लघुकथा : फेसबूक आइ-डी

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो ।

उ राम्रो कबिता लेख्थी । उसका कथाहरु पनि उस्तै राम्रा थिए तर उसको असली चिनारी त गीतकार थियो । साह्रै राम्रा गीतहरु रचना गर्थी उ । तर उसका गीतहरु केबल सिरानी अग्लो बनाउने बस्तुहरु बाहेक केही हुनसकेका थिएनन किनकी न उसले कुनै संगीतकारलाई चिनेकी थिइ, न कुनै साहित्तिक पत्रीकाको सम्पादकलाई ।

फेसबूकमा उसका सयौं साथीहरु भए । ति मध्ये एक लोकप्रिय गायक पनि थियो ।

एक दिन उसले आफ्नो फेसबूक नोटमा एक गीत गायकको नाममा ट्याग गरी ।

उसले प्रतिकृया लेख्यो “मलाई तपाईंको गीत साह्रै मनपर्यो मेरो आगामी एल्बममा म यो गीत गाउछु अनुमती छ?”

उसले गर्व साथ लेखिदीइ “छ।”

एक नयाँ गीतकारको लागि यो भन्दा बढी खुशीको खबर के हुन सक्थ्यो र ।

उसले गायकको फेसबूक इन बक्समा चिट्ठीहरु पठाइरही ।

उसले पठाएको हर चिठ्ठीको जवाफ दिन्थ्यो गायक पनि ।

गायकको नयाँ गीती एल्बम बजारमा आउने बेला नजिकिदै थियो।

उ आफ्नो गीतको काल्पनिक संगीत गुनगुनाउनामा ब्यस्त थीइ । अफ्ना चिनेजानेका सबैलाइ आफ्नो गीत बजारमा आउन लागेको प्रचार गरेकी थीइ ।

एक दिन कान्तिपुर दैनिकमा गायकको अन्तर्वाता छापियो । उसले पत्रीका किन्दा बित्तिकै अन्तर्वातामा नजर डुलाई । उसलाई लागेको थियो-“कतै मेरो बारेमा पनि बोलेको छ की?”
तर अन्तर्वाता नसक्दै ऊ छाँगाबाट खसे जस्तो बनी ।

गायकले अन्तर्वातामा भनेको थियो-“मेरो कुनै फेसबूक आइ.डि छैन । कुनै फटाहाले मेरो नाममा आइ.डि खोलेर मेरो बदनाम गरिरहेको छ । “

बिस्नु प्रवा सापकोटा
दमेक -१, बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *