कथा : पर्खाइ

~लेखनाथ काफ्ले ‘राजन’~

जेठको मध्य दिनको टन्टलापुर घामको प्रभाव सिम्ले बेसीमा पनि परेको थियो । सिम्ले बेसीका कणकणमा तप्तताको अनुभूती पाइन्थ्यो । ओखरबोटे गाँउको खेतीयोग्य जमिनको रुपमा सिम्ले बेसीलाई लिइन्थ्यो । बेसीमा काम गर्ने सम्पूर्ण व्यक्तिहरु विश्राम गर्न आ–आफ्ना घरतिर गइसकेका थिए ।

त्यसै गाँउका गंगाराम सिग्देल भने बारीमा एकोहोरो कोदाली चलाइरहेका थिए । पसिनै पसिनाले उनको कमिज लिपिक्कै भिजेको थियो । कहिँलेकहिँले कमिजको फेरोले अनुहारमा रहेको पसिना पुस्दथे अनि लामो सुस्केरा हाल्दै आलीमा टुसुक्क बस्दथे । गाँउभरि नै उनी ‘माइला बा’ भनेर परिचित थिए तर पाकाहरु भने उनलाई ‘माइला’ मात्र भन्दथे ।

“ए माइला बा , माइला बा” कतैबाट आवाज गुन्जियो ।

बारी खन्दै गरेको कोदालीलाई टक्क अड्याएर टाउकोमा लाएको टोपी खोलि अनुहारमा भएको पसिना पुछ्दै माइला बा चिच्याए “ए के भो साने , किन चिच्याएर मरेको ?”

“जगत दाइको फोन आ’छ रे , झट्टै पसलमा पुग्नु रे , झट्टै ।”

खन्दै गरेको कोदालीलाई त्यतिकै छाडेर उनी हतार–हतार पसलतिर लम्किए । गाँउभरिकै फोन गर्न मिल्ने र फोन आउने ठाँउ मात्र मोटे दाहालको पसल थियो ।

हस्याङ्ग–फस्याङ्ग गर्दै माइला बा पसलमा पुगे र भने “साहु केटोले फोन गरेथ्यो ?”

“गरेथ्यो , एकछिन कुर ,फेरी गर्छु भन्या छ ।”

“एउटा बिडी देउ न त , उडाउनु पर्यो ।”

लामो सुस्केरा हाल्दै माइला बा नजिकैको मुढामा टुसुक्क बसे ।

एउटा बिडी अनि सलाई दिदै मोटे दाहालले भन्यो “हन , माइला अब त मेरो रिन तिर्छस होला नि रु, छोरो पनि आउने बेला भयो क्यार ।”
“ दुःख पर्दा त्यत्रो ठुलो गुन लाएथ्यौ , तिम्रो रिन नतिरी त कहाँ धर पाइन्छ र ?”

बिडी उडाउदैं उनले भने ।

केहिबेरपछि फोनको घण्टी बज्यो ।

“लौ तेरै छोरोको फोन होला , उठा ।”

बिडीको लामो सर्को तानिसकेपछि माइला बाले त्यसलाई भुँइमा फुत्त फाले अनि हत्तपत्त गएर फोन उठाए ।

“हेलो को बोलेको ?”

“म जगत, बा ढोगे है ।”

“आरम कुशलै छस् त बा ।”

“आरामै छु , अनि आमालाई कस्तो छ नि ?”

“ठिकै छे , त न’भा भ र कहिले कहिले त न्यास्रो मानिहाल्छे नि ।”

“ बा म त पर्सि नै घर फर्कने भए । पारीघरे दिले पनि फर्कदै छ ।”

एक्काशी माइला बाको अनुहारमा प्रसन्नता छायो । उनले आफ्नो थकानलाई नै बिर्सिए ।

“लौ , लौ अलि ख्याल गरेर आएस् ।”

केहिबेरको कुराकानीपछि माइला बाले फोन राखे ।

“लौ साहु म त हिडिँहाले , खेतमा कोदाली त्यतिकै छ ।” भन्दै माइला बा खेततिर लम्किए । खेतमा छाडेको कोदालीलाई टपक्कै टिपेर छिटोछिटो पाइला चाल्दै उनी आफ्नो घरतिर लम्किए ।

घर नपुग्दै अलि परैबाट माइला बाले चिच्याए “ए जगतेकी आमा , जगतेकी आमा ।

झट्टै बाहिर निस्कि त ।”

“हन किन फलाकेर मरेका , के भो ?” भन्दै जगतेकी आमा एक हातमा पानी भएको अङ्खोरा लिएर बाहिर निस्किन् । उर्नी गाँउमा भने ‘माइली बज्यै’ भनेर चिनिन्थिन् ।

“ लौ हातखुट्टा धुइँहाल , मकै भुटेकी छु ।” अङ्खोरा दिदै उनले भनिन् ।

“लौ तेरो छोरो फर्किने भो । पर्सि नै फर्कन्छ रे ।”

“कहाँबाट पत्तो पायौ त रु” माइली बज्यैले अलि उत्तेजित भए झै गरि भनिन् ।

“अघि पसलमा फोन गरेथ्यो । पारीघरे दिले पनि सँगै आउछ रे ।” अङ्खोराको पानीले हात धुँदै उनले भने ।

माइली बज्यैको खुसीको सिमा रहेन । मनभित्र अचानक हर्षका भेलहरु बहन थाले ।

मनभित्र उब्जेका हर्षका भेलहरुलाई मनभित्रै दबाए झै गरिन् अनि हत्तपत्त नजिकै रहेको कुचो उठाएर बलेसी बर्ढान थालिन् ।

माइला बा भने जगते आउने खवर सुनाउन वरपरका घरतिर लम्किए ।

एक कान दुई कान गर्दै जगते आउने खवर पल्लो गाँउसम्म फैलियो । श्रीधर बस्नेत पल्लो गाँउको एक चर्चित नाम थियो । उसकी छोरी यमुना जगतेकी प्रेमिका थिइ। बाटुलो अनुहार भएकी ऊ प्रायः मौन रहन्थि । गहँुगोरो वर्णकी यमुनाको सलक्क परेको जिउडालले कसलाई मोहित पार्दैनथ्यो र ?

हुन त जगते पनि खाइलाग्दो लक्का जवान थियो । “पढेलेखेको त्यति नभए पनि केटो निकै टाठो छ ।” भनेर गाँउका कयौं मानिसहरु उसका बारेमा कुरा गर्दथे । जगते र यमुनाको बिचमा गहिरो प्रेम सम्बन्ध गाँसिसकेको थियो ।त्यसैले त उनीहरुको प्रेम–प्रसंग दुवै गाँउमा फैलिएको थियो ।

विदेशबाट फर्के लगत्तै यमुनाको हात माग्ने छु भनि विदेश जाने बेलामा जगतेले ऊ सँग बाचा गरेथ्यो । यमुनाले पनि तीन सालसम्म उसलाई कुरेरै बसिरहने प्रतिज्ञा गरेकी थिई ।

उनीहरुको प्रेम सम्बन्धका बारेमा जगतेका बा–आमा भने सकारात्मक नै थिए तर यमुनाका बा भने यसबारेमा अलि ससंङ्कित देखिन्थे । उनीहरुको सम्बन्धका कारणले कतै आफ्नो इज्जतमा आच आउने त होइन रु भन्ने कुराले गर्दा उनलाई त्यो सम्बन्ध अलि अपच्य लागेको थियो ।

जगते फर्किने खवरले गर्दा यमुना खुसीले गद्गद् भइ । सधै उदाश झै देखिने उनको मुहारमा प्रसन्नताको झल्को देखिन थाल्यो ।

पल्लाघरे मसिने यमुनाको मामा थियो । मामाघर आउने निँहुले यमुना जगतेको घर आँउदथि र माइली बज्यैलाई कयौं काममा सघाउँदथि । जगते आउने दिन यमुना त्यसैगरी मामाघर आई , अनि माइली बज्यैलाई दिनैभरि अनेकौ कामहरुमा सघाई ।
अनि साँझ झपक्कै परिसक्दा सम्म त्यहिँ बसिरहि । तर जगते भने आइपुगेन ।

“माइली बढी म त अब लाग्छु । रातै पर्न लागिसक्यो ।” यमुनाले अलि सुस्ताउदै भनि ।

“ल त बा ल , भोली त भेट भइहाल्छ नी ।” माइली बज्यैले भनिन् ।

यमुना मामाघरतिर लम्किइ ।

बुढाबुढी भान्सा कोठामा बसेर कुराकानी गर्दै थिए ।

बाहिरबाट आवाज आयो “हन माइला काका जगते आइपुगेन ।”

“ए रामु , आइज न हौ यतै , खै अझैसम्म आइपुगेन । कतै अल्मलियो क्या र।” माइला बाले भने ।

माइली बज्यैले पिरा सारेर बस्न अनुरोध गरिन् । ऊ त्यसमा टुसुक्क बस्यो अनि भन्यो “जाममा पो फस्यो क्यार, नत्र आइपुग्नु पर्ने त हो नी ।”

रामु जगतेको असाध्यै मिल्ने साथी थियो । कहिँ मेलापात जानुपर्दा उनीहरु सँगसँगै निस्किन्थे । त्यसैले त गाँउभरिका कयौं मानिसहरु उनीहरुको जोडीलाई ‘एक हल बहर’को संज्ञा दिन्थे । अलि छोटो कदको रामु असाध्यै फुर्तिलो थियो । गाँउमा अलि गाह्रो–साह्रो काम पर्दा रामुलाई नडाक्ने मानिस कमै नै थिए ।

कुराकानीको व्रmम चलिरह्यो । केहिबेरपछि रामु पनि आफ्नो घरतिर लाग्यो ।

“रात धेरै छिपिसक्यो । ल अब ढोका ला ।” माइला बाले भने ।

माइली बज्यै पिराबाट जुरुक्कै उठिन् । अलि सुस्ताए झै गरी ढोका बन्द गरिन् ।

“ढल्किनु पो पर्यो ।” भन्दै माइला बा खाटमा पल्टिए । छोराछोरीप्रतिको माया प्रायः बाबुहरुले बाहिरी रुपमा प्रस्फुटित गर्दैनन् भन्ने कथनलाई पछ्याए झैं माइला बा निन्द्रा नलागी–नलागी ओछ्यानमा पल्टिए । उनका आँखाहरु बन्द थिए तर मनमा भने अजिव चिस्यता या त भनौ उत्तेजना । माइली बज्यै भने सुत्न सकिनन् । आगो निभिसकेको अगेनोको छेउमै बसिन् अनि छोरालाई कुरिरहिन् ।

हुन त एक मात्र सन्तानलाई तीन वर्षदेखि नदेख्दा कुन चाहिँ आमाको मन विचलित हुदैन र ?

प्रायः सधै ‘के गर्दै होला रु’, ‘के खादैँ होला रु’ ‘कतै बिरामी त परेन रु’ भनेर सोचिरहन्थिन् र कहिले त यस्तै कुराहरु माइला बालाई समेत सुनाउँथिन् । माइला बाको मनभित्र पनि प्रश्नहरु नउब्जिएका होइनन् तर मनभित्र उब्जिएका प्रश्नहरुलाई मनभित्रै दबाएर उनी भन्दथे “तिघ्रो लागेको ,लाठे छोरो कतै भोकै बस्छ रु,कति चिन्ता ले की रु, तैले चिन्ता ले र अघाउने नि होइन ।”

माइली बज्यैका अन्य सन्तान नभएका होइनन् । जगते भन्दा अघि एक सन्तान थियो जसको नाम हर्के थियो ।जगते बर्सेनीको हँुदा हर्के झाडापखालाको कारणले बितेथ्यो ।

त्यसैले नै होला दुवै जगतेलाई असाध्यै माया गर्दथे ।

रात धेरै छिपिसकेको थियो । माइला बा भने घुर्र–घुर्र घुर्न थालिसकेका थिए । माइली बज्यै भने अगेनोको छेउमै उघ्न थालिसकेकि थिइन् ।

रात धेरै छिपिसकेको थियो । अचानक ढोका ढक्ढक् गर्यो । माइली बज्यै झसङ्ग झस्किन्।

“को ह ?” जुरुक्क उठ्दै माइली बज्यैले भनिन् ।

“ आमा म ,जगत ।” बाहिरबाट आवाज आयो ।

एक हातमा टुकी लिएर माइली बज्यैले उत्साहका साथ ढोका खोलिन् । माइली बज्यैको खुसीको सिमा रहेन ।

“ए बाबु त आइपुगिस् भन्दै छोरोलाई सुम्सुम्याइन् । जगतेले पनि झट्टै माइली बज्यैको खुट्टा ढोक्यो । माइली बज्यैले डालोमा भएको केहि सेलरोटीहरु झिकेर जगतेलाई दिइन् । भोकाएको हुनाले उसले रोटीहरु कुपुकुपु खान थाल्यो ।

“ए जगतेका बा , जगतेका बा । उठ न छोरो आइपुुग्यो ।” माइली बज्यैले झस्झकाइन् ।

माइला बा आमा छोराको गन्थनमन्थन सुनेर पहिले नै ब्युझिसकेका थिए तर निन्द्रामै भएझै गरि उसले भनि “ ह १ ,आइपुग्यो । मध्यै राती पो पारेछ ।”

हातमा रहेको रोटीको टुव्रmोलाई थालमै राखेर जगते जुरुक्कै उठ्यो र माइला बालाई गएर ढोग्यो ।

तीनै जनाको बीचमा केहि बेरसम्म कुुरा चलिरह्यो ।

भोलीपल्ट सबेरै यमुना जगतेको घरतिर लागि । यमुनाको अनुहारमा चमकताको भाव देखिन्थ्यो । सधै उदाश रहने प्रवितीलाई चटक्कै छाडेझैं उनले त्यो दिन प्रशन्नतालाई साथमा लिएकी थिइन् ।

आँगनको बीचमा पुग्ने बित्तिकै यमुना टक्क अढिइ । ऊ मात्र एकोहोरो टोेलाइरहिँ ।

उसको नजर एक नजरसँग जुध्यो जसलाई ऊ सदा आफ्नो नजरका सामुन्ने राख्न चाहन्थि । उसको मनभित्र अद्भुत संचारको अनुभूती भयो । सायद धेरै वर्षदेखि खोजीरहेको वस्तु पाए जस्तो । अघिपछिका सम्पूर्ण वस्तुहरु उसले भुलि , मात्र त्यहिँ नयनतिर आर्कषित भइ ।े

“ए यमुना पो आइछ ।” माइली बज्यैको आवाज सुनेर ऊ झसङ्गै झस्कि ।

अलिअलि लजाए झै गरि बलेसीमा भएको पिरामा टुसुक्क बसिँ ।

“यो त मध्यै राती पो आइपुग्यो , तैले पत्तै पो पाइनस् त ।”

सधै माइली बज्यैसँग खुलेर बोल्ने यमुुना लगभग चुप नै थिइ । उसको ध्यान मात्र जगतेतिर केन्द्रित थियो । पटक–पटक दुवैका आँखा जुधिरहन्थे ।

“लौ न चिया ब’सा र आकि थे , भुसुक्कै भुलेछु ।” भन्दै माइली बज्यै हतार–हतार भित्र पसिन् ।

जगते यमुनाको नजिकै गएर बस्यो । यमुनाले अलि लजाए झै गरी मुन्टो निहु–याइ ।

“मेरो याद कमै आयो कि क्या हो रु , यमुना जी । चिठ्ठी त कमै लेख्थेउ नि त ।”

जगतेले अलि ठट्यौली पाराले भन्यो ।

“तिम्रो याद नआए अरु कसको आउछ त । चिठ्ठी नै लेख्नुपर्छ र रु यहिँ आएर तिम्रो हाल बुझिहाल्थे नि ।”
यमुनाले वास्तविकतालाई लुकाएर बोली । यमुनाकी आमा निकैं रोगी भएकी कारण घरधन्दाको प्रायः सवै कामहरु उसैले गर्नुपथ्र्यो । त्यसैले प्रायः ऊ व्यस्त नै रहन्थि । हुलाक निकै टाढा भएका कारणले पनि उनीले तीन चार वटा चिठ्ठी मात्र जगतेलाई पठाउन सकेकि थिइ ।

“रमिते चौतारो त हामी दुवैलाई सँगै नदेखेर रोइ’रा होला । भेट्न जाने हैन त रु” जगतेले अलि घुमाउरो पाराले मुुसुमुसु हाँस्दै भन्यो ।

यमुना मात्र चुप रहिँ । निहु–याएको मुन्टोलाई जगतेको अनुहारतिर मोडि । यमुनाले जगतेलाई नजिकैबाट नियाली । उसका आँखामा आफूप्रति रहेको मायाको सागरको झझल्को पाई । ऊ जुरुक्कै उठि ।
जगतेले उसको हात च्याप्पै समात्यो अनि भन्यो ः–

“खै त जवाफ फर्काएको रु”

यमुनाले उसको हात फुस्काइ र मामाघरतिर लम्किदै भनि ः–
“खै अव त विश्वाश नै गर्न छोडेउ कि क्या हो रु, तिमीले भन्दा कहिले पो हुन्न भनेकी थे र रु”

जगते एकोहोरो यमुनातिरै टोलाइरह्यो ।

“खै त यमुना रु”

माइली बज्यैको आवाज सुनेर जगते झस्कियो अनि भन्यो ः–
“उनी त गइसकिन् ।”

“लौ चियै नखाई बुर्कुचा ठोकिछ ।” जगतेलाई चिया दिदै माइली बज्यैले भनिन् ।

घाम सल्लेरी डाँडोमा छिपिसकेको थियो त्यसैले त प्रचण्ड गर्मीको प्रभाव अलि कम भएझै लाग्दथ्यो । जगते भने रमिते चौतारोतिर लम्कियो ।
यमुना भने त्यहाँ उसैको प्रतिक्षामा तल्लिन थिइ । लाग्थ्यो , भुतमा त्यहाँ ऊ सँग बिताएका रमाइला पलहरु जस्ता क्षणहरु फर्कने आशमा ऊ भौतारिएकि थिइ ।

जगते यमुनाको छेउमा गएर टुसुक्क बस्यो । उनलाई अंगालोमा कस्दै भन्यो ः–
“तिमीले अझै कुर्नुपर्दैन , यमुना । म छिटै नै तिमीलाई आफ्नो बनाउने छु ।”

यमुनाको आँखामा हर्षका आशु देखिए । जगते अलि भावुक भयो ।

यमुनाले सुक्क–सुक्क गर्दै भनि ः–
“ चेपारो मात्र घसेको हौ कि रु,साच्चिकै मलाई आफ्नो बनाउछौ नि रु, जे भा’नि म त तिम्रो लागी सातै जुनीसम्म पर्खिरन्छु ।”

जगतेका आँखामा पनि एकाएक आशुका थोपा देखा परे । उसले यमुनालाई अझै बलियोसँग अंगालोमा कस्यो र भन्यो ः–
“यमुना तिमी मेरी हौ , मात्र मेरी । तिमी र मलाई कसैले अलग पार्न सक्दैन ।”

यमुनाको मनभित्र अजिव आनन्दको अनुभूती भयो ।उसले त्यहिँ अंगालोमा कसिएर सारा जीन्दगी बिताउने अभिलाशा लिई ।

लाग्थ्यो दुवै जना जोडी पंक्षीहरु झैं मायारुपी संसारमा उडिरहेथे । वरपरका वस्तुहरुलाई बिर्सिएझै मात्र एक–अर्कामा भुलिएका थिए ।

साउने सव्रmान्तिमा बर्षेनी चिरौली भञ्ज्याङ्घमा मेला लाग्ने गर्दथ्यो । ओखरबोटे गाँउबाट ३ घण्टाको पैदलपछि मात्र त्यहाँ पुग्न सकिन्थ्यो । यमुना भने उसकी साथी रमीला र सुष्मासँग मेलातिर लागिसकेकी थिइ । उनीहरु बेलौती दोभानको छेऊमा गई जगते र रामुलाई पर्खिबसेँ । बाटोमा रामु र जगते ठट्यौली गर्दै लम्किए ।

कुराकानीकै व्रmममा रामुले जगतेलाई भन्यो ः–
“हन फेरी त विदेश जान्छस् कि नाइ ।”

“खै , म त फेरी जान्न क्यारे । को जान्छ त्यो खडेरीमा हड्डी खियाउन रु”

“लौ , अनि त गाममा के गरेर बस्छस् त रु”

“खै , के गर्ने रु,के गर्ने रु, त्यसै हल्लिएर नि भएन क्यारे ।”

“लौ मैले भन्या मान्छस् भने जङ्गलतिरै पस् । अलिअलि तनखा पनि दिन्छन् क्यारे।”

“नाइ म , तँ जस्तो त्यसो गर्न चि सक्दिन हौ । खै डरै लागेर आँउछ मलाइ त ।”

“लौ जे गर्छस् गर ।”

कुराकानी गर्दागदै उनीहरु बेलौतीमा दोभानमा पुगे । उनीहरु त्यहाँ पुग्ने बित्तिकै सुष्माले अलि चड्किलो पाराले भनि ः–

“ क्यानम कति बेर कुरार बसाका, आउने टाइम यहिँ हो रु”

रामुले जिस्काए झै गरि भन्यो ः–
“यति कुर्र्र्दैमा हामीलाई भेटेउ क्यारे, तिमी त अति भाग्यमानी रछेउ नि होउँ ।”

सवै जना गललल हाँसे । त्यसपछि गफ गर्दै उनीहरु मेलातिर लम्किए ।

मेलामा जगतेले यमुनालाई बुट्टेदार साडी , सिल्की परेको चोली र केही चुराहरु किनिदियो। मेलाको एकातिर दोहोरी गीत घन्किरहेथ्यो ।

माझीदाई पोखरा फेवातालको ।
लाऊ माया साच्चैको नलाऊ भो ख्यालख्यालको ।
माया तिमी आएछौ मेला भर्ने सुरमा ।
लान्छु तिमीलाई भगाएर बेलौतीपुरमा । ………………

रमीला, सुष्मा र रामु भने दोहोरीमा खुलेर नाँचे ।

एक जोडी एकातिर आफ्नै धुनमा मायाप्रेमका कुरामा लठ्ठ थिए । उता रामु भने यमुनाका सहेलीसँग भुलिरहेको थियो ।

साँझ पर्न लागेको थियो । जगते भने यमुनालाई मेलाको नजिकै रहेको चौतारोमा बस्न लगाएर रामु ,सुष्मा र रमीलालाई खोज्न मेलातिर पस्यो ।

पित्ले गाँउको मुखियाको छोरो दलबिरे पनि उसका केहि साथीहरुको साथमा मेलामा आएथ्यो । पित्ले गाँउ चिरौली भञ्ज्याङ्गको छेउको गाँउ हो ।गाँउभरिका मानिसहरु प्रायः कसैले पनि उसलाई मन पराउदैनथे । ‘बाउ चाँहि त्यस्तो छन् ,यो धन्धुकारी का बाट जन्मेछ ।’ भनेर गाँउका कयौ मानिसहरु उसलाई भन्दथे ।

यमुनालाई एक्लै बसिँरहेको देखेर ऊ र उसका केही साथीहरु यमुनाको नजिकै गए । यमुनाले मुन्टो अर्कोतिर फर्काइ ।

“लौ किन लजा कि , हाम्लाइ पनि यसो ठाँऊ देउन हौ त्यो मनमा ।” यमुनाको नजिकै गएर टुसुक्क बस्दै उसले भन्यो ।

उसका साथीहरु खित्का छाडेर हाँसे । यमुनाको मनभित्र एक्कासी भयको जन्म भयो । खै के गर्ने रु, के भन्ने रु, उसले केहि सोच्न सकिन । बसेको ठाँउबाट जुरुक्कै उठि ।

त्यो देखेर दलबिरेले यमुनाको हात च्याप्पै समायो अनि भन्यो ः–
“लौ हेर किन डरा कि रु, यसो हामीसँग कुरा गर्र्दैमा के बित्छ र रु”

“छोड् मेरो हात । छोड् भन्या ….। छोड् ..।

त्यतिकैमा जगते आइपुग्यो । यमुनाले हात फुस्काइ अनि जगतेको नजिकै गई तर अझैंपनि दलबिरेले उसलाई जिस्काउन भने छाडेन । जगतेलाई असह्य भयो अनि अलि ठुलो स्वरले भन्योः–

“मैले भन्या छु क्यारे , उनको पिछे लाग्न छाड । एक्ली केटीलाई किन छेड्छौ ए भाते होरु, रति पनि सरम छैन तिमेरलाई रु”

दलबिरेले एक्कासी जगतेलाई घचेड्यो र भन्यो ः–
“लौ तैले जोरी नै खोजेको होस् , पाँजी । लौ आ , तेरा थुतुनो–सुतुनो च्यातिदिन्छु । मलाई चिन्या छैनस् क्या र रु,तेरो बाउको बिहे देखाइदिन्छु , लौ आ।”

जगते अलि डरायो । उसको पुरा शरिर नै थरथर काप्न थाल्यो । त्यसैले ऊ अलि पछि हट्यो । मात्र चुप भयो , केहि पनि बोलेन । जगतेको अनुहारभरि पसिनाका छिटाहरु देखा परे । यमुना भने अति भयभित भई अनि जगतेको हात समाएर तान्दै अलि पर लगि ।
रामु ,सुष्मा र रमीलाको भने कुनै अत्तोपत्तो नै पाइएन । सायद उनीहरु पहिले नै घरतिर लम्किसकेका थिए ।

प्रायः दिनैपिच्छे जस्तो रमिते चौतारोमा भेटेर मायाप्रेमका कुराहरुमा चुर्लुम्मै डुब्नु यमुना र जगतेको दिनचर्या नै थियो । दुवैजनाको प्रेमसम्बन्ध यति मजबुत थियो कि सायद एक बिना अर्को उनीहरु कल्पना समेत गर्न सक्दैनथे । “त्यो बेगारीसँग किन लिसो लागेर हिड्छेस् ।” भन्ने यमुनाका बा उनीहरुको सम्बन्धका बारेमा सकारात्मक रुपमा प्रस्तुत हुन थालिसकेका थिए ।

बरालिएर हिड्ने छोरो अलि बुझकि भएको कारणले गर्दा माइला बा मख्ख थिए । छोराको प्रशंसा बढाइचढाइ रुपमा गाँउभरि नै गर्दथे । कामलाई टारेर पन्छिने प्रवृतीको जगतेले “ल ल छोड्नुस् आमा , म गरिहाल्छु नि १” भन्न पछि परेको थिएन । छोराको त्यस्तो बानी देखेर माइली बज्यै पनि प्रशन्न थिइन् ।

दिनहरु बित्दै गए ।

एक दिन बिहान पल्लाघरे मसिनेको माध्यमबाट यमुनाको हात माग्न जाने कुरामा निर्णय भयो । त्यसै दिन बेलुकी माइला बा , जगते , मसिने र रामु यमुनाको हात माग्न भनि पल्लो गाँउतिर लम्किए । शुरुमा यसप्रति त्यति सकारात्मक नदेखिए पनि अन्ततः यमुनाको आमाको ढिपीले गर्दा श्रीधर बस्नेत त्यस सम्बन्धका बारेमा राजी भएरै छाडे । लगन चाँहि दुई महिनापछि हुने निश्चित भयो ।

“श्रीधर बस्नेतको संंम्धी हुने भइस् । छोरो त भाग्यमानी पाइछस् ।” भनेर गाँउभरिका पाकाहरु माइला बालाई भन्दथे । त्यसैले माइला बालाई आफ्नो शिर पहिले भन्दा अलि उचो भए झै लाग्दथ्यो । पहिलेको जस्तो मैलो , फाँटेको कमिज सुरुवाल उनी लगाउँदैनथे, अलि सफा अनि नयाँ लगाउँदथे । गाउँलेहरुले अलि सम्मान गरे झैं लाग्दथ्यो उनलाई ।

जगते र यमुनाको विवाहको दिन नजिकिदै गइरहेको थियो । पहिले जस्तो दिनहुँ भेट गर्ने रमिते चौतारोमा कयौं दिनहरुदेखि ती जोडी प्रेमीहरुको भेटघाट हुन सकेको थिएन । तर पनि ती प्रेमीहरुको मनभित्र हर्षको झिल्को पाउन सकिन्थ्यो ।

एक दिन साँझमा जगते बलेसीमा बसेर मकै छोडाइरहेथ्यो । माइली बज्यै गाईलाई खोले बसाउन घर पछाडीको गुहालीमा छिरेकी थिइन् । माइला बा भने पल्लाघरे मसिनेको घरमा गफ उडाउदैथेँ । यमुना र जगतेको कुरो छिनेपछि माइला बा प्रायः त्यहिँ जान थालेका थिए । हातहतियार सहितका सादा पोशाकमा आएका केहि शैनिकहरु एक्कासी माइला बाको घरतिर पसे । मकैं छोडाउदै गरेको जगते टक्कै अडियो । उसको मनभित्र चिसो पस्यो ।

“तिमीसँग केहि काम छ , हामीसँग हिँड ।” त्यहाँको कुनै एक शैनिकले अलि सानो आवाजकासाथ भन्यो ।

जगते जुरुक्क बलेसीबाट उठ्यो । हातमा रहेको खोयोलाई फुत्त भुँइमा फाल्यो । अनि अत्तालिदै भन्यो ः–
“ह…ह…हैन १ ,मैले केहि गरेकै छैन । मलाई नलानुस् ।”

“तिमीलाई केहि हुन्न । ल अब हामीसँग हिडिहाल तुरुन्त ।”

“नाई हजुर , म जान्न होऊ । म..म..मैले केहि गरेकै छैन ।”

“बड्ता कुरो नगरी कन खुरुखुरु हिड् नत्र…..।” भन्दै एक शैनिकले जगतेको कन्चटमा बन्दुक तेर्सायो । जगते अक न बक भयो । उसले केही बोल्नै सकेन ।

हल्लाखल्ला सुनेर माइली बज्यै आँगनमा निस्किन् । उनको मनमा भुँइचालो गए झैं भयो। अनि तुरुन्तै उनी चिच्याइन् “हन १ ,के गर्न लाग्यौ नि मेरो छोरोलाई रु छाड्देउ । हैन,..छाड्देउ ।”

“सोधपुछको लागी मात्र हो । भोली नै छाडिदिन्छौ ।” एक शैनिकले भन्यो ।

माइली बज्यै सुक्–सुक् गर्र्दै रुन थालिन् । छोरोलाई केही हुन्छ कि रु भन्ने भयले उनका मष्तिकमा अनेकन कुराहरु उब्जिए । एक शैनिकले जगतेलाई पक्रिएर तान्दै लग्यो । जगते पछाडी फर्कदै मलिन अनुहार बनाएर आमातिर पटक–पटक हेरिरह्यो ।

खै कुन्नि किन हो रु ऊ मात्र चुप थियो । मनमा उर्लिएका बाढीहरु मात्र उसको घरतिर बढ्न खोज्दथे । माइली बज्यैले आफुलाई नियन्त्रित गर्न सकिनन् अनि “हैन….छाडिदेउ । एल्ले केहि गरेकै छैन ।” भन्दै पछिपछि केहिबेरसम्म लागिन् । जगतेका आँखामा एकाएक आशुका धारा बर्सिए । माइली बज्यै आशु पुछ्दै घरमा फर्किन अनि बलेसीमा टुसुक्क बसिन् । तर उनले आफुलाई सम्हाल्न सकिनन् , उनका आँखाबाट आशुका धारा पुनः बर्सिन थाले ।

केहि बेरपछि माइला बा घर फर्किए । माइली बज्यैका आँखामा आशु देखेर ऊ अलि स–शंकित भएर भने ः–
“हन किन रोए कि रु, के भो रु”

माइली बज्यै झनै भक्कानो फुटाएर रुन थालिन् ।

माइला बाको मनमा चिसो पस्यो ।

अलि शान्त झै भएर माइली बज्यैले भनिन् ः–
“ केहि सेनाहरु आएर जगतेलाई लगे । सोधपुछ गर्छु भन्थे ।”

उनको कुरा सुनेर माइला बा छाँगाबाट खसेझै भए । मनभित्र एकाएक आँधी चलेझै भयो। मनभित्र चलेको आँधीलाई मनभित्रै दबाएर उनले भने ः–
“न रो भोली त फर्किहाल्छ नि रु, के नै पो गरेको छ र त्यस्ले रु”

देशमा चलेको तत्कालिन आन्तरिक द्धन्दबाट कयौ मानिसहरु विस्थापित भएका थिए ।

कयौलाई अपहरणपछि निर्मम तवरले यातना दिइएको थियो भने कतिको त हत्या नै गरिएको थियो । जसका लागी सरकारी पक्ष र विद्रोही पक्ष दुवै दोषी देखिन्थे ।

माइला बा र माइली बज्यै चिन्ताको भुमरीमा रुमलिए । दुवैले एकै गाँस खाना पनि खाएनन्। माइली बज्यैलाई भने रातैभरि निन्द्रा लागेन । छोरालाई केहि भइहाल्छ किरु भन्ने पिरले रातैभरि मनमा अनेकन कुराहरु खेलाइरहिन् ।
छोरा आउछ कि भन्ने सोचेर दुवै दिनैभरि उसैको प्रतिक्षामा तल्लिन रहे । तर ऊ भने फर्किएन । दुवै बुढा–बुढी झनै चिन्तित बन्न पुगे । आशाको झलक देखिने माइला बाको अनुहारमा निराशायुक्त झलक देखिन थाल्यो ।

दुइ दिन बितिसक्दा पनि जगतेको अत्तोपत्तो नपाएपछि अर्को दिन उसको खोजीमा माइला बा निस्किए । उनी कहिले सरकारी पक्षका शैनिक क्याम्पहरुमा पुग्थे त कहिले विद्रोही पक्षका अखडाहरु , तर कहिँ पनि जगतेको अत्तोपत्तो भने पाइएन ।

प्रायः दिनैभरि जगतेको खोजीमै माइला बा भौैतारिन्थे अनि एकदमै निरश र थकित भएर उनी बेलुकीपख घर फर्किन्थे । त्यो देखेर माइली बज्यै डाको छाडेर रुन्थिन् । माइला बा पनि आफुलाई सम्हाल्न सक्दैनथे अनि एकान्तमा गई मौन भएर बस्दथे । न त दुवैलाई भोकको प्रवाह थियो न त निन्द्राको ।

उता यमुना भने जगते अपहरित भएको खवर सुनेदेखी एकदमै सिथिल देखिन्थि । उसको अनुहारमा नैराश्यताको भाव झल्किन थाल्यो । प्रायः सधै रमिते चौतरोमा गएर एक्लै टोलाइरहन्थि । खानामा पट्टकै रुची गर्दिंनथि त्यसैले त दुब्लाएर भाँटो झै भएकि थिइ। ढोका थुनेर कोठामा जगतेको तस्विर हेर्र्दै रुने गर्दथी ।

दिनहरु बित्दै गए । तर जगतेको कहिँ पनि ठेगानै पाइएन ।

माइला बा भने निष्व्रिmय झै भइसकेका थिए । छोरालाई कुर्नु बाहेक अरु कुनै विकल्प नै थिएन । माइली बज्यै भने मानसिक रुपमा नै अस्वस्थ्य बन्न थालेकी थिइन । एक मात्र छोरो त्यहिँ पनि उसको अत्तोपत्तो नहँुदा आमाको मनमा कस्तो बज्रपात पर्छ , त्यो त हामी सवैलाई सर्वविदित नै छ । “मेरो छोरोलाई खोजेर ल्याइदेउ ।” भन्दै सधै उनी माइला बाको नजिक गइ रुने गर्थिन् । माइला बा भने मात्र चुप लागेर बस्दथे ।

दर्दलाई मनभित्रै लुकाउँदथे अनि कहिँलेकाहिँ त आफुलाई नै सम्हाल्न नसकेर एकान्तमा गइ रुने गर्दथे ।
अपहरित भएको तीन महिना बितिसक्दा पनि जगते भेट्टिएन ।

समय बित्दै जादा देशमा अनेकन परिर्वतनहरु देखा परे । सव्रिmय निरंकुश राजतन्त्रका विरुद्ध सडक–सडकमा जनलहर ओर्लियो । नयाँ नेपालको निर्माणका निमिक्त कयौले आफ्नो रगतका प्रवाह गरेनन् त कयौले आफुलाई नै आफ्नो देशको निमिक्त आहुती गरे । अन्ततः जनताकै जीत नै भयो । सव्रिmय निरंकुुश राजतन्त्रले घुडाँ टेक्यो । फलस्वरुप केही समयपछि शक्ता पक्ष र विद्रोही पक्षका बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भई देशको आन्तरिक द्धन्दको समाप्तिको घोषणा समेत गरियो । जुन खवरले गर्दा द्धन्दबाट प्रभावित कयौं परिवारमा आशायुक्त बिज रोप्न सहयोग ग–र्यो । तर आशायुक्त बिज टुसा नलागी मासियो।

द्धन्दका समयमा बेपत्ता पारिएका कयौं व्यक्तिहरु अझैसम्म पनि अज्ञात नै छन् । उनीहरु जीवित छन् या त मृत रु यो प्रश्न मात्र प्रश्नवाचक चिन्हमा सिमित छ ।

माइला बा र माइली बज्यै अझैसम्म पनि छोरो आउने झिनो आशमा बलेसीमा एकोहोरो टोलाएर कयौ समयसम्म बसिरहन्छन् । माइली बज्यैका आँखा अझैसम्म पनि रसाइरहेछन् । उनको मुहारमा मात्र नैराश्यताको भाव पाइन्छ । छोराको वियोगले गर्दा उनी कमजोर र लाचार बन्दै गइरहेकि छिन् । कहिँलेकाहिँ त उनी आफुलाई अझै सम्हाल्नै सक्दिनन् अनि एकान्तमा गएर भक्कानो फुटाएर रुन्छिन् । गाँउभरि गफ छाड्दै हिड्ने माइला बा आजकल मौन देखिन्छन् । झिनो आशलाई मनभित्रै थुपारेर अझै उनी बाँचिरहेका छन् ।

रमिते चौतारो आजकल उजाड देखिन्छ । लाग्छ , मात्र सुन्यता छ त्यहाँ । सजीवताको गुणलाई हराए झैं यमुना लाग्छ आजकल त्यहाँ गम्भिरतामा रुमलिएकि छे ।

भुतमा ऊ सँगै बिताएका रमाइला पलहरुलाई मनभित्रै खेलाएर ऊ आउने आशमा अझै पनि तड्पिएकी छे । आफूलाई चञ्चल पार्ने स्पर्शहरुको खोजीमा भौतारिएर अनि खाँली सिउदो मात्र उसैद्धारा सजाउने अभिलाषा बोकेर कसैलाई लाग्छ अझै ऊ पर्खिरहेकी छे । कहिँलेकाहिँ त अझै आफूलाई सम्हाल्नै सक्दिन अनि रमिते चौतारोमा गएर धुरुधुरु रुन्छे । जगतेले किनिदिएको हातको चुरालाई हेरेर मन अलि शान्त पार्छे अनि आँखाबाट बर्सिएका आशुका धाराहरुलाई पुछ्दछे ।
लाग्छ आशायुक्त त्यान्द्रोलाई मनभित्रै गुम्साएर आफ्नो जीन्दगी उसैको लागी सर्मपण गर्ने प्रण गरेकी छे । मात्र ऊ फर्कने आशमा ……….। मात्र उसैको पर्खाईमा………

धन्यवाद

April 30, 2010

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *