कथा : पिताको ऋण

~श्रीरामेश्वरजी टांटिया~

राजस्थानमा चुरू एक पुरानो गाउँ हो । आजभन्दा सवा सय–डेढ सय वर्ष पहिले यहाँ प्रतिष्ठित वैश्य परिवार बस्थ्यो, जसको मालवामा ठूलो व्यापार पनि थियो । जब अफीमलाई लिएर ब्रिटेन र चीनबीच युद्ध भयो उनलाई घाटा लाग्यो, काम बन्द भयो र देनदारी रह्यो ।

त्यसपछि परिवारका स्वामी सेठ उजागरमललाई घर बाहिर निस्केको कसैले देखेन । कथम्कदाचित केही व्यक्ति उनीसँग भेट्न पनि गए तर उनको अनुहार देख्न पाउँदैनथे, किनभने उनी आफ्नो अनुहार ओढ्नेले छोपिरहन्थे । यसै शोकले कमै उमेरमा उनको देहान्त भयो । परिवारमा उनकी विधवा पत्नी र १३ वर्षका पुत्र रामदयाल मात्र रहे ।

गहना र जमिन–सम्पत्ति बेचेर उजागरमलले आफ्नो धेरै ऋण चुक्ता गरेका थिए तर पनि मर्ने बेलामा केही बाँकी थियो । अन्तिम समयमा उनले पत्नी र पुत्र रामदयाललाई एउटा कागज दिए, जसमा ऋण दिएकाहरूको नाम र रकम लेखिएको थियो । छोरालाई उनको अन्तिम आदेश थियो कि उनको आत्माले तब मात्रै शान्ति पाउने छ, जब कुनै दिन यो सम्पूर्ण ऋण ब्याजसहित चुक्ता हुन्छ ।

दुई वर्षपछि रामदयालको विवाह भयो । यस अवसरमा विधवा आमाले थोरै ऋण लिएर आफ्नो सम्पूर्ण नातागोतालाई निमन्त्रण दिइन् । बुहारी भित्र्याउने समय कसैले छेड हान्यो पिताको ऋण चुक्ता भएको छैन तर पनि विवाहमा यति धूमधाम । किशोर रामदयाललाई यो कुरा बिझ्यो । विवाहपछि उनले सुदूरपूर्व असम जाने निश्चय गरे । आमा र छिमेकीले रामदयाललाई धेरै सम्झाए, केही दिन बस, ठूलो भएपछि जानु तर उनले कसैको सुनेनन् र रुँदै गरेकी आमा र पत्नीलाई छाडेर, केही व्यक्तिसँगै पूर्वको यात्रामा निस्के ।

त्यस समय असम यात्रा तीन–चार महिनासम्म लाग्थ्यो । रेललाइन कलकत्तादेखि कानपुरसम्म थियो । राजस्थानदेखि कानपुर जान २५–३० दिन लाग्थ्यो । कलकत्ताबाट डु·ा चढेर असम जान पनि डेढ–दुई महिना लाग्थ्यो । बाटोमा पद्मा नदी पथ्र्यो, जसको तीव्र बहावको कारण कहिलेकाही डु·ा पनि डुब्न पुग्थ्यो । त्यसमाथि जलदस्युहरूको पनि डर थियो यसै कारण धेरैजना मिलेर पूर्ण बन्दोबस्ती गरेर असम–यात्रामा निस्कन्थे । एकपटक गएर ८–१० वर्ष बन्द व्यापार गरेर मात्र फर्कन्थे । बाटो यति सड्ढटमय थियो कि धेरैजना त फर्केर आउनै पाउँदैनथे । यात्राको समय रामदयालसँग एउटा धोती, एउटा लोटा र केही चना–चमेना थियो तथा दृढ विश्वास एवं साहस ।

असमको वातावरण अत्यन्त चिसो भएको कारण त्यहाँ मलेरिया र कालाज्वरको प्रकोप रहन्थ्यो तर व्यापारमा गुन्जाइस थियो । यसै कारण मान्छे पानीको स्थानमा चिया पिएर बस्थे । ज्वरो लागेपछि औषधि खान्थे । कुनैनको त त्यस बेला आविष्कार पनि भएको थिएन ।

रामदयाललाई राजस्थानदेखि तीनसुकिया (असम) पुग्न चार महिना लाग्यो । त्यहाँ गएर उनले कपडाको काम शुरु गरे । बिहान काँधमा कपडा बोकेर गाउँ निस्किन्थे र साँझ एक वा दुई रुपियाँ कमाएर आफ्नो कोठामा फिर्ता आउँथे ।

त्यस समयसम्म त्यहाँ मारवाडीको केही पसल थियो र त्यहाँ नयाँ आएका कुनै पनि व्यक्ति निस्सड्ढोच उनको बासामा खाना खान सक्थे । राम्रो कमाइ भएपछि आफ्नो भिन्दै व्यवस्था गर्थे । त्यहाँ पहिलेदेखि बसेका मारवाडीसँग व्यापारमा सहायता र प्रोत्साहन पाइरहन्थे । रामदयालले यी सबै सहयोग पाए ।

कडा मेहनत र इमानदारीले दस वर्षमा यति धेरै धन कमाइसकेका थिए जसबाट उनले आफ्नो पिताको पूरै ऋण ब्याजसहित चुक्ता गर्न सक्थे । वर्षमा एक दुईपटक कुनै छिमेकीबाट लेखाइएको आमाको चिठी पनि आउँथ्यो । त्यति बेला बिचरी पत्नी पतिलाई पत्र दिने साहस पनि गर्दैनथिए ।

यसै प्रकार ६–७ वर्ष व्यतीत भयो । यसबीच रामदयालसँग ४०–५० हजारको पूँजी भयो र आफ्नो निजी पसल पनि । एक दिन अचानक पत्र आयो उनको आमा गम्भीर बिरामी छिन् र अन्तिम समय उनलाई हेर्न चाहन्छिन् ।

आफ्नो पसलको सम्पूर्ण व्यवस्था सहायकलाई सुम्पेर उनी आफ्नो देश रवाना भए र जसरी उनी आएका थिए त्यसरी नै तीन महिनामा भिवानीसम्म पुगे । त्यति बेलासम्म रेललाइन कानपुरदेखि भिवानीसम्म बनेको थियो । अमस जाने बेलामा पैसाको अभावमा रामदयाल आफ्नो घर (राजस्थानदेखि) कानपुर पैदल आएका थिए तर अब उनको अवस्था राम्रो भएको छ, यसै कारण भिवानीदेखि उँट भाडामा लिएर उनी आफ्नो गाउँ रवाना भए । १६–१७ वर्षको लामो समयपछि उनी राजस्थान फर्किरहेका थिए । असमको हराभरा उब्जाउ भूमिसँग उनलाई यति धेरै सान्निध्य भएको थिए कि यस रेतको मरुभूमिलाई एक प्रकारले बिर्सिसकेका थिए तर जस्तै उनले अग्ला थुम्को र त्यसमा चमचम गरिरहेको बालुवा देखेपछि उनलाई बाल्यकालको सम्झना भयो, त्यति बेला दौंतरीसँग यसैमा लोटपोट भएर खेल्ने गर्थे । उनलाई मन लाग्यो उँटबाट ओर्लेर मनभरि यस बालुवालाई आलि·न गरूँ ।

चार दिनपछि एकाबिहान जब उनी आफ्नो गाउँको सीमामा पुगे तब केही व्यक्ति एक सधवा स्त्रीको मलामी लिएर गइरहेका थिए । रामदयाल १७ वर्षपछि गाउँ फर्केका थिए त्यसैले उनलाई कसैले चिन्न सकेन न उनले कसैलाई । मलामीमा गइरहेका व्यक्तिहरू भनिरहेका थिए– बिचरी (मृत महिला)ले जीवनमा के नै देखेकी थिइन् । १७ वर्ष पहिले विवाह हुने बित्तिकै पति परदेश गयो र अहिलेसम्म फर्केर आएको छैन । एक मात्र सासूको सहारा थियो उनी पनि तीन महिना पहिले नै छाडेर गइन् ।

जुन वात्सल्यमयी आमा र स्नेहमयी पत्नीसँग भेट गर्ने आकाङ्क्षा लिएर उनी आएका थिए, ती दुवै अब रहेनन् । बाँकी थियो गाउँ–छिमेकीको निन्दा–स्तुति । रामदयाल आफ्नो पिताको ऋण चुक्ता गरेर चुपचाप फर्के । उनको पैतृक घर थियो, तर त्यस सुनसान घरभित्र छिर्न साहस भएन । यति ठूलो सड्ढटमा पनि उनको सन्तोष र सहारा यसै कुराको थियो कि उनले आफ्नो पिताको सम्पूर्ण ऋण ब्याजसहित चुक्ता गरेका थिए ।

रामदयालको बुवाले उनलाई केवल एउटा कागज दिएका थिए जसमा लेनदारहरूको नाम र रकम लेखिएको थियो । त्यस समय न स्टाम्पको कागजमा ऋण लेखापढी हुन्थ्यो न कुनै साक्षी हुन्थे, न जामिन । तर त्यति बेला सबैभन्दा ठूलो लेखापढी र साक्षी–जामिन ईश्वरलाई नै मानिन्थ्यो र पिता–बाजेको ऋण चुक्ता नगरेसम्म सार्वजनिक उत्सवमा कहिल्यै सहभागी हुँदैन थिए । यस्ता अनेकौं उदाहरणहरू पाइन्छ कि ३०–४० वर्षपछि पुत्र तथा नातिले आफ्नो पिता, बाजेको ऋण चुक्ता गरेको होस् ।

यही कारण हो हालको वर्षसम्म हाम्रा पूर्वजले (बिना मात्राको हरफमा) लेखेको बही–खाताको साख र इज्जत अदालतमा हुन्छ ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.