कथा : दिपीका “अन्तरद्वन्द”

~नारायण पोखरेल~

कहानिहरु धेरै पढेँ , र धेरै सुनेँ पनि । कोहि साँचो हुन्छन् कोहि काल्पनिक । केहि कहानि बन्छन् र केहि शब्दहरुले बुनेर बनाउनुपर्छ । कहानि राजा र रानिको हुने हो भने धेरै ले मन पराउछन् । बचपनमा सुनेको कथा ” एक राजा थिए , एक रानि थिईन् , दुबै जना मिले र कहानि खत्म ..”

यो कहानि बनेको होईन बुनेको हो । शब्दहरुको तुनाबुना लाई जोडेर । र यस कहानिमा राजा रानि पनी छन् । यो कहानिमा राजा रानि त मिले तर अन्तमा मिल्दैनन् पनि । किनकी हाम्रो राजा हुन्छ कोहि दोश्रो रानीकी र रानि हुन्छीन् कोहि दोश्रो राजाको ।

-“फेरी के भयो ? कहानि खत्म ? “साथि सोध्दै थियो ।

होईन यस्तो लाग्दैन कि कहानि खत्म भयो । अब शुरु भयो भनेपछी कसरी गर्ने अन्त्य ? कहानि बुनेँ त केहि अरु शब्दहरु त बुन्नै पर्यो ।

र सुरुवात रातको समय देखि हुन्छ । कहानिकी नायीका “रानी ” अथवा दिपीका । दिपीकाको चुरा र पाउजु धेरै नै बजिरहेको छ । हातभरी बजिरहेको चुरा र पाउजु परीवारको रीत नै हो । र उनको श्रीमानलाई पनि बजिरहेको चुरा र पाउजु मन पर्छ । तर आज यी चुरा र पाउजु श्रीमानका लागी बजिरहेका छैनन् । तर आज धेरै नै खुशी छिन् दिपीका । दौडेर सीँडी चढिरहेकी छिन् दिपीका । पुर्णिमाको रात छतमा चन्द्रमा खेलिरहेको छ । तर उनलाई छतबाट चन्द्रमा हेर्नु मन लाग्दैन । उनलाई झ्यालबाट नै चन्द्रमा हेर्नु मन लाग्छ । उनलाई लाग्छ झ्यालवाला चन्द्रमा नै उनको हो । छतवाला चन्द्रमा सारा दुनियाको जस्तो लाग्छ उनलाई ।

कोठामा गएर देखीन् दिपक त सुतिसकेछन् । थोरै निरास पनी देखाईन् दिपीका । उनि यो कुरामा निरास भइन् की उनि कोठामा आउदा दीपक सुतिरहेको अवस्थामा भेटिन् । उनलाई रातको मात्र समय मिल्थ्यो दिपक सँग समय बिताउनको लागी । दिनभर त दुबै आफ्नो-आफ्नो काममा , जिम्मेवारी मा ब्यस्त रहन्छन् । र दिपक सुतेका थिए , अक्सर यस्तै हुन्छ ।

थोरै पर रहेको कुर्शीलाई धकलेर झ्याल नजिकै पुर्याईन् र त्यहि कुर्शिमा बसेर चन्द्रमा लाई झ्यालबाट चिहाईरहेकी थिईन् । र फेरी सुतिरहेको दिपक लाई पनि हेरीन् । दिपकको अनुहार सुन्दर र साधारण लागिरहेको छ दिपीकालाई । एकदम प्यारो बच्चा जस्तै निस्छल … र छन् पनि उस्तै .. निस्छल ..। दिपीकाको मन ले भनिरहेको छ ,झुकेर दिपकको निधारमा चुमु ! हात पनि बढाएकी थिईन् तर हात रोकियो ।

संयुत्त परीवारमा दिपीका जेठी बुहारी हुन् । दिपकको दुई भाईहरु छन् । सबै सँगै नै रहेका छन् । दिपकका बुबा आमा पनि त्यति बुढा भईसकेका छैनन् । आफ्नो काम आफै नै गर्न सक्ने नै छन् । धेरै ठुलो घर छ । जस्मा तेश्रो तल्लामा दिपीकाको कोठा पर्छ । दिपीकाको कोठाको आडमा एक किचन पनि छ । रातमा या बिहान छिटो चिया बनाउनु पर्यो भने तल जानु पर्दैनथ्यो । जेठि बुहारि हुनाले काम नभएता पनि जिम्मेवारी त हुन्छ नै । पछिल्लो केहि बर्षदेखी उनलाई बानि बसेको छ की सबै बच्चाहरुलाई हेर्ने , सम्हाल्ने । हरेक बच्चाहरुको हरेक समस्याहरु सुन्ने र समाधान गरेर मात्र आफ्नो कोठामा जाने उनको दैनिकी नै थियो । सबै बच्चाहरुको नै ख्याल राख्थिन् उनी । त्यो आज पनि भयो । तर उनि दैनिक कर्तब्यको पालना गर्दै जाँदा दिपक सुतेको अबस्थामा भेटिए । दिपकको बानि छ छिटै निदमा गुम हुनु । तर दिपीका यसो गर्न सक्दैनथिन् । उनि बिस्तारामा पल्टिएर दिनभरको लेखाजोखा गरेर नै सुत्ने गर्थिन ।

तर आज दिपीकाको मन कहिँ अर्कै ठाँउमा उडिरहेको छ । उनि बिस्तारै उठेर झ्यालको नजिक गईन् । बाहिर हेर्दा सहर अझै सुतेको थिएन । लाईटहरु धेरै नै चम्किरहेका थिए । त्यसै त बिवाहको महिना थियो । कोलाहल पनि धेरै नै थियो , संगितको । सायद नाचगान चलिरहेको छ ।

उनको नजर चन्द्रमामा गएर रोकियो र खुशी अझै अगाडि बढ्दै थियो । दिपकलाई सुतेको अबस्थामा देखेर फेरी खुशीको दुरी घट्दै गयो । चन्द्रमामा प्रभाकर को अनुहार नजर आउन थाल्यो । झ्यालवाला चन्द्रमा त उनलाई सधै आफ्नो नै लाग्थ्यो । तर यति आफ्नोपन पनि दिन्छ उस्ले यो कहिले पनि सोँचेकि थिईनन् दिपीकाले । त्यतिबेलै एउटा तेज संगित उनको कानमा ठोक्कियो । उनले झ्याल बन्द गर्न खोजिन् । तर गितको धुन र शब्द सुनेर नमुस्कुराई बस्न सकिनन् । आजकल उनलाई यस्तो लाग्छ हर गितका शब्दहरु उनैलाई लागु भईरहेको छ । उनलाई गित सुन्दा सुन्दै आफुलाई पनि ति शब्दहरु उच्चारण गर्नु मन लागेछ क्यारे उनि गुनगुनाउन लागिन् ” जमाना कहे लत ये गलत लगगई , मुझे तो तेरी लत लगगई ..”

अब दिपीका लाई ग्लानि भयो । कहाँ यि हिन्दी गित सुनेर मुस्कुराईरहेकी ? आजकल उनको मनमा एकै नाम गुन्जिरहेको छ । “प्रभाकर ” यहि प्रभाकर लाई नै हाम्रो कहानीको राजा बनाईएको छ ।

-“दिपीका यति ब्यस्त हुन्छीन् । र घरबाट निक्लदैनीन् । कहिँ कतै जानु छ भने पनि पुरै परिवार नै साथमा रहन्छ । प्रभाकर सँग कसरी मिलीन् । अब यो प्रभाकर को हो ? कहिँ त्यो दिपीकाको पुरानो ….” साथीको प्रस्न ।

ओह होईन .. आजकल चोर छिर्ने ढोका घरमा नै हुन्छन् । कम्प्युटर ईन्टरनेटको माध्यम बाट । नया नया टेक्नोलोजी सिक्ने धेरै नै शोक छ दिपीकाको । ईन्टरनेट बाट धेरै नै जानकारी लिइरहन्छीन् दिपीका । बच्चाहरुसँग बस्न उनलाई मनलाग्छ । उनिहरुबाटै कम्प्युटर चलाउन सिकेकी थिईन् । यसैगरी उनी एकदिन फेसबुकमा पनि आईन् । फेसबुकको दुनीया पनि क्या दुनिया छ , अलग रंग .. अलग रुप .. एक पटक घुस्यो भने बस् स्वर्गको नै आभाष दिन्छ ।

यस्तै केही दिपीकालाई पनि महसुस भयो । थाहा छैन कहिलेदेखी प्रभाकरलाई मित्रबाट मित बनाउन पुगीन् । र आज खुशी पनि उसैको लागी नै भइन् ।

खट्-खट् एेनाको अगाडि राखेको मोबाईल खट्खटायो । दिपीकाले उठाईन् त प्रभाकरको सन्देश थियो । शुभरात्री भन्दै त्यसमा एक सुन्दर सायरी पनि लेखेको थियो । देखेर उनको आखामा चमक बढ्यो । र त्यही थियो दिपीकाको खुशीको राज ..!

पछील्लो दुई महिनादेखी प्रभाकर सँग च्याटिंग मा कुरा हुन्थ्यो । आज उनले फोनमा नै कुरा गरेकी थिईन् । अब यो सन्देश पनि आयो ।

बिस्तारामा बसेकी दिपीकाले दिपकलाई हेर्न लागिन् । र सोँच्न लागीन् ” के यो सब् ठिक हो ? यो प्रेम ,मायाको चक्कर ..!! के हो यो सब् ? यो पनि यस्तो उमेरमा ? अब बच्चाको लागी सोँच्नुपर्ने बेला ? के यो सब् गलत होईन ? र दिपक बाट के गल्ति भयो ? उनले त हर कुराको ख्याल राख्छन् । कहिँ केहि चिजको कमि हुनै दिदैनन् । अब उनलाई काम नै यति छ की उनले घर र म तर्फ ध्यान कम दिन्छन् । यस्को मतलब यो होईन की मैले मन अर्कै तर्फ लगाउँ । ” अब दिपीकाको मन थोरै उदास हुन लाग्यो ।

दिपीका अलिकती उदास र घुरेर सोँचिरहेकी थिईन् ।

-“यति सिद्दान्तवाला बिचार उनको यति ब्यस्त जिवनमा कसरी आयो ? जहाँ की हावा पनि सोँचेर प्रबेश गर्छ , त्यहाँ प्रभाकरको आउनेको अनुमति कहाँबाट मिल्यो ? त्यो दिलमा सम्झौता कसरी भयो उस्को ? ” साथीले सोध्दै थियो ।

सोँचाई बिजुलिको एक तारमा डौडिरह्यो ।

दिल चोरी त हुन सक्छ नी बिवाह पछी पनि । जब उनि दीपकसँग बजार गएकी थिईन् र सुनसान बाटोमा बाईकको यात्रा । थोरै रोमान्टिक हुने सोँचले दिपकको कम्मरमा हात राखीन् दिपीकाले । तब दिपकले रीसाएर भनेका थिए ” यो कुनै सभ्य परिवारको बुहारी बन्ने लक्षण होईन ..” हात पछाडि झड्काईदिए । बस् त्यहि दिनदेखी दिपीकाको दिलमा त्रीकोणात्मक हिस्सा शुरु भयो । मन भड्कियो । र दिपीका त्यहि दिनदेखी रिसाउँदै मन परिवर्तन गर्दै थिईन् । थोरै .. थोरै .. हर दिन् ..!!

यो पनि होईन कि दिपकले मनाउने कोसिस गरेनन् । दिपकले मनाए । तर भड्किएको मनलाई सन्तुलनमा त्याउन सकेनन् । मनलाई रोक्ने सल्युसन नै मिलेन । दिपीकाले त्यसै दिनदेखी बेड – रुम को मायालाई माया मान्दिनन् जुन कुराले सिर्फ सरिरलाई मात्र छुन्छ । जब मनलाई छुदैन त्यो माया कसरी हुन्छ ? प्रेम कसरी हुन्छ ? त्यो हुनै सक्दैन । मनलाई छुनुनै पर्छ प्रेम हुनको लागी ।

सोँच्दै सोँच्दै मन भरिएर आयो दिपीकाको । सिरानिमा टाउको राखेर पल्टिईन् । र दुबै हात गर्दनमुनि राखेर फेरी सोँच्न लागिन् ।

भित्र मनमा अर्कि दिपीका प्रकट भईन् र भनिन् ” दिपीका तिमी धेरै भाबुक छ्यौ । तर यो जिवन भाबुकताबाट चल्दैन । यो प्रेम माया किताबमा मात्र राम्रो लाग्छ । यथार्थको पथ्थर जमिनमा आएर टुट्छ । र फेरी दिपकको मन त बदलीएको नै छ । तिमी जे सोँच्छ्यौ त्यस्तै नै बनिरहेको छ । “

प्रकटभएकी अर्कि दीपिका लाई दिपीकाले जवाफ दिईन् ” हो त के भयो ? के काम बर्षाको जब कृषी सबै नष्ट भएको हुन्छ ? जतिनै मल जल गर कहाँ जिवीत हुन्छन् ति मरिसकेका बिरुवा ? ” झोक्किएर नै जवाफ दिईन् ।

टाउको दिपकको काँधमा टेकाएर अनुहार होरीरहेकी थिईन् दिपीकाले । बिस्तारै दिपकको हात छुन मन लाग्यो दिपीकालाई । तर यस्तो गर्न सकिनन् उनले । र फेरी पनि प्रयास गरिन् । बिस्तारै हात सर्काएर दिपकको हात माथि आफ्नो हात राखिन् नै । हात सर्काउनु – हात माथि हात राख्नुको सिलसीलामा दिपकले उनको हात समाते । तर दिपीकाले आफ्नो हात निकालिन् । र दिपकले अचम्म मानेर सोधे ” के भयो ?” “केही होईन तपाई सुत्नु ..”दिपीकाले बिस्तारै भनिन् ।

कति बदलिए दिपक । याद गर्दागर्दै उनको आँखामा आँसु पनि आयो । उनको अगाडि सुतिरहेका दिपकलाई सिरक ओडाईदिइन् । हडबडाएर उठे दिपक । दिपीकालाई थाहा थियो कि दिपकलाई निदमा डिस्टब गर्नु हुदैन । फेरी दिपक रिसाएर नै सुते । त्यो रात उनको त्रिकोणवाला मन को कुनो अझै बढ्न थाल्यो । उनि मनको बाटोबाट रिसाउदै गईन् ।

” त के भयो ? हर मान्छेहरुको आफ्नो ब्यक्तित्व हुन्छ । सोँच हुन्छ । तिम्रो पति हो त के भयो ? उस्ले आफ्नो अलग धारणा त राख्न सक्छ नै । तिम्रो ख्याल पनि त राख्छ । हुनसक्छ तिमीलाई भन्नुपर्ने धेरै कुराहरु होलान् उ सँग र तिमीलाई भन्न सकिरहेका छैनन् । र फेरी एरेन्ज म्यारीज् मा यस्तैनै हुन्छ । फेरी एक न एक दिन मन मिलिहाल्छ नी । ब्यबहारीक बन .. भाबुक नबन ..!! ” उनको मनकी अर्कि दिपीका बोलिन् ।

“हो , राख्छन् ख्याल .. तर कसरी ? मैले नै त बार – बार हथौडा मारी – मारी यो मुर्ति खडा गरेकी छु । मुर्ति नै त हुन् । यसमा प्राण त कहाँ हालेकी हुँ र मैले ? ” थोरै मुस्कुराउन चाहिन् दिपीका ।

दिपीका लाई पनि धेरै नै हैरानी भएको छ । जुन मान्छे दिउसो उज्यालोमा यति गम्भीर रहन्छ थाहा नै हुदैन कुन कुरामा रिसाईरहेको हुन्छ , उसैले नै बन्द कोठामा प्रेमवाला कुराहरु कसरी गर्न सक्छ होला र ?

भित्री मनकी दिपीका ले आज दिपीकालाई सुत्न नै दिईरहेकी छैनन् । फेरी भनिन् ” चाहे जे होस् दिपीका तिमी उमेरको त्यो पहाडमा छ्यौ जहाँबाट तिमी यो रिक्स लिन नै सक्दिनौ की ” जो होगा देखाजाएगा ..” । र यो पनि हुदैन कि सामाजिक परिस्थितीहरु तिम्रो साथमा रहन्छ । त्यसैले यो परपुरुषको चक्कर ठिक हुदैन ।”

” परपुरुष ? को परपुरुष ? कि प्रभाकरको लागी बोलेकी छेस् यो ? र मैले त सिर्फ प्रेम नै गरेकी छु । जब स्त्री कसैलाई प्रेम गर्छे त बस् प्रेम मात्रै नै गर्छे । कुनै कारण नै हुदैन । उमेर कति ठुलो , लामो छ ? कस्तो देखीन्छ ? बस् एक अनुभव जस्तै हो । उसले मेरो मनलाई छोएको छ । ” दिपीका ले जबाफ दिईन् ।

दिपीका कतै गुम जस्तै भएकी थिईन् । प्रभाकरको याद आउँदा मनमा जस्तै प्रेम संचारीत भईरहेको छ र ओठमा मुस्कान आउछ ।

“हो मलाई प्रेम भयो प्रभाकर सँग , बस् प्रेम भयो । थाहा छैन बस् बुझ्न चाहन्छु ।” यति दिपीकाले भन्दै थिईन् ।

मन भित्रकी अर्की दिपीकाले कडा ब्यबहार गर्दै दिपीकालाई भनिन् ” तिमी चुप बस दिपीका , बेबकुफ नबन । जो ब्यक्तिले आफ्नो पत्नी प्रती बिश्वास गर्दैन तिमीलाई उस्ले कसरी बिश्वास गर्न सक्छ ? यतिका बर्ष साथमा रहेर पनि उसले आफ्नो पत्निलाई झुट आरोप लगाउन सक्छ । र भन्छ आफ्ना साथिहरुलाई प्रेम हुदैन पत्निसँग । उस्ले तिमीलाई कसरी गर्न सक्छ प्रेम ? कहिलेकाही उस्को प्रेम महसुस गरेर हेर कसरी अपरीचित बन्छ ।”

दिपीकाको मन भित्र ठुलो बिजुली चम्किरहेको थियो । र मन भित्रकी दिपीका चुप रही । र दिपीका झट्टक्क एकै झट्कामा उठीन् ।

” हो यो पनि साँचो नै हो ।र म पनि त कहाँ बिस्वासीली छु त ? फेरी मलाई यो सोँच्न पनि त कहाँ दिन्छ र प्रभाकर ले ? ” दिपीका फेरी पनि निरास बनिन् ।

बिस्तारा बाट बाहिरीएर फेरी झ्याल मा आईन् दिपीका । बाहिर कोलाहल बन्द भयो । तर मन भित्रको कोलाहल अझै जागिरहेको छ । आज निंद थाहा छैन कहाँ हराईरहेको छ दिपीकाको । पहिलो पटक प्रभाकर सँग कुरा गरेको मा खुसी छीन् या अपराध बोझ जस्तै भएको छ उनलाई ? उनलाई भित्र भित्र कचोटिरहेको छ ।

सोँचिरहेकी छिन् ” के अब प्रभाकर सँग मिल्नु सहि हो ? किस्मत को खेल हो ? यदि किस्मतको खेल हुन्थ्यो भने पहिले नै किन भएन हामि दुईको भेट ? दिपक सँग बस्दै गर्दा मलाई एकदिन प्रेम भयो या सम्झौता ? यो दिपक सँग लगाब या नियती को खेल ? अब उनैसँग जिवन बन्द भयो त बस् बन्द नै हुनुपर्ने ? “

निंद आएको थिएन फेरी उनि किचन तिर लागीन् । अन्जानमा चियाको ठाँउमा कफी बनाईन् । बाहिर छत मा रहेको कर्शिमा बसिन् र एक चुस्की लगाएपछी अचम्मित भइन् । यस्तो के ? उनलाई त कफीको गन्ध पनि मन नपर्ने र आज कफि पिईरहेकी छिन् ? के दिपीका बदलिईन् त ? आफ्नो निर्णयमा हारीन् ? फेरी कहिल्यै नगरेको आज किन भयो ?

दिपकको निस्छलताले दिपीकालाई भित्र भित्र कचोटीरहेको छ की गलत बाटो मा हिडिएको रहेछ । “जब दिपकलाई थाहा हुन्छ तब उस्ले सहन सक्ला ? बाँकी सबै मान्छेहरु जस्तै माफ गरिदीन्छ होला त ? ” सोँचिरहेकी छिन् दिपीकाले ।

अचानक उनलाई यस्तो लाग्न लाग्यो कि उनि कोटमा उभिएकी छिन् र घरका सबै परिवारहरु उनको बिपक्षबाट रिसाउदै घुरेर हेरीरहेका छन् , घृणाको नजर ले । डराएर उभीईरहेकी छिन् दिपीका । दिपीकाले जति सोँचेकी छिन् त्यती नै गिर्दै गईरहेकी छिन् ।

रात त बित्छ तर दिपीकाको उल्झन खत्म हुदैन । किनकी दिपीकाले नै जन्माएर पालेको उल्झन् हो यो ।

-र फेरी के गर्छिन् दिपीका ?

मन भित्रकी दिपीकाले जवाफ दिईन् ” यो मैले के भनौ ? यो तिम्रो जिन्दगी हो । चाहे बर्बाद गर या बनाउ ..!!”

रातको तिन बज्नै लागेको थियो । दिपीका घडि हेरेर सुत्नको लागि प्रयास गर्दै छिन् । निंद त उनको लागी आस नै थिएन । यो मन बहुद घातक् छ । एकपटक फेरी उनको मन घुम्न लाग्यो । र प्रभाकर को याद आयो । सोँच्न लागिन् ” के उ पनि सुत्न सकेको होला ? म प्रभाकरको यादमा गुम भएकी छु के उ पनि ..? “

खट् खट् मोबाईल खट्खटायो । हेरीन् प्रभाकरको नै सन्देश थियो ।र उनलाई लाग्यो मनबाट मनको बाटो हुन्छ भन्थे सहि नै रहेछ । सायद रानी जागै रहन्छीन् त राजा पनि जागै नै रहन्छ उनलाई यो पनि लाग्यो ।

-“अब कहानिको खत्म कसरी गर्ने ? किनकी दिपीकाको अन्तरद्वन्द त खत्म नै भएन ? ” साथि पनि उत्सुक भईरहेको थियो ।

उनलाई प्रभाकर सँग कुनै सारिरीक आकर्षण वाला प्रेम थिएन । तर प्रभाकर सँग कुरा गरेर दिपीकालाई एक प्रेमको अनुभुती मिल्थ्यो । उस्ले दिपीकाको सबै कुराहरु ध्यान दिएर सुन्छ । र सल्लाह पनि दिन्छ । उस्को कुराहरुमा पनि कुनै लाग-लपेट थिएन । यो साँचो मित्र नै हो र एक साँचो मित्रतामा प्रेम पनि त हुनसक्छ ।

“तर यसरी फोनमा कुरा गर्नु , सन्देश आदान प्रदान गर्नु पनि त ठिक भएन । “सोँच्दै गर्दा दिपीका मुस्कुराईन् सायद कुनै हल मिल्यो होला ।

र उनले फेरी सोँचिन् ” फेसबुक को सम्बन्ध फेसबुकमा नै रहन्छ त धेरै राम्रो हुन्छ । अब म प्रभाकर सँग सिर्फ फेसबुक मा नै कुरा गर्छु । त्यो पनि सीमीत मात्रामा । नयाँ जमाना छ पुरुष मित्र बनाउनु नराम्रो काम होईन तर मित्र लाई मित बनाउने चक्कर पनि ठिक होईन । मैले प्रभाकर लाई गुमाउन पनि चाहेकी छैन । मैले निर्णय गर्नै पर्छ प्रभाकर सँग फोनमा कुरा नगर्ने । सन्देश पनि पहिलेजती धेरै गर्दिन । “

यति सोँच्दै दिपीका सुत्नको लागि कोसीस गरीन् ।

अब रानी ले बुझिन् त राजाले पनि बुझ्नै पर्यो , असल दुनीया र आभाषी दुनीया मा फरक हुन्छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *