गीत : धरान पोखरा

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

माछापुछ्रे हासिदिदा सप्तकोशी नाचिदिउकी
धरानसित पोखराको चोखो प्रित गासिदिउकी

भेडेटारको चिसो कुहिरो गुप्तेश्वरलाई ओढाईदिउला
सर्दु सेउती सुक्दाखेरी सेतीको जल पैचोलिउला
पिण्डश्वारी बिन्द्बसिनी दुवै कसम भाकिदिउकी
धरानसित पोखराको चोखो प्रित गासिदिउकी

फेवातालको ऐना हेर्नु इटहरीलाई साथील्याउला
बुडासुब्बाको बाँसबोकी डुंगा खियाउनु चाडैआँउला
धनकुटा र घान्द्रुकलाइ सोल्टासोल्टी राखीदिउकी
धरानसित पोखराको चोखो प्रित गासिदिउकी

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *