गजल : सबको फल्छ जीन्दगी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

आज भोली धनमा सबको फल्छ जीन्दगी
फल्दा फल्दै कुहिएर गल्छ जीन्दगी।।

धनी गरीब जे भएनी भोक उस्तै हो
एकै छाक खाए पनि चल्छ जीन्दगी।।

कसैलाई ओछ्यानमै सुती सुती पुग्ने
कसैलाई चलिरहने कल छ जीन्दगी।।

एउटा पाटो फर्की हेर्दा स्वर्ग सरी मस्ती
अर्को पाटो सडेको मल छ जीन्दगी।।

कहीं भने उज्यालो छ झिलिमिली बत्ती
कहीं भने अध्यारोमै बल्छ जीन्दगी।।

सबैलाई एकैनास कहाँ हुन्छ र
भोको पेट सुतेर नै जल्छ जीन्दगी।।

January 20, 2011

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.