कविता : व्यवस्था परिवर्तन

~पदम गौतम~

“प्रजातन्त्र”र परिवर्तन”-को काष्टिङ हेर्दा-हेर्दै,
मस्त निदाएछु
कता! भाषण सकिएछ
राशन सकिएछ
अाश्वासन सकिएछ
प्रशासन सकिएछ
नारा सकिएर पनि……….
मान्छेहरू झटारा भइसकेछन्।
मध्यान्तर पछि ब्यूँझिएर हेर्छु त,
बिजुली “नीति”-को कारणले-
क्षमता विकेन्द्रीकरण भएछ,
यसरी ……………………….

व्यवस्था परिवर्तन
कर्मचारीको स्थान्तरण
मन्त्रीज्युको चरण
झ‍ोले-चम्चेको शरण
जनताको हरण
गरीबक‍ो मरण
भ्रष्टाचारीको जगजगी
लुटाहहरूको दलमिचाइ
निमछरोको गुन्द्रुक थिचाइ
साँडे-साँडेको जुझाई
बाछाबाछीको मिचाइ
भकाभक् भै सकेछ…………..।

– पदम गौतम,साउने,पश्चिम पाण्डाम।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.