लघुकथा : बूढाको सपना

~समीर पाख्रिन~

विमानस्थल निर्माण हुने पक्कापक्की जस्तै भइसकेकोले गाउँलेहरूमा प्रसन्नता छाएको थियो । नियमितझैं गौतम बाजे आज पनि आप्mनो घरको छतमा चिया पिउँदै दक्षिणतिरको विशाल फाँटतिर एकोहोरो हेरिरहेका थिए । “अब त देश विदेशका बडेमानका विमानहरू उडेको र अवतरण भएका दृश्य आप्mनै छतबाट अवलोकन गर्न पाइने भयो ।” खुशीले गद्गद् गौतम बाजेले चियाको लामो चुस्की लिए ।

नभन्दै सरकारले विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने सूचना जारी ग¥यो । सूचना पढेर कतिपय गाउँलेहरूको मनमा चिन्ताको बादल मडारिएको थियो । आप्mनो घरखेत अधिग्रहणमा परे कता जाने ? के गर्ने ? गाउँलेहरू चिन्तामा परेका थिए । सरकारले विमानस्थल निर्माणको भौतिक संरचनाका लागि आवश्यक जग्गाको नाप नक्शा तयार पार्न खटाएको प्राविधिकहरूको टोलीले काम थाली सकेको थियो । छोटो समयमा नै सरकारले विमानस्थलको क्षेत्रभित्र पर्ने घरजग्गाको मुआब्जा वितरणका साथै गाउँका बासिन्दालाई अन्यत्र बसाइँ सर्न सूचना जारी गरेपछि गाउँमा रुवाबासी शुरु भएको थियो । हिजोसम्म विमानस्थल बन्नुपर्छ, विमानस्थल बनेमा हामी गाउँलेहरूको जीवनस्तर माथि उठछ । यसले ल्याउने समृद्धि र गौरवको पहिलो श्रेय हामीलाई जानेछ अर्थात् यसको प्रतिफल पनि हामीलाई नै प्राप्त हुनेछ भनी हिंडने गौतमबाजे आफ्नो घरघडेरी अधिग्रहणमा परेपछि विमानस्थल निर्माण योजना गरीबमारा रहेछ । यसको सबैले प्रतिकार गर्नुपर्छ भन्दै हिंडन थालेका थिए तर यतिबेला भने उनको कुरा सुन्ने गाउँले कसैसित फुर्सत थिएन । अन्ततः बूढाका छोराहरूले पनि मुआब्जाबापत प्राप्त रकमले थानकोट डाँडामा तीन आना जग्गा किनी एउटा सानो घर बनाए र बूढालाई लिएर बसाइँ सरे ।

समय बित्दै जाँदा विमानस्थल निर्माण कार्य सम्पन्न भयो । गाउँको नक्शा फेरियो । कायापलट भयो । ससाना घरहरूको ठाउँमा गगनचुम्बी भवनहरू निर्माण भए । गाईगोरु, साइकल–टायर हिंडने बाटाहरू चिल्ला र फराकिला सडकमा परिणत भए त्यसमा चिल्ला विदेशी गाडीहरू गुडन थाले । गाउँलेहरू त मुआब्जा लिएर अन्यत्र गए तर उनीहरूको थातथलोमा अहिले सुकिला धनाढ्यहरू धमाधम बसाइँ सरिरहेका थिए । चौबीसै घण्टा देशविदेशका विमानहरू आउनेजाने क्रम शुरु भइसकेको थियो । तर विचरा गौतमबाजेको आप्mनै छतमा बसेर चिया पिउँदै विमान उडेओर्लेको दृश्य हेर्ने रहर रहरमैं सीमित रह्यो ।

इति

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *