कविता : मैले देखिन : मुलबासि शक्ति देखिन

~एभ्लेट फुङ~

ए , नेवारहरु हो !
के तिमिहरु किर्तिपुरको युद्धमा
सुर प्रताप शाहको
आँखा फोड्ने नेवारहरुको संन्ताहरु हौँ र ?
तर मलाई शङ्का लाग्छ क्कि ,
तिमिहरु उन्निहरु कै , संन्तानहरु हौँ भनेर !
किनकि
मैले तिमिहरु भित्री
ती किर्तिपुरे नेवारहरु देखिन्

ए , राईहरु हो !
के तिमिहरु सिंहदरबार कब्जा गर्ने
राम प्रसाद राईको
संन्तानहरु हौ र रु
तर मलाई शङ्का लाग्छ क्कि ,
तिमिहरु उन्निहरु कै संन्तानहरु हौँ भनेर !
किनकि
मैले तिमिहरु भित्री
राम प्रसाद राई भेटिन्

ए , लिम्बुहरु हो !
के तिमिहरु फुङ्ग चु नदिको किनारमा
गोर्खाली बाहुन संग युद्ध लड्ने
काङ्गसोरेको संन्तानहरु हौँ र ?
तर मलाई शङ्का लाग्छ क्कि
तिमिहरु उन्निहरु कै संन्तानहरु हौँ भनेर !
किनकि
मैले तिमिहरु भित्री
काङ्गसोरे देखिन्

ए , मगरहरु हो !
के तिमिहरु जङ्ग बहादुर राणाको विरुद्धमा
बिद्रोह गर्ने
लखन थापा मगरको संन्तानहरु हौँ र ?
तर मलाई शङ्का लाग्छ क्कि ,
तिमिहरु उन्निहरु कै संन्तानहरु हौँ भनेर !
किनकि
मैले तिमिहरु भित्री
लखन थापा मगर भेटिन्

ए , शेर्पाहरु हो !
के तिमिहरु बाहुन( नश्लियताको विरुद्धमा लड्ने
आङ्काजी शेर्पाको
संन्तानहरु हौँ र ?
तर मलाई शङ्का लाग्छ क्कि ,
तिमिहरु उन्निहरु कै संन्तानहरु हौ भनेर !
किनकि
मैले तिमिहरु भित्री
आङ्गकाजी शेर्पा भेटिन्

ए , गुरुङहरु हो !
के तिमिहरु राणाहरुको विरुद्धमा बिद्रोह गर्ने
सुपती गुरुङ र शुकदेब गुरुङका
संन्तानहरु हौँ र ?
तर मलाई शङ्का लाग्छ क्कि ,
तिमीहरु उन्निहरु कै संन्तानहरु हौँ भनेर
किनकि
मैले तिमिहरु भित्री
ती सुपती गुरुङ र शुकदेब गुरुङ देखिन्

ए , तामाङहरु हो !
के तिमिहरु गोर्खाली शासनको विरुद्धमा
दुई( दुई चोटि बिद्रोहरु गर्ने
तामाङका संन्तानहरु हौँ र ?
तर मलाई शङ्का लाग्छ क्कि ,
तिमिहरु उन्निहरु कै संन्तानहरु हौ भनेर !
किनकि
मैले तिमिहरु भित्री
ती बिद्रोही तामाङहरु देखिन्

मैले मात्रै तिमिहरु भित्री
हिम्मत हारेका मान्छेहरू बाँचेको देखे
आत्मा मरिसकेको शरीरहरु देखे
त्रास र डरहरु भेटे
दासतामा जिउँने अभिलाषाहरु भेटे
तर तिमिहरुको ती पू्र्खाहरु जस्तो
शुर- वीरताहरु कहिँ – कत्तै भेटिन्
खोज्जिमर्दा पनि देखिन्
र पो ,

तिमिहरु बाहुन- नश्लवादको दास बनेका रैछौ
बल्ल् थाहा भयो

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.