कथा : कुहिरोभित्रको काग

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर ।नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आँखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार’ लेखिएको टिर्सट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयम्सेवकहरू सेवा गर्न तल्लिन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभ्रि्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवय्रि्री कवितापाठ गर्छिन् । राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझ्दनँ । म केही र्सतर्क हुदैचारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोरआँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।

एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारीहरू उत्तेजित हुदैनाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन र्समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म र्सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको पाउँछु । म आफूलाई लुकाउँछु र चोर नजरले हेर्ने गर्छु फेरि पनि ममाथि आँखाहरू बिछ्याएको नै पाउँछु । कतै चिरपरिचित हो कि म ध्यान बङग््याउँछु । होइन, कतै भेट भएको छैन । ऊ त पत्रकारजस्तो पनि लाग्दैन । पत्रकार भए टिर्सट लगाउनुपर्ने, म एक्लिँदै कार्यक्रमतिर ध्यान बटार्छु ठेलामा काँक्रा र खरबुजा बेच्न राखिएका छन् । केही मानिस त्यतैतिर आउँछन् । खरबुजा खान । मेरो ध्यान मोडिन्छ । त्यतैतिर त्यस हूलमा उक्त कालो चस्मा लगाउने मान्छेलाई देख्छु । पुरुषहरू नारीलाई किन यति बिध्न चासो दिएर हर्ेछन् – हुन त पुरुषलाई हेर्न नारीको सङ्ख्या पनि समाजमा कम नहोला । तर म त्यति बिध्न सुन्दरी पनि छैन कसैको नजरलाई यति बढी आकषिर्त गर्न सकूँ ! ऊ मेरो छेउमा आउँछ ।

“मलाई चिन्नुभएन ?” अप्रत्याशित शब्दहरूले मलाई आक्रमण गर्छन् । म झस्कन्छु ।

“अहँ “

“ल, अब भन्नोस् !” उसले चस्मा फुकाल्छ ।

“तपाई श्रीकान्त नेपाल ‘” मेरो मुखबाट अनायास निस्कन्छ ।

“हो ।” बल्ल हेराइको रहस्य खुल्यो । म छक्क परेँ ।

“तपाई किन त्यस झुन्डमा र ?”

“म  पत्रकार हुँ ।”

श्रीकान्तले ‘कार’ उपाधि पाइसकेछ । हामी कुनै समय एउटै कक्षाका सहपाठी थियौ । ऊ पत्रकारिता पढ्न गएछ, मलाई थाहा थिएन । अहिले ऊ चिनीनसक्नु भएछ । भौतिक बनोट पनि असाध्यै आकर्ष देखिन्छ । म पत्रकारहरूलाई सम्मानजनक नजरले हेर्ने गर्छु किनभने जनआन्दोलनमा उनीहरूको भूमिका सराहनीय छ । जुलसमा मध्यस्थताको भूमिका उनीहरूले निभाएका हुनाले रगतको खोलो बग्न कम भएको छ । तेह्रौ दिनदेखिको जनआन्दोलन चरम उत्कर्षा पुगेको छ । कतिचोटि कतिपय ठाउँमा पत्रकारहरू स्वयम्ले पनि रगतको खोला बगाउनुपरेको थियो अनि निरङ्कुशताको बज्रपातपनि सहनुपरेको थियो । कतिपय जनताले त राजतन्त्रप्रतिको आस्था मरेर तेह्रौ दिनको काम कपाल समेत खौरेर गरेका थिए ।

”म पत्रकारलाई इज्जत गर्छु” मैले छोटकरीमा भनेँ ।

करिब दस वर्षछि हाम्रो भेट भएको थियो । मेरो निधारको टीका र घाँटीको मालाले विवाहिताको परिचय दिएको थियो । मलाई पनि ऊसम्बन्धी व्यक्तिगत खुल्दुली जाग्यो तर अवस्था अनुकुल थिएन । कुनै पनि समयमा भागदौड हुनसक्थ्यो । मैले आफ्नो बचाउका लागि भाग्नुपथ्र्यो भने ऊ अरूको बचाउका लागि कुदनुपर्ने अवस्था थियो । त्यसैले परिवेशप्रतिको संवेदनशीलताले हाम्रो संवादलाई बाधा दिइरहेको थियो । धेरै दिनको बन्दले आमजनताले पालेको तनावले म पनि ग्रस्त थिएँ भने ऊ पत्रकारहरूलाई गरेको कुटपिटले आक्रोशित थियो ।

ऊ कसरी, किन यो सहरमा देखा पर्‍यो, कौतुहलको आँधीले घेर्‍यो मलाई ।

“तपाई पत्रकार, तर तपाईको नाम कतै पत्रिकामा देख्दिनँ नि -” हुर्लिदो मानसिकताले उत्सुुकता मेटाउने प्रयास गरेँ ।

“म छद्मनामले लेखहरू लेख्छु ।”

म असाम्ाज्स्यको लिङ्गे पिङमा मच्चिन्छु । एउटा पत्रकार छ जसको नाम सन्देश हो । उसका रचनाहरू म असाध्यै मन पराउँछु । उसलाई म मेलमार्फ धन्यवाद र बधाई पनि दिइरहन्छु । म अनिश्चतताको कालो बादलमा मडारिन्छु कुहिरोको काग भएर, परिवेशजस्तै । म अत्यन्त प्रभावित छु उक्त पत्रकारका लेखहरूबाट । त्यसैले उसलाई मेलमार्फ आफ्ना मनका धेरै कुराहरू गर्छु । म आन्तरिक पीडा पोखिरहेको छु मेलमा-
‘जीवन गहिरो छ, जति बहँदै गयो उति नै गहिरिँदै जाँ दो रहेछ । किन हो तपाईको लेखहरूले मलाई नयाँ ऊर्जा दिन्छ । नयाँ शक्ति दिन्छ । त्यो शक्तिले मलाई सधैँ तानेजस्तो लाग्छ । अनि ती हातहरू हेरूँ-हेरूँ र चुमूँ-चुमूँ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपार्इँका शब्दहरूसँग उडिरहूँ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफर्कू जस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।’

मलाई आफ्नो मेल सम्झेर लाज लागेर आउँछ । म धकाउँछु । श्रीकान्तलाई उसको छद्मनाम सोध्ने आँट आउँदैन कतै श्रीकान्त नै होइन उक्त पत्रकार ! भए के भो त आखिर मैले पनि त छद्मनाम नै प्रयोग गरेकी छु उसले कसरी थाहा पाउँछ र –

एउटा चर्को भाषण सुरु हुन्छ । हाम्रो ध्यान भाषणले तान्छ । म उसलाई त्यति चासो नदिएको नाटक गर्छु म नाटकमा सफल हुने प्रयास गरिरहेको हुन्छु । घरीघरी म मेलका वाक्यहरूमा अल्झन्छु –

“प्ा्रत्येक दिन म तपाईको रचनाको प्रतीक्षामा हुन्छु । रचना आउन केही दिन ढिला भयो भने मलाई छटपटी बढ्छ । त्यस छटपटीलाई म शब्दमा बदल्न सक्तिनँ ।”

ऊ प्रायजसो छोटा मेल पठाउने गर्छ ।

‘तपाईहरूजस्ता पाठकले नै मेरो लेखनशक्तिलाई बढाइदिएको छ ।’

“तपाई अहिले के गर्दै हुनुहुन्छ -” उसको वाक्यले म यथार्थमा पछारिन्छु ।

“तपाईसँग गफ गर्दै छु ।” म हल्का जबाफ दिन्छु । कतै मेरो मुखबाट पत्रकारलाई मेल गरेको वरा फुस्कन्छ कि – म अझ र्सतर्क हुन्छु ।

भ्ााषण अझ जोसिलो बन्दै जान्छ । आन्दोलनकारीहरू बुरुकबुरुक दै ताली मार्छन् । भाषणले भन्दै छ –

‘राजाले गोलीगट्ठा तयार गरेको छ तर हामी जनताको गोली बोली हो । हामीले चार दिनका लागि भनेर मात्र तयार गरेका थियौँ । तर तेह्रौँ दिन बित्दा पनि हाम्रो बोली कसरी जीवित भइरहेछ भन्ने कुरा निरङ्कुश राजाले बुझ्दैनन् । ऊ शक्तिको भरमा टिकिरहन चाहन्छ । ऊ दमनको सास फेर्छ र अत्याचारको भात खाइरहेको छ ।’

भाषणले सबैलाई तताउँछ । हामी पनि उत्तेजित हुँदै ताली बजाउँछौँ ।

“तपार्इँ कतिको लेखहरू पढ्नुहुन्छ -” उसले मेरो ध्यान मोड्दै सोध्छ ।

“पढ्छु राम्रा लेखहरू, पत्रकारमध्ये सन्देशका लेखहरू खूब चाख दिएर पढ्छु ।” उसको छद्मनाम सोध्ने अझै पनि ममा साहस छैन । त्यसैले चोरसंवाद गर्दै छु ।

“म भोलि नै काठमाडौँ र्फकदै छु ।” ऊ सानो जानकारी दिन्छ ।

“ए ! किन यति चाँडै -“

“हिजो यहाँ पत्रकारमाथि भएको दमन र कुटपिटका लागि काठमाडौँबाट मानवअधिकार अनुगमनटोलीमा आएको थिएँ । त्यसैले रिपोर्ट लिएर फर्किहाल्नर्ुपर्छ । म आफू विगत र वर्तमानको अनुगमनमा तल्लिन छु । ऊ हाई स्कुल पढ्दा कत्ति नपत्याउँदो केटो थियो । अहिले ऊ राष्ट्रिय स्तरको लेखक, पत्रकार, र मानवअधिकारवादी भइसकेको छ । जे भए पनि आफूसँगै पढेको साथीलाई राष्ट्रिय स्तरको व्यक्तित्वको रूपमा चिन्न पाउँदा म पुलकित हुन्छु । अर्को एउटा साथीले उसलाई ‘सन्देशजी’ भनेर बोलाएर लिएर जान्छ ।

सम्भावित शब्द सत्यमा प्रमाणित भएको सुनेर म रोमाञ्चित र लज्जित हुन पुग्छु । ऊ गएको विवश आँखाले हेर्ने गर्छु वातावरण रमाइलो लाग्छ । र्सर्ूयका किरणहरूलाई लुकाउँदै बादल पानी झार्न तयार देख्छु । गर्मीको महिना तर्राईको परिवेश भए पनि मौसम रमणीय लाग्छ । अब मेरा आँखाको पालो आउँछ उसलाई पछ्याउने । यो समय नबिते हुन्थ्यो, नहराए हुन्थ्यो जस्तो लाग्छ । ऊ केही पर साथीहरूसँग गफ गर्दै छ । आफूलाई मनपर्ने लेखकलाई यति नजिकबाट फेरि साथीको रूपमा चिन्न पाउँदा म हषिर्त हुन्छु । फेरि नजिकिने लालसाले म एकोहोरिन्छु । उसलाई बोलाउन चाहन्छु तर मेलका वाक्यहरूमा अल्भिmन्छु- ‘कतै हाम्रो भेट भयो भने हामी अपरिचित हुन्छौँ होला हैन – सायद तपाईको वास्तविक नाम मलाई थाहा नहुन सक्छ र मेरो वास्तविक नाम तपाईलाई थाहा नहुन सक्छ । तर त्यो अनिश्चितताले एउटा नौलो अनुभूति दिन्छ । किनभने म त्यही अपरिचिततामा बाँच्न चाहन्छु । हामी आँखामा मात्र विश्वास गर्र्छौँ त्यसैले हामी दोष र गुण छुट्ट्याउन विवश हुन्छौ । जसले हाम्रो सम्बन्धलाई टुक््रयाइदिन्छ । अनि म मीठो अनुभूतिबाट सधैँ टाढा हुन विवश हुन्छु ।’ एक्कासि पुलिसको लाठी मेरो टाउकामा बजारिँदा म ब्यूझन्छु । म भाग्न असफल प्रयासमा छु । पुलिसको लाठी मेरो टाउकोमा बज्रन खोज्दै छ । अचानक कसैले लाठी समाउँछ । म बेहोस हुन्छु ।

होस आउँदा म नर्सिङ होममा हुन्छु । आफन्तहरू छेउमा बसेका छन् । उनीहरू कुनै पत्रकारले फोन गरेर जानकारी दिएका कुरा गर्दै छन् । अनि पर्स र डायरी पनि उही पत्रकारले जिम्मा लगाएको कुरा बताउँछन । पत्रकार भन्नेबित्तिकै श्रीकान्तको खोजीमा आँखा दौडाउँछु । निराश हुन्छु ।

केही दिनपछि डिस्चार्ज हुन्छु । समय बिताउन मेल हेर्छु’ कुमुदिनी, स्वास्थ्य कस्तो छ – भगवानका कृपाले अब हामीलाई कहिल्यै भेट नगराइदिऊन् ।’

शब्दले म सन्तुष्ट हुन्छु । झ्यालबाट बाहिर हेर्ने गर्छु लोकतन्त्र आइसकेको छ । कुहिरो फाटेर आकाश सफा र स्वच्छ भएझैँ लाग्छ । कागहरू निर्दिष्ट बाटो हिँडिरहेका छन् ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *