कथा : अनएक्सपेक्टेड वे अफ लव !

~केशव प्रसाद पाण्डे ~

“लु अव केशब  ‘केशुबाबा’ भयो है केटी हो ,कन्याहरुले लसपस नगर्नु!”

कक्षाभरि हाँसो चल्याो गललल..

“अोई ! केशुबाबा त भईस अब ‘केशुबुबा’ चैँ कैले बन्छस  त? “

“हुनत अहिलेसम्मकीलाई …….को भएत कतिवटा को पो हुँदो हो !”

त्यसपछि ,यसो भन्दै जिस्काउनेमा त्यो खेमराज नामको प्रिय दोस्ती ज्यमराज बढि !अनि अरु त उसका हो मा हो मिलाउने  पिछलग्गु भै हाले  !

केटाहरुले हाम्रो भागमा केटि नै परेनन भनेपछि,

” लौ त म सन्यास लिन्छु अाजबाट ,सबै केटिहरु तिमिहरुलाई ! मलाई कन्याहरुबाट जोगाउने जिम्मा तिमिहरुकै , अाजबाट मेरो नाम ‘केशुबाबा’ भो ..।”

भन्दै केहि प्रवचन सुनाथेँ ,गधेपच्चिसे  उरन्ठेउलाहरुलाई ब्रेकिङ न्युजै बन्यो केहि दिन त!
उ बेला खेमराज ले नै हो कक्षाभरि उर्दी जारि गरेको  नि !

जतिभएपनि केटाहरू शंका गर्न छाड्ने  हुन र भन्या! हुनपनि अलिकति शंका सहितको रहस्यात्मक सम्बन्धमा जति मजा अरुमा कहाँ आँउथ्यो र!केटा साथिमा राजले जति मलाई चिन्ने सायदै होलान। उ र म एकअर्कामा आफैभन्दा नि बढि हरेक कुरामा हाबि भै हाल्थेम।अझै उ त +२ को दुईटा केटाको  एउटी केटिकालागि झगडा पर्दा नि लास्टमा चुपचाप त्यहि केटि हाता पारेपछि त के चाहियो र ! “दुईटा किपर हुँदा नि गोल गरिस है घुसघुसे !”भन्दै हिँड्थ्यो त्यसपछि त मबाट केटाहरु फोन ,फेसबुक जोगाएर चलाउनेदेखि गर्लफ्रेन्डका सुँईको दिँदैनथे।

उनीहरू जे सोचुन नानीदेखिको बानी कम बोल्ने अरु सँग छिटो  घुलमिल हुन,नजिकिन नसक्ने  तर जोजो सग नजिकिँए तिनिहरुलाई जिन्दगी नबिर्सिने र सहयोग गर्ने मेरो आदत नै यस्तो !!

तैपनि  पनि केटिहरु कहाँ मान्ने हो र “केशु “भन्दै मायालु लेग्रो तान्दै होमवर्क सिकाईदेउ न ,यो सरले पढाको बुझ्दै बुझिएन तिमिले कति बुझ्नेगरि बुझाईदिन्छौ  भन्दै वरिपरि  घेरा  लागेर टाँसिनै अाएपछि  के लाग्थ्यो र केटाहरुको नि अचाक्लि डाहा गर्थेँ ।चुपचाप थुक निल्नुबाहेक अरु बैकल्पिक उपाए नै के रह्यो र एकमुरि उमेर पार गरेगरेकाहरुलाई …डड्पेन हल्लाएर बस्नु सम्म न हो !

मानसपटलभरि फेरि पुराना यादहरु फिर्ता भएर अाए, प्यारो साथी राजसंगको! व्याचलरसम्म  संगै पढियो,एउटै बिच्छौनामा नि लडियो ब्याचलरपछि उ अष्ट्रेलिया ,सरिका जापान ,म मास्टर गर्न थालेँ।  सरिकाबारे न मैले केहि खुलाँए न उसले सविवारे केहि ,उ अष्ट्रेलिया उड्ने दिन म कामबिशेषले पोखरा थिँए ।भिडियो कलमा हात हल्लाउँदै बिदा भएर गएको उ एरपोर्टमा बिदा हुँदाका फोटामा एउटि नयाँ केटिको फोटो  उसको पोष्टमा  अाएको थियो। कहिँ कतै शंका त थियो उसका अाफन्तमा लगभग मैले नचिन्ने को थियो र! लास्टमा केटी हेर्ने क्रममा कतै देखेजस्तो लाग्नुमा त्यहि फोटको झझल्को रहेछ।

एउटै थाल गरेर खाएको साथीसंगको नाता हाए !कस्तो भएर गयो ,न उ बोल्थ्यो ।न सरिकाले म्यासेज रिप्लाई र कल गर्थि, कैले कैले गफ गर्दाका झर्कोफर्क‍ो र परिवर्तित व्यहोरामाथि एकएक शंकास्पद लाग्दै गए जसको यादमा जिन्दगीको यस्तो अमुल्य समय कुरेर दाँयाबाँया नसोचि बिताँए एउटा सेल्फिलाई यत्रो रुपमा किन लिई उसले? उसले त्यत्रा साथीहरुसंग दिनरात बिताएका र केटाहरुसंग लपक्कै  टाँसिएर खिचिएका कैँयो फोटाहरुमा कुनै शंका राखिन । उसले  कुनै बहानामा मलाई छाड्दैछे ,सायद कोहि पक्का छ उता भन्ने लख काँटे ।एउटा मनले भन्थ्यो ,”कसैलाई उसको अौकातभन्दा वढि मुल्य पनि नदिनु त्यस बराबरको भारको पिडा अाफैलाई दुख्छ !”

त्यसपछि मैले अाफै कल र म्यासेज गर्दिँन ,उसैले गरिछ भने सोचौँला भन्ने मनस्थितिमा मुटु गाँठो पारेर ढुङ्गा हुँदै गँए ।उसले सक्छे भने म त छोरा मान्छे संसारमा निर्बिकल्प भन्ने के नै हुन्छ र?अनेकथरि सोँच अङ्कुराउन थाले मनभरि..

यता सबिपनि त्यहि भन्थि सरिकाले केहि दिनदेखि म्यासेन्जरमा ब्लक हानेकि थिई,खेमराज ३ दिनदेखि अनलाइन छैन। सबै ठिकठाक चलिरहेको जिन्दगीमा एक्कासि कस्तो बतासका सिरेठाहरु लाग्नथाले।यता सबि अाँतिन्छे सबैकुरा हामि दुईमा साँटासाँट नभए बाँच्न नसक्किने भएर अायो समय।हामिदुईमा नचाँहदा नचाँहदै सामिप्यताको सिमा पनि पनिबिघ्न पार गरिसकिए छ कि…

सबि पनि भन्थि,अलअलि शंका,अलिअलि घृणा,बिश्वास ,अबिश्वास  मायामा मिसिनु त ठिकै हो त्यसको पनि त सिमा नाघेपछि के नै रह्यो र यतिसारो वेवास्ता पनि त राजले गर्नुहुँदैनथ्यो।उसका हरेक फोटा र व्यवहारमा शंका गर्थेँ भने के नै ररहन्थ्यो र अहिलेसम्म। त्यसपछि सबिले पनि राजप्रतिको शंका को दाएरा बढाउन थालि।ऋतु संगै परिबर्तन हुने अाजकालका मान्छेहरुमा ब्रेकअप पछि अर्को बनाँउछन १३ दिनसम्म  जुठो बारेर बस्दैनन ।  हामी त कसैलाई दिएका बचनहरुप्रति ईमान्दार नैँ त थियौ ।त्यो पनि दुई बर्ष कुर्नुको समय  एक्सपाएर भैसकेकै थियो।

मंसिर पुषका चिसोसंगै चिसिएका सम्बन्धहरु गर्मिको बढ्दो तापक्रमसंगै   पारो चढ्दो थियो।सबि र मलाई भेट्न साहित्यको रुचि  र नयाँ नयाँ किताब साँटेर पढ्नु र तनाब नै बाक्लो भेटिरहने बहाना बन्थे।जव चाहनाहरु उम्रिन्छन नि बाहनाहरु हाँगा भिजाएर अाईदिँदारहेछन जिन्दगीमा ।

भ्यालेन्टाईनको अघिल्लो साँझ सबै सुतिसकेपछि  टपमा गएर एक्लो पल अनकन्टार अाकासमुनि बिताउन मन लाग्यो ,एककप स्ट्रोङ कालो कफि बनाँए चिनि हाल्न मन लागेन ,सोचेँ जिन्दगी नै तितो चलिरहेछ भने दुई चम्चा चिनिले कति नै गुलियो बनाउला र ! नारायण गोपालको गित लगाँए र जिन्दगीका यावत प्रश्नहरु माथि टोलाँए।

गित भएर नारायण गोपाल गुनगुनाँउदै थिए,

..यो सम्झने मन छ म बिर्सु कसोरि!
तिमि नै भनिदेउ ए जाने निष्ठुरी ..

यि अौँला तिनै हुन तिमिले चुमेका !
परेलि यिनै हुन तिमिले पुछेका…..

म सक्दिनँ अाफ्नै प्रतिबिम्ब छोप्न!
म सक्दिन छाती फुटाएर जोड्न!!

पखाले यी  अाँखा पनि दृश्य उहि छ
जहाँ गए ,म हिँडेपनि धर्ति उहि छ…

भावनाहरुको अन्तरद्धन्द गितको पृष्ठभूमिमा नायक र खलनायक भएर चलिरहे… सरिकाका यादहरु यति हुँडलिएर अाए कि!अाँखा रसाईरहे
। मनलाई समालेँ र सबिलाई कल गरेँ ,

“भोलि कतिबेला भेट्नेँ ”
उ बोलि  “बिहान सबेरै भेटम फेरि अरुले थापाए भने ..
भोलि अन्त चैँ कहिँ नजाने है अरुकुनै दिन जाम्ला बरु… ।”

जिन्दगीहरु शरिरभन्दा वढि भावनाहरुको नदि पनि हो, जव नदिले बाटो फेर्छ त्यतिबेला धेरैको तहसनहस हुन्छ।त्यस्तै भयो हामी चारको जिन्दगी !जव सपनाहरु भावनाको भंगालो बनेर बडारिन्छन  सायद यसको क्षतिपूर्ति सँधै अपुरै हुन्छन! र त संगसंगै साटिएका हजार सपनाको हत्या  नै सम्झना र कल्पनामा जिन्दगी बिताउने  भ्रम बन्दिन्छन।

फेब्रुअरि १४ को दिन झिसमिसमै।हामि भद्रकालिको मन्दिरमा  दर्शन गरेर  एकछिन साईड लाग्यौँ भ्यालेन्टाईनको दिन भेट्ने प्रेमिप्रेमिकालाई के भन्नुपर्छ र दुबैले रातो गुलाब साँट्यौँ अझ भनौँ  जिन्दगी साँटासाँट गर्यौ।भेटघाटमा हामि एकअर्कालाई धेरै  तारिफ गर्थ्यौ नबोलेरै मायाका अनगिन्ती रुपमा हामीले एकअर्कालाई अँगालिसकेकै त थियौँ ।सबि मलाई  ३२  भन्दा बढि लक्षणले युक्त लाग्थ्यो । अाज अाफ्नै घनिष्ठ साथिकि प्रेमिका अाफ्नो बनि।  कस्तो अजिव छ है यो माया?  जसको कुनै सिध्दान्त छैन, हुबहु यहि बाटो हिँड्नुपरोस  ।”जब जब मिल्छन   दुई मन तब सब दुश्मन!” हुँदारहेछन।बिदेशमा  सरिका र राजलाई अाफ्नै संसारमा छोड्दिँयौ हामिले!   कहिलेकाही अाफ्ना प्रिय मान्छेहरु  त्याग्नुमा पनि छुट्टै अानन्द हुँदारहेछ।

त्यो दिन साँच्चै हामिले अफिस टाईमभरि पनि  धेरै म्यासेजहरु गर्यौ ।सबिले भनेकि थिई,
“कहाँबाट गुलाफ देखेछ, भाईले शंका गरेर रिसाको छ।”

“छोड्देउ जो रिसाएनि केही हुनेवाला छैन” मैले भनेँ

रहरहरु सुकेर बगर बनेका जिन्दगीमा  हराभरा हुँदै
फेरि टोलाउने जिन्दगी सुरु भयो ।टेबुल ल्याम्पको मधुरो बत्ती छ ,कोठा तताउन हिटर तातिरहेछ अाफ्नै लयमा ,एउटा सिरानि भित्तापट्टि ढाडमा अडेस लगाएर अर्कोलाई काखमाथि हातमा मोवाईल चलाँउदै सबिसंग च्याटिङ  चलिरहेछ। अोडिरहेको ब्ल्यांकेटले गरम गरमवाला संकेत दियो ।घर्किँदो रातको मध्यप्रहर भैसकेको हुदोँ हो वाई गरेर पनि हामी अबेलासम्मै च्याट गरिरहेकै थियौं ।अन्त्यमा,

..लव यु ,उम्म !उम्म!
लव यु टु काले उम्मा! उम्म!! उम्मा!!!  सविले धेरै
ईमोजि पठाई

अई~~~~
मन त्यसै त्यसै रोमाञ्चित भईरहेको थियो।

गित कानमा एएरफोन भएर गुञ्जिरहेछ,

एउटा कुरा भनम..?
भनन……
एउटा कुरा सोधम.. ?
सोधन …..
किन लाग्छ माया…. ..किन लाग्छ माया …?

साँच्चै ,किन लाग्छ है माया ?
गितसंगै अाफैलाई काउकुति लाग्ने प्रश्न खेलाँउदा खेलाँउदै निन्द्रादेबिको शरणमा पुगेछु।

*   *      *

“अोई हान हान ऐ हो! “

पछाडिबाट कसैले त्यसो भन्ने बित्तिकै मेरो टाउकोमा जोडले हानेको थियो  म हुर्दुराँउदै रोडपट्टि भागेँ  पुलिसहरुले देखे र मलाई हान्नेहरुलाई लखेट्न थालेजस्तो लागेको थियो।टाउकोमा हात राखेको पाँच अौँला टाउकोमा छिरे  रगत बगिरहेकै थियो।

सातदोबाटो चोकैमा  अोर्लेर अघिल्लो दुई दिन झैँ नजिकैको कफिसप छिरेर निस्केक‍ो मात्रै के थिँए । त्यसपछि  ECIMOD को तिनदिने कार्यशालाको अन्तिम दिन  थियोे त्यो.. केहि मान्छेले मलाई निगरानिमा राखिराखेका भान परिरहेको थियो ।सबिको भाई त्यो जगल्टे र अरु दुई म पट्टि हेरेर खासखुस गरिरहेका हुन्थे । बोलचाल नभएपनि सविलाई हेर्न जाँदा उस्ले घुरेको देखि याद छ।

होस खुल्दा टिचिङ हस्पिटल ईमर्जेन्सी वार्ड, वेड नं ३२ मा पाँए ।साईडमा सबि सुकसुकाएर बसेकि थिई

कुरैकुरामा उसले भनि, “यो सबै मैँले गर्दा भयो मलाई माफ गर।भाई पुलिस हिरासतमा छ ,
राज नि हिजो अाएछ …।”

हे भगबान ! जिन्दगिमा समयले देखाएको यो कस्तो  रुप !!!
.. हस्पिटल ..सवि.. हिरासत ..राज नेपालमा????..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *