गजल : ढाल्न दिनु हुन्न

~लोक लामा~

हो आफ्नो स्वाभिमान ढाल्न दिनु हुन्न
बेइमानिहरुलाई चाल चाल्न दिनु हुन्न ।

अर्को रोम र निरो साबित गर्लान यहाँ
कसले झोस्यो आगो अब बाल्न दिनु हुन्न ।

गरुढ रुपि परोपकारिको के अर्थ र यहाँ ! ?
जान्दा जान्दै बिशालु हात हाल्न दिनु हुन्न ।

भुमी हाम्रो नरहे अरु के नै रहन्छ र ! ?
जोगाअौ शिर आमाको ढाल्न दिनु हुन्न ।

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.