत पठाउने बाटो हो । नाकावन्दी भनेको यो बाटो बन्द गरिदिने भनेको हो । भारतले चारमहिनादेखि यो बाटो बन्द गरेर सबै चिज आउन जान रोकेको छ । यो नराम्रो काम हो । ग्यास नभएर तिम्रो घरमा दाउरा बालेको त तिमीलाई थाहा नै छ ।” “दाउराबाट त कस्तो धुवाँ आउँदो रैछ हगि हजुरबुवा, धुवाँले त मलाई खोकी नै लाग्यो । हेर्नुस् न लुगा पनि कती काला भएको । ग्यास नभएर मम्मीले दुई दिन भात पनि पकाउनु भएन ।” नातिनीले उदाहरण दिँदै थिई । तिम्र्रो बाबाले बाइकमा पेट्रोल हाल्न नपाएर तिमी स्कूल जान नसकेको होइन र ?”

यसले नेपाली जनताको दैनिक जीवनका लागि आवश्यक बस्तुहरुबाट वञ्चित गरायो । नेपाली अर्थतन्त्रला्ई पुरै तहश नहस बनायो । नेपाल राष्ट्रले अन्तर्राष्ट्रिय रुपमा पाउने पारवहनको अधिकारलाई पुरै खोस्ने काम ग¥यो । प्रतिक्रियावादी सरकारभित्रका कालोबजारी र तस्करहरु र कथित आन्दोलनकारीको एउटा पक्ष मिलेर समानान्तर अर्थतन्त्र चलाउने आधार तयार गरिदियो । तस्कर र कालोबजारी गर्नेहरुको अबैधानिक अर्थतन्त्रले दुईसयदेखि चारसय प्रतिशतसम्म मुनाफा गरेर सबै अभावका चिजहरु ग्यास भित्रभित्रै बिक्रि गर्दछ, पेट्रोल बेच्दछ, डिजेल घरघरमा पु¥याउँछ । सरकारी संयन्त्र देखावटी मात्र छ, त्यो त फगत कालाबजारीहरुसँग कमिसनको खेलमा मस्त छ । संचार माध्यममा आइरहेको छ कि सत्तामा बस्नेहरुलाई र कथित आन्दोलनकारीको एक पक्षलार्ई यसले दैनिक करोडौंंको मुनाफा गराइरहेको छ । भित्रभित्र दुबैको मिलेमतो छ । दुवै मिलेर यसलाई निरन्तरता दिइरहेका छन् ।

उसले जिज्ञासा राखी ः “यो सबै काम कस्ले गरेको नि हजुरबा ?“

“हाम्रो दक्षिणतिरको छिमेकी देशले”

“त्यो भनेको को हो ?”

“भारत”

“उसले किन यसो गरेको हजुरबा ?”

“हामीलाई दुःख दिन, हामीलाई सास्ती दिन, हामीलाई गरीव बनाएर आफू धनी बन्न, हामी माथि शासन गर्न”

“तपाईंहरुले यसो गर्ने भारतलाई केही पनि गर्न सक्नु हुन्न ?”

“…………………“

म निरुत्तर भएँ । मसँग यसको जवाफ थिएन । मलाई लाग्यो यो अवोध वालिकाले नेपाली जनताको प्रतिनिधित्व गरेर बोलिरहेकी छ । आज आम नेपाली जनताले राजनीतिक पार्टी र तिनका नेताहरुलाई, विशेषतः क्रान्तिकारी पार्टी र तिनका नेताहरुलाई, देशभक्तहरुलाई यही प्रश्न गरिरहेका छन् । काठमाडौं उपत्यका कब्जा गर्नुअघि बढेको अंग्रेजी साम्राज्यवादको शक्तिशाली फौजसँग भरुवा बन्दुक, तरबार, खुकुरी, ढुंगा, सिस्नु र अल्लो, अरिँगाल र बच्छिउँलाई साथमा लिएर सिन्धुली गढीको मोर्चामा ऐतिहासिक विजय हासिल गर्ने वीर नेपालीको इतिहासलाई यत्ति चाँडै हामीले किन बिस्र्यौं होला ? मर्न तयार हुने तर आत्मसमर्पण गर्न तयार नहुने हाम्रो जातिले नालापानीमा देखाएकोे इतिहासको दृष्टान्तलाई हामीले किन यत्ति चाँडै बिर्सन खोज्यौं होला ? मेरो मन मष्तिष्कमा यी र यस्तै प्रश्नहरु उठिरहेका थिए ।

नातिनीकी साथी रोजी कोठाभित्र पसी । साथीलाई देख्ने वित्तिकै ऊ साथीसँग खेल्न हिँडी । मैले सोचें “आखिर केटाकेटी न हो । साथीसँग खेल्ने उसलाई कति ठूलो सोख छ ?”

निकै दिन भयो राम्रोसँग घाम लागेको थिएन । तामक्रम घट्दै गैरहेको थियो । मैले मनमनै भन्दै थिएँ, “कहिल्यै नभएको जाडो यसपाली हुने भयो” । मैले ठानें जाडो बढी भएको सायद् उमेर बढ्दै गएर होला । जाडोको विषयमा सोचिरहेको थिएँ, तीन चार वर्षअघि एकजना मानिससँग भेट भएर भएको कराकानी सम्झिएँ । उनी उखान र कथनका खानी नै रहेछन् । कुरैकुरामा जाडोको चर्चा चल्यो, उनले आफ्नो क्षमता यहाँ पनि प्रदर्शन गरिहाले । उनले एउटा कथनलाई समेत अघि सार्दै भने ः “जाडो हरेक वर्ष बढी नै लाग्दछ, भनाई छ ः पोहोरको मकै, अहिलेको जाडो, उम्केको माछो, मरेको पाडो जहिले पनि ठूलो हुन्छ ।”

म बाहिर निस्कने तयारीमा थिएँ । मेरो छोराका एकजना साथी भित्र पसे । उनको हाउभाउबाट मैले अनुमान गरें म यहाँ छु भन्ने यिनीहरुका वीचमा कुराकानी भैसकेको रहेछ । उनी अंग्रेजी विषयका शिक्षक थिए । भेट पछिको सामान्य औपचारिकता पछि मैले उनीसँग “शिक्षकहरुका गतिविधि के छन् ?” भन्ने औपचारिक प्रश्न अघि सारें । तर उनलाई यो विषयमा कुराकानी गर्न खासै उत्साह भएको देखिएन । उनले भने, “यी त सामान्य विषय भए । बरु अंकलसँग संयोगले भेट भएको बेलामा त महत्वपूर्ण विषयमा पो जानकारी हासिल गर्न बेस होला । केही विषयमा जिज्ञासा राख्न मन थियो, समय छ कि छैन होला ?” मैले सहजरुपमा भनें, “हुन्छ, समय निकालौंला न ।”

“मेरो पहिलो जिज्ञासा ः भारत सरकारले जुन नाकावन्दी लगायो, त्यसलाई उसले अघोषित नाकाबन्दी भन्ने गरेको छ र नेपालको मिडियाले पनि त्यही भनिरहेको पाइन्छ । घोषित र अघोषित नाकावन्दीका बीचमा त्यत्ति ठूलो अन्तर के हो ?

मैले भने, “तपाईंले महत्वपूर्ण प्रश्न उठाउनु भयो । पहिलो कुरा त भारत सरकारले यो नाकाबन्दीलाई आधिकारिक र औपचारिक रुपमा “अघोषित नाकाबन्दी” पनि भनेको छैन । भारतबाट नेपालमा डिजेल, पेटोल, पकाउने ग्यास भारतबाट नआउनुको कारण भारतको नाकावन्दी होइन, केही मधेशवादी दल भन्नेहरुले नेपालमा बसेको धर्नाका कारण भारतबाट ती सामान प्रवेश गर्न नसकेको भन्ने नांगो भूmठा कुरा गरिरहेको छ । यसलाई सत्य सावित गर्न केही मधेशी दलका नेताहरु भारतले कुनै नाकाबन्दी नगरेको तर आफैंले धर्ना दिएर सामान प्रवेश गर्न नदिएको जस्ता वाहियात कुराहरु गरिरहेका छन् । यो सबै गर्नुका पछाडिको कारण के हो भने युद्धरत वा घोषित रुपमा शत्रुतापूर्ण सम्बन्ध भएका देशबाहेक अन्य देशले एकअर्कालाई यस प्रकारको नाकाबन्दी लगाउने वा पारवहन सुविधालाई रोक्ने काम गर्नु सयुक्त राष्ट्र संघका नियम र अन्तर्राष्ट्रिय कानूनको विपरीत हन्छ । त्यसैले भारत सरकारले यसलाई खुलारुपमा नाकाबन्दी नभनेको हो । भारत सरकारले औपचारिकरुपमा अघोषित नाकावन्दी पनि भनेको छैन । भारत सरकारले त त्यस प्रकारको नांगो झूठ प्रचार ग¥यो, ग¥यो स्वयम् नेपाल सरकारले समेत औपचारिक रुपमा नाकावन्दी भनेको छैन । ‘अघोषित नाकाबन्दी’ त भारतको नाकाबन्दीलाई हल्का बनाउन चाहनेहरुले प्रयोग गर्ने गरेको शब्द हो । मधेश आन्दोलनको समर्थनमा यो नाकाबन्दी गरिएको भन्ने हल्ला जुन चलाइएको छ, त्यो पनि गलत हो । नाकाबन्दीले सबैभन्दा बढी कष्ट मधेशी जनतालाई नै दिएको छ । यो त भारत सरकारको मधेशी जनताको समर्थन लिने र मधेशी जनताको काँधमा राखेर बन्दुक पड्काउने चाल मात्र हो । यो नाकाबन्दीले नेपालको अर्थतन्त्र चौपट गर्ने र नेपाली जनतालाई ठूलो सकसमा पार्ने काम त गरेको छ नै यो काम नेपालको राष्ट्रिय स्वाधीनता माथिको पनि सिधा हस्तक्षेप हो । यसको बिरोधमा देशभक्तिपूर्ण आन्दोलन उठाउनु आवश्यक छ ।”

समयको चापका कारण हो वा चित्त बुझेर हो उनले मेरो तर्कको न त कुनै प्रतिवाद नै गरे न त स्पष्टताको माग नै राखे । यसलाई मैले “मौनम् सम्मति लक्षणम्”को रुपमा बुझें । मैले मफ्लरले कान बेरेको देखेर “अंकललाई जाडो त निकै भए जस्तो छ” भनेको जवाफ मैले स्वीकारोक्ति मै दिएँ ।

“समयको चापका वीचमा अब मेरो एउटा मात्र जिज्ञासा छ, “ उनको स्वर बिनम्र थियो । मैले “हुन्छ” भनेर मुण्टो हल्लाएँ । उनले व्यवस्थितरुपमा विषय उठाए ः “यस्तो असह्य अभाव, यत्रो महँगी, यस्तो नांगो कालो बजारी, भ्रष्टाचार र तस्करी भै रहँदा पनि त्यसको बिरोध उल्लेखनीयरुपमा भएको देखिंदैन नि यसको कारण म जस्ता धेरै मानिसले बुझ्न सकेका छैनन् ।”

मैले विषयलाई स्पष्ट पार्ने उद्देश्यले भनें, “तपाईंले यो पनि असाध्यै सान्दर्भिक विषय उठाउनु भयो । तपाईंले उठाउनु भएका विषयलाई लिएर नेपालमा बिगतमा ठूला ठूला आन्दोलन हुनेगरेका र ती आन्दोलनले कतिपय अवस्थामा राजनीतिक व्यवस्था पनि परिवर्तन गर्ने गरेको पाइन्छ । तर अहिले जनतामा त्यस प्रकारको स्थिति देखा परेको देखिँदैन । क्रान्तिकारी पार्टीले गर्ने गरेको आन्दोलनको आह्वान पनि कार्यकर्ता आन्दोलन जस्तो भएको छ, जनआन्दोलन हुन सकेको छैन । यसका लागि कसैलाई दोष लगाएर वा गाली गरेर मात्र पुग्दैन । यसको वास्तविक कारण पत्ता लगाउनु पर्दछ । यसका पछाडि महत्वपूर्ण कारणहरु छन् । पहिलो र तत्कालिक कारण के हो भने यहाँका केही संसदीय पार्टीहरु जनतामा यो भ्रम दिन सफल भएका छन् कि नेपालका राजनीतिक पार्टीहरुले भारतको दवावलाई अस्वीकार गरेर आफ्नै स्वतन्त्र पहलमा यो संविधान जारी गर्न सफल भएको हुनाले भारत सरकारले त्यसको प्रतिकृयास्वरुप यो नाकाबन्दी लगाएको हो । उनीहरुले यो भ्रम पनि पारिरहेका छन् कि यो महँगी, तस्करी, कालोबजारी त त्यही नाकाबन्दीको स्वभाविक परिणाम हो । मानौं, सरकार र सत्ताधारी पार्टीको यसमा कुनै जिम्मेवारी नै छैन । दोस्रो, उनीहरुले यो भ्रम पारिरहेका छन् कि यो सरकार भारतको इच्छा विपरीत बनेको र राष्ट्रिय स्वतन्त्रताको निमित्त उभिएको हुनाले जुनसुकै मूल्य चुकाएर भएपनि यसलाई समर्थन गर्नुपर्छ । उनीहरुको माग छ कि यो सरकारले जे जे गर्छ, त्यो नेपालको राष्ट्रियताको रक्षाका निमित्त गर्छ, त्यसकारण यसले गरेका सबै कामलाई समर्थन गर्नुपर्छ । तेस्रो र दीर्घकालीन महत्वको कारण के हो भने विगतमा नेपालमा आमूल परिवर्तन, अग्रगामी परिवर्तनका लागि जुन वलिदान गरे त्यसको प्रतिफल केही पनि पाएनन्, विगतका क्रान्तिहरुको नेतृत्व गर्ने नेताहरु कै विश्वासघातबाट ती परिवर्तनहरु अवरुद्ध भए र फेरि पश्चगमन नै हावी हुँदै गयो । पछिल्लो चरणमा पनि त्यही घटना दोहोरियो । त्यसबाट नेपाली जनतामा यहाँका राजनीतिक पार्टीहरु, ती पार्टीका नेताहरुप्रति नै अविश्वास, घृणा र वितृष्णा पैदा भयो । आजसम्म पनि त्यो स्थिति विद्यमान् छ । हरेक प्रतिक्रान्तिपछि यो स्थिति पैदा हुन्छ । आज हामी यही स्थितिको सामना गरिरहेका छौं । सँधैभरि यो स्थिति रहिरहँदैन । यो स्थितिको अन्त हन्छ । तर यसको निमित्त ठूलो प्रयासको खाँचो छ ।”

झ्यालबाट आएको चिसो हवासगै धेरै जना कराएको संयुक्त आवाज पनि आइरहेको थियो “नेपाल माथि लगाइएको नाकाबन्दी—.खारेज गर, खारेज गर्” “आवश्यक सामानहरु माथि भैरहेको तस्करी र कालोबजारी—बन्द गर, बन्द गर ! मैले झ्याललाई पूरै खोलें । हामी दुवै जनाले झ्यालबाट बाहिर हे¥यौं । राता झण्डा, रातो ब्यानर र प्लेकार्ड बोकेका मानिसहरु नारा लगाउँदै अघि बढिरहेका थिए । मैले ०६२।६३ सालको ऐतिहासिक जनआन्दोलन संझिएँ, ०६५ सालको ६ दिने आम हडताल सम्झिएँ । यसलाई त्यस प्रकारको जनआन्दोलन र जनसंघर्ष भन्न सकिन्नथ्यो । तर, यो पनि कुनै महत्वपूर्ण जनआन्दोलनको तयारी हो कि भन्ने आसा गर्ने आधार चाहिँ बनिरहेको भान हुन्थ्यो ।

हामी दुबैजना तल झ¥यौं । जुलुसमा मजदूर, सुकुम्बासी, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी सबै थिए । त्यो जुलुसमा उनका शिक्षक साथीहरु पनि थिए । “म पनि जुलुसमा हिँडें है अंकल” भनेर उनी पनि उक्त जुलुसमा सामिल भए । मैले जुलुसमा हिँड्नेहरुलाई अभिवादन गरें । जुलुस नारा लगाउँदै अघि बढिरहेको थियो ः “नाकाबन्दी—खारेज गर !”, “भ्रष्टाचार र तस्करी—नियन्त्रण गर !”, “सुपथ मूल्य—कायम गर !”

२० माघ ०७२

(कथाकार गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ कथा संग्रहबाट)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *