कविता : आगो र स्वर्ग

~घिमिरे युवराज ‘कर्जुना’~

बल्नको लागि पनि निक्कैबेर कुर्नु पर्ने छ मेरो लासले
आर्यघाटको किनारामा लमतन्न बाँसमाथि
र कोही आफन्तले झन्झट बेहोर्ने छ
मेरो अनुहारबाट झिँगा धपाउन ।

र, आफ्नो बल्ने पालोमा
आगो, आगो, अागो !
हे प्रकृति ! आगो !!
आगोले मलाई बाल्ने छ
मेरो अत्रिप्त आत्मालाई ।
र, किनारामा उभ्भिएर
लोन्द्रा खोलाको गिट्टी बगरमा
वा आर्यघाटको चिसो ओसिलो किनारामा
शायद चरम जाडो याम हुनेछ, नदी पनि जमेको ।
मेरा मलामीहरुले ठिही ठिही गर्दै वा चुरोटको धुवाँ उडाउदै भन्नेछन्
‘हे भगवान् स्वर्गमा बास होस् उस्को’
आगो, आगो, अागो !
ठस् ठस् गर्दै बल्ने छ चिसो दाउरा मेरो भोगी शरीरमाथि र मुनि
धुवाँ र गन्धको वाक्वाकीलाई पचाउँदै फेरि भन्ने छन् मेरा आफन्तहरु
‘अकालमै मर्यो, स्वर्ग बास होस् यस्को’

मेरा अनगिन्ती अबैध सम्बन्धहरु
धोका पाएरा प्रेमिकाहरु
आदिम राजाका भन्दा धेरै श्रीमतीहरु
मैले नतिरेको रिण
मैले गरेको खरदारी भ्रस्टाचार
संका र हिंसा
मैले पानी सरि पिएको रक्सी
बेश्यागमन
अल्छी, निद्रा र मेरा शरीरका रोगहरु
आगो, आगो, आगो !!

हे आफन्तहरु
हे मलामीहरु
के यही हो स्वर्ग जाने बाटो ?
बिन्ती नराख मलाई चितामाथि
आगोले जलाउने छ मेरो अहमलाई र खरानी बनाउने छ ।
म स्वर्ग हैन, धर्तीमै बस्न चाहन्छु अरुकेही दिन वा केही घण्टा
र आफुलाई सच्याउन चाहन्छु अलिकती कम पिएर
आदरणीय मलामी ! स्वर्गमा शायद त्यो अवसर मिल्ने छैन !!

आगो, आगो, आगो
जल्नेछन् मेरा महान् बन्ने रहरहरु ।

NOVEMBER 7, 2014

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.