लघुकथा : वास्तविकता

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

कबि राधाकृष्ण पत्रिका पसलमा उभिएर दैनिक पत्रिकाहरु पढिरहेका थिए | त्यसै बेला एकजना ठूलै नेता आइपुगे | पत्रिका पढिरहेका राधाकृष्णलाई देखेपछि नेताले सोधे – ‘ कविजी ,पत्रिका त पढ्दै हुनुहुन्छ , किनेर पढ्नुभएको हो कि फोकटमा ?’

‘देशमा दिनहुँ महंगी बढिरहेको छ | पत्रिका किनेर पढ्न पनि नसकिने भइयो | त्यसैले यसो हेरेको मात्रै हुँ |’ राधाकृष्णले भने |तपाई कलम चल्ने कविहरुले यसै विषयमा लेखेर सरकारलाई घचघचाउनुपर्यो नि ! होइन र ?’ नेताले भने |

‘कुरो ट ठिकै हो | तर हामी साना मान्छेका कुरा कसले पो सुन्छ र ? बरु तपाई जस्ता नेताहरुले यस्ता कुरामा ध्यान दिनुपर्यो नि | तपाईहरु सधैं जनतका कुरा गरिरहनुहुन्छ | जनताका पिरमर्काका बारेमा बोले पो जनताले पनि पत्याउँछन् | ‘
राधाकृष्णका कुराले नेता झस्किए | ‘तपाईले भनेको त ठीकै हो |’ यसो भन्दै आफ्नै घरतिर लागे |

‘क्या दनक दिनुभयो |’ त्यहाँ उपस्थित जनसमूद्रायले राधाकृष्णलाई धन्यवाद दिए |

– सामाखुसी मार्ग, ९३५/५४,वडा नं. २९,
काठमाडौं (नेपाल)
इमेलः arunnadi2024@gmail.com

(स्रोत : ईकोशी डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *