गजल : ठिक छैन

~शुशिला निनाम~

हामी भन्छौं संविधानको अनुसूचि, भाग ठिक छैन
उता सिँहदरबारले भन्छ तिम्रो माग ठिक छैन ।

सबै फुलले सङ्गैसङ्गै फुल्न पाउनुपर्छ यहाँ
साच्चिकै साझा फुलबारी बनाऔँ यो बाग ठिक छैन ।

बिहान बेलुका चुल्हो बाल्न व्यस्त हामिलाइ
लुछिरहने गिद्द र कराइरहने काग ठिक छैन !

सक्दैन देख्न केही पनि दृष्टिहिन यी नयनहरुले
कसरी भनौँ तिमिलाइ लागेको दाग ठिक छैन

इन्द्रेणिपोखरी -९ , खोटाङ

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.