अनूदित कथा : एकलै, तर परेवाको साथमा…

~आन्तोनिना रिझ्कोभा~
अनु. कृष्णप्रकाश श्रेष्ठ

हुन सक्छ, यो सब एकलोपनाबाट शुरु भएको हो… तर यो शव्द नै अनौठो खालको छ । त्यसमा किञ्चित् निर्णयात्मकता पाइन्छ ः एकलै रातमा … त किञ्चित आशंका पनि ः एकलै, तर … जे भए तापनि यही एकलोपनाले मानिसहरुलाई अनौठोभन्दा अनौठो काम गर्न लगाउँछ …

म पनि नजानिंदो किसिमबाट उससित सखाभाव बढाउन पुगें । यसको लागि मैले घरबाट बाहिर निस्कने समेत कष्ट उठाउनु परेन, ऊ नै मकहाँ उडेर आउन थाल्यो । मैले उसप्रति ध्यान दिएँ, किनभने उत्तिकै खैलाबैला गर्ने परेवाहरुको बथानमा ऊ कैलो र कुरुप किशोरभैंm लाग्दथ्यो ः आँखामा फुलो परेको भए तापनि ज्यादै चनाखो । म भने सामान्यीकरणको हाबी भैसकेको थिएँ ः शान्तिवाहक परेवा निकै सुन्दर र निक्खर आकाशी रंगको हुनुपर्दथ्यो । त्यसैले त्यस अपांगको प्रतीक्षामा रहँदा रहँदै पनि ऊ उडेर आउँदा हाँसो पनि उठ्थ्यो । मैले उसलाई गुल भन्ने नाम दिएकी थिएँ । आँखाको रोगले गर्दा ऊ उति राम्ररी देख्तैनथ्यो र मैले उसलाई दिने गरेको खानेकुरा छताछुल्ल पारिदिन्थ्यो । अनि यसबाट स्वयं आश्चर्यचकित हुँदै उद्गार पोख्तथ्यो ः
“ओ…ओ…ओ ।”

उसको दृढताले ममाथि निकै प्रभाव जमाइसकेको थियो । म भान्साखण्डमा केही अल्मलिइरहँदा जुनसुकै मौसममा र जुनसुकै बेलामा पनि ऊ घन्टौंसम्म मेरो भ्mयालनेर पर्खेर बस्न सक्तथ्यो । उसप्रति मैले ध्यान दिंदा वा उसको रुचिउपर व्यंग्य गर्दै उसलाई मान्छेले खाने आहारा चाख्न दिंदा ऊ औधि रमाउँथ्यो । त्यतिखेर मलाई के लाग्दथ्यो भने उसले पनि मलाई मन पराउने गरेको छ । कारण के त भने उसले मलाई दिन प्रतिदिन बढी विश्वास गनै थालेको थियो ।आखिर ऊ मसित डराउनै छाड्यो र मेरै हातबाट आप्mनो चारा पनि लिन लाग्यो । सम्भवतः आँखा कमजोर भएको हुनाले ऊ मेरो ओंलो समेत दुख्ने गरी बेसरी ठुड.्थ्यो । म त्यतिखेर हाँस्ने गर्दथें तर आफुलाई ऊ छुन र आप्mनो पखेटा सुम्सुम्याउन चाहिं दिन्थ्यो । गुलले मेरो आवाज मन पराउनुका साथै चिन्ने समेत गरेको थियो । यो पनि कम आश्चर्यको कुरो थिएन । मैले भान्साखण्डमा टेलिफोनमा जोडदे कुरा गर्न थाल्दा मेरो अतुलनीय गुल, मेरो चुलबुल केटो कताबाट हो कुन्नि देखापरिहाल्दथ्यो ।

एकपल्ट म घरधन्दामा ज्यादै व्यस्त रहँदा गुलले हामीलाई अलग्याएर राख्ने रेखा निर्णयपूर्वक पार गर्यो र एकाएक भान्साखण्डभित्र प्रवेश गर्यो । तर उसको बाटोमा बूढो सिउँडी उभ्भिन पुग्यो । निश्चय नै सिउँडीसंगको मूठभेटमा साहसी गुल नै विजयी भएर निस्कन्थ्यो । तर उनीहरुको भिडन्तपछि रणक्षेत्रको सफाइ मैले गर्नुपर्यो । जे होस्, त्यसपछि भ्mयाल खुलै राख्न मलाई दुविधा भएन । भान्साखण्ड शरुन्य भएको वेला गुलले पनि त्यसप्रति कुनै चासो लिंदैनथ्यो । उसको चासोको विषय म नै हुँ भन्ने बोधले गर्दा मलाई अपार हर्ष हुन्थ्यो । ऊ मेरो उपस्थिति तुरुन्तै पत्ता लगाउँथ्यो । हामी दुवैलाई एकसाथ रहने रहर छ भन्ने विचारले समेत मलाई आनन्दको अनुभव हुन्थ्यो ।

एकपल्ट मैले केही समयका लागि घर छाडेर बाहिर कतै आराम लिन जाने विचार गरें । त्यतिञ्जेलसम्म गुलका साथीसंगिनीहरु पनि प्रशस्तै भइसकेका थिए । तिनीहरुले चुच्चोले ठुंगेर उसका प्वाँलहरु सफा गरिदिंदा गुल मजा मानेर आँखा चिम्लन्थ्यो । यस्तो दृश्यको अवलोकन गर्न पनि निकै रमाइलो हुन्थ्यो । तर अब उसले मलाई भुसुक्कै बिर्सन सक्छ वा कम्तीमा पनि मेरो अनुपस्थितिले उसलाई कुनै पीर पर्ने छैन भन्ने झिनो विचार पनि मनमा फुर्दथ्यो । हुन पनि म फर्केर घर आइपुग्दा दुई दिनसम्म भ्mयाल रित्तै पाएँ । तर एकपल्ट मैले ठूलो स्वरले टेलिफोनमा कुरा गरिरहँदा कताबाट हो कुन्नि आकाशबाट तल ओलिएभैmं गरी मेरो परम र अतुलनीय मित्र भुर्र उडेर आइपुग्यो । गुल आश्चर्य मान्दै कुर्लन थाल्यो ः “ओ…ओ…ओ ।” उसको यस उद्गारमा मैले हर्षको आभास पाएँ ।

ग्रीष्मका रमाइला दिनहरु छिटै बितेर गए । अनि झरीवर्षा शुरु भयो र त्यसपछि त हिउँ समेत पर्न थालिहाल्यो । मेरो साहसी गुलले कठिन र आहाराविहीन दिनहरु येनकेन कसरी पार गर्यो ? ऊ साहसी मात्र नभई वीर पनि रहेछ । ऊ कुनै कुरासंग भिड्न डराउँदैन रहेछ । एकपल्ट बिहान उडेर आउँदा मैले उसमा यौवन र सौन्दर्यको जलप देखें । एउटा मामूली र कसैको आँखा नपर्ने कैलो अदना चरोबाट ऊ रंगीन र चमकदार घाँटी भएको सुन्दर जवानमा परिणत भइसकेको थियो । परन्तु उसको बानीबेहोरामा भनै कुनै परिवर्तन आएको थिएन । पहिलैझैं म यसको कदर गर्दथें र मौसम जस्तो भए पनि उसको लागि भ्mयाल खुलै राख्दथें । यसले गर्दा बरु मेले एकाध पल्य रुगाखोकीको मार सहनुपरेको थियो । भ्mयाद बन्द गर्न खोज्दा गुल जहिले पनि जोडले त्यसमा ठुंग्दथ्यो ः ज्यादै भोक लागेर हो वा मेरो स्वास्थ्यको चिन्ताले हो ? म चारादाना दिने उद्देश्यले एक छिा भ्mयाल खोल्दथें । ऊ मेरो स्थिति बुझेर तुरुन्तै उडेर जान्थ्यो …

आपसमा हामीले एक दोस्राको चित्त कहिल्यै दुखाएनौं । मैत्री सम्बन्ध यथावत् कायम राख्दै संगसंगै वसन्तको प्रतीक्षा गर्न थाल्यौं । न्यानो शुरु भइपछि मेरो भ्mयाल अहोरात्र उसका लागि खुलै रहने भयो । यसले गर्दा हाम्रोआपसी सम्पर्क पनि सहज हुन गयो । म सधैं गुललाई मात्र नभई उसको साथमा उडेर आउने ऊजस्तै कैयौं परेवाहरुलाई पनि चारा खुवाउन लागें । तर यो मेरो गुललाई पटक्के मन परेन । गुल ज्यादै झगडालु रहेछ भन्ने मलाई थाहा भयो । भ्mयालमा उडेर आउने अर्को परेवालाई ऊ तालुमै ठुंग मार्दथ्यो र कुनै वास्ता नराखी त्यहाँबाट धकेल्दथ्यो । मानौं ऊ भन्न चाहन्थ्यो ः “जहाँ मन लाग्छ, जा । यहाँ मेरै लागि खाना कम छ ।” तर उसको सामु रोटीका टुक्राहरु प्रशस्तै छरिएका थिए र त्यसै खेर गइरहेका हुन्थे ।

परेवाहरुले वरिपरि झुम्मिएर उसको जीहजूरी गरिरहेको देख्दा म छक्कै पर्दथें ः यसमा यसरी आकर्षित हुनुपर्ने कुरो नै के छ र ? अन्य परेवाहरु ठुंगले उसका प्वाँखहरु मिलाइदिन्थे । यस्तो वेला गुल मजा मानेर आँखा चिम्म गर्दथ्यो । त्यतिखेर मेरो घरमा पनि प्रेमको आगमन भएको छ भन्ने भावनाले मलाई रमाइलो लाग्दथ्यो । परन्तु यो सब त्यति आनन्ददायक कुरा थिएन । गुलले आप्mनो चाहनालाई लगाम लगाउने गरेको थिएन । ऊ एकलप्रेमी थिएन । मेले उसको पारिवारिक गुँड पनि पत्ता लगाउन सकेकी थिइनँ । के गर्ने र ? मेरो पनि त हालत यस्तै थियो …

… यस सालको असाध्य गर्मी मैले भैmं गुलले पनि तड्पेर गुजार्यौं । म गुलको पीडा राम्रैसंग बुभ्mन सक्तथें । कसरी सकी नसकी ऊ उडेर भ्mयालमा थचारिन पुल्दथ्यो? तिर्खाले छट्पटाएर ऊ कसरी चुच्चो समेत उघार्न सक्तैनथ्यो? यो सब म देख्दथें । म उसका लागि भ्mयालनेर पानीको बटुको राखिदिन्थें । ऊ एक छिन घोरिएर यसको निरीक्षण गर्दथ्यो । मेरो सदाशयमा शंका नलागेपछि मात्र यथेष्ट पानी पउिँथ्यो । म दिनमा पाँचपल्ट जति बटुकोमा पानी थपिदिन्थें । उसलाई हेदैं म विचार गर्न थाल्दथें ः कति दुव्लाइसकेछ, बिचरो ? नंग्रा र प्वाँख मात्र बाँकी छ । यस्तो गर्मी छ कि खाने आहारा पनि माग्दैन …

छिटै नै गुल एउटी संगिनीको साथमा आउन थाल्यो । बिहे त गरेन यसले ? एउटी शान्त स्वभावकी पोथी परेवाले मतर्पm सतर्क दृष्टि दिई । उसमा आप्mनो जीवनसंगीप्रति पूर्ण विश्वास थियो । उसले मेरो बटुकोमा ठुंग गाडेर पानी खाइसकेपछि मात्र ऊ पनि पानी चुस्न लागी । मेरो सम्पर्कमा आउन ऊ हिच्किचाइरहेकी थिई । त्यसपछि उसले गुललाई साथ दिंदै सुस्त सुस्त रोटीका टुक्राहरु ठुंगेर खाई । गुल चाहिं आप्mनो बानीअनुसार रोटीका टुक्राहरु छताछुल्ल पार्दै ठुंगिरहेको थियो । उसलाई न खाप्mनी जीवनसंगिनीको वास्ता थियो, न त उसको जखमी पंजाको नै चासो थियो । पोथी परेवाको एउटा पंजा सबूत नभएको मैले पछि चाल पाएँ । गुलको यस्तो चालामाला हेरिरहँदा मलाई दिक्दार लागेर आयो, यद्यपि पोथी परेवा चाहिं शान्त थिई, अझ यस नकच्चरो भालेको प्वाँख आप्mनो ठुंगले सफा गर्नमा व्यस्त थिई । हे, भगवान् । म कुनै अलौकिक कुराको प्रतीक्षामा थिएँ, तर मलाई धरतीकै परिचित अनुभूतिले पिर्न थालिरहेका थिए । के हामी आप्mना मूक बन्धुहरुभन्दा कुनै कुरामा भिन्न छैनौं त ? उनीहरुलाई हाम्रो आहारा मात्र मन परेको होइन, हाम्रा दुश्चरित्रहरुबाट पनि उनीहरु उत्तिकै प्रभावित हुन पुगेका छन् कि ? हामी बलिया छौं, तर हामी उड्न सक्तैनौं । यसको अर्थ के हुन्छ भने हामी उनीहरुका लागि अनुकरणीय उदाहरण बन्न सक्तैनौं । त्यसैले मलाई विश्वास छ, चराहरु हामीलाई एकलोपनाबाट मुक्ति दिन र हाम्रो कमजोरीबारे अनुबोध गराउन यदाकदा यस पापयुक्त धरतीमा ओर्लने गर्दछन् । म आत्माको एकत्वमा विश्वास राख्दछु । दानापानीको चिन्ताले मात्र गुलसंग एकत्व कायम भएको नभई कुनै अलौकिक कुराले हामीलाई एकबद्ध पारेको छ भन्ने आशा राख्तछु …

२५ जून २००१ ई.सं.
एडुआर्ड अलेक्सेयेभ कथाहरु (रास्काजी), रुस लेखक संघको मास्को संगठन, मास्को, ई.सं. १९९८ । पृ. ५३ : ६२
कथासंग्रह “प्रेमको ज्योति” बाट

(स्रोत : Freenepal)

This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.