सूत्रकथा : भाग्यवाद

~कुमार काफ्ले~kumar-kafle

•रमेशलाई भाग्यमा परम् विश्वास छ।

•नाम चलेका ज्योतिषी,जान्ने र माताकोमा गएर चिनाटिपन र हात हेराईरहन्छ।

•शहरमा अर्का एक नामूद ज्योतिष आएको कुरा उसले पनि सुन्छ।

•उ पनि हतारिदै चिना लिएर त्यहाँ पुग्छ।

•पालो पर्खेर चिना देखाउँछ,हस्तरेखा हेरिन्छ।

•ज्योतिषले शुभ,अशुभ बताउँदै उसको आयु पचासी वर्ष किटान गर्छन्।

•भर्खर पैंतीस टेकेको उ अझै पचास वर्ष यो धरामा बाँचिन्छ भन्ने खुशीले गदगद हुँदै घर फर्कन्छ।

•घर फर्कदा बाटामा उ पचास वर्षे योजना बनाउँदै कल्पनालोकमा माथिमाथि उड्न थाल्छ।

•विपरीत दिशाबाट आइरहेको ट्रकले एक्कासि उसलाई ठक्कर दिन्छ।

•घटनास्थलमै उसको प्राणपखेरु उड्छ।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *