गजल : तिमी ठूला राजधानी

~केडी रेम्नीसीङ~

म त मात्र सानो जिल्ला तिमी ठूला राजधानी,
आज छु मोफसलमै भोली पुगुँला राजधानी ।

पखेरोको पाखे भएँ तिम्रो सामु आजसम्म,
मोफसलकै भरमा चल्ने लुला राजधानी ।

सबैलाई लोभ्याउँदै आँपैm तिर तान्ने गर्छौ,
तिम्रो छेउ आए देख्छन् धुलैधुला राजधानी ।

भू–मण्डली करण छ उठेर हिँड अनि पुग,
मेरो लागि तिम्रो लागि सँधै खुला राजधानी ।

गोल छ दुनियाँ पुरै गोल भनी सम्झे हुन्छ,
कुनै दिन तिमी प्रदेश म हुँला राजधानी ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.