नियात्रा : नेपालको स्वीजरल्यान्ड

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

ताजापर्नको लागि कतै घुम्न जाने मन थियो । काठमाण्डौको उकुस मकुस वातावरण्भन्दा फरक हावा पानी भएको ठाउतिर । केही नया अनभूति प्राप्तहोस भनिकन, केही मन मिल्ने साथीहरू मिलेर जाउँ । अन्त त चारजना मन मिल्नेहरू जम्मा भयौ – तेज राई, आनन्द डङगोल, चन्द्र वाङँदेल, र म लामाखले ।

त्यो कून ठाउँहोला जहाँबाट नियाल्दा ज्युरीच को सम्झना होस ? “जिरी”लाई नेपालको स्वीजरल्याण्ड भन्ने गरिदोरहेछ । हाम्रो भ्रमणटोलीमा पनि यो प्रसंग उठयो ।विसेष् त्यो डाँडो पहिल्याउने जिम्मा तेजलाई दिएका थियौँ ।

चार बजेर सत्ताइस् मिनेट जाँदा ओरालो झर्दैथियौँ जिरीको सानो फाँट देखियो । गाडी रोकेर चारैजना बाहिर निस्कियौ । हरियाली चौरी, सानो तिनो बजार पुराना घरहेरु, पारी केही भिरालो पाखा, वारि त्यस्तै विचमा केही बसेको फाट जहा जिरि बजार रहेछ । त्याहाका अधिकांश मानिसहरू होटल, लज व्यवसाय गर्दारहेछन् । सायद सगरमाथा आधार सिविर जाने नाका हो क्यारे, पहिले पहिले पैदल यात्रिहरू यहीबाट आऊ जाऊ गर्ने गर्थ्यो ।आज भोलिचाहिं याता यातका सुविधा, हवार्इृ मार्गबाट धेरै जसो मान्छे हिडने, उडने भएकोले होटलहरू खासै चलदो रहेनछ, फाट्ट फट्ट आन्तरिक, साथै विदेशी पर्यटकहरूको भर रहेछ ।

रात परी नसकेको समय थियो । बजारको केही परसम्म गाडीमै अवलोकन गर्यौ । बजार स्यानो भएकोले खास त्यस्तो आकर्षक ठाउँ थिएन बजार सानो भए पनि होल लज र राजनीतिक पार्टीहरूको साइन बोर्ड झुण्डिएका घरहरू निक्कै देखियो ।

फर्केर राम्रो होटलको खोजीमा लाग्यौँ । हाम्रा टोली सदस्य आनन्दजी –(पूर्व प्रशासकीय निर्देशक)ले स्थानीय विद्युत प्राधिकरणका प्रमुख अनन्त जिरेलजीलाई बोलाएर राम्रो होटलको बारेमा सोधी खोजी गर्दा ठिक छ ! भन्ने भयो कोठा नं. ८ र १० बुक गर्यौं । उमेरले ६० नगाएका, २५ वर्ष जत्ति विदेशी पर्यटकहरूको भर्या बनेर अनुभव बटुलेका इम जिरेलजीको होटल सफाईमा निक्कै ध्यान पुर्याएको —स्यानो पुरानो घरलाई रंग रोगन गरेर, पुरानो बनावटलाई केही परिवर्तन गरेर सानो चिटिक्कको बनाएको, जिरेलजीको अतिथि सत्कार गर्ने तरिका, व्यवहार, खान पानका परिकारहरू सबै चित्त बुझदोनै थियो, उनकी १५ वर्षिए नातिनी आफै मिठो चिज केक बनाउदिरहेछिन्, विहान-बेलुका चियासँग मजा लियौ ।

काठमाण्डौ को १४ घण्टाको लोडसेडिंङको मार खेपेका हामी, त्यहा त्यो अनुभव भएन, गहिरो खोंज बेंसि भएपनि जलवायु केही चिसो, स्थानीय स्यानो जल विद्युत आयोजनाबाट २४सै घण्टा बिजुली उपलब्ध हुने रहेछ ।

एकाध बिदेशी पर्यटकहरू पनि न देखिने चाहिं हाइन, अलि बढी आन्तरिक पर्यटकहरू देखियो तर खासै धेरै चाहिं होइन । सानो सानो खोल्सा खोल्सी पानीको प्रसस्त सुबिधा, तर एउटा खराब पक्ष के देखियो भने खोल्सा खोल्सीमा फोहोर जन्न्य पदार्थ फयक्ने, ढल, मिसाइएको, दुर्गन्धित यो विषयमा त्याहाका बसिन्दामा जन चेतना आउनेहो भने साच्चै त्यो ठाउलाई नेपालको मिनि स्वीजर्लेन्डभन्दा फरक पर्दैन होला ।

सबैभन्दा पहिला विहान चार बजेतिर मलाई निद्राले छोड्यो ग्यास्ट्रिक पीडित भएकोले टोइलेट धाइरहनु पर्ने मेरो नियति नियम त्यहा पनि अरु साथीहरूको निंद्रा खूल्दा ३/४ चोति आफनो काम तमाम गरिसकेको थिएँ ।

जाँउ मामा एकछिन घुमेर आँउ ! आनन्दले भन्यो— हुन्छ ! मैले स्वीकृति दिए, हामी दुई जना घुम फिर, मोर्निङवाक को रुपमा बाहिर निस्क्यौं । अलिपर बजारको छेउमा जंगलकोमुनि बौद्दमार्गिहरूको आस्थाको प्रतिक्र गुम्बा रहेछ त्यहा धुप बाल्यौ । लगत्तै चन्द्र भान्झा पनि त्यही आईपुगे पालै पालो फोटो खिच्यौं । त्यसपछि उधो ओरालो लाग्यौं, सानो स्वास्थ्य केन्द्र (अस्पताल) निर्माणाधिन साइनबोर्ड हेर्दा थाह भयो । त्यसभन्दा तल गाई पालन गोठ देखिन्थ्यो, तर त्यहा गाई थियाृ वा थिएन यकिन भएन, अनुमान गर्दा थिएन । अँझ तलतिर नियाल्दा सानो फाट, वारि पारि जंगल समग्रमाभन्दा “जीरी” निक्कै राम्रो ठाउँ भन्न पर्छ ।

हाम्रो निर्धारित कार्यक्रम नै थियो काठमाण्डौबाट हिड्दैखेरी, कि फर्कदा भिमेस्वर माहादेवको दर्शन गर्ने, जस्को महिमा बेला बखत अनौठो लाग्ने ढंग्को सूुनिने गर्दछ । “केही अनिस्ट हुनेभयो वा मुलुकमै केही अप्रिय घटना हुने भयो भने त्याहाँको भगवती को मूर्तिमा पसिना आउछ रे ! त्यसो भएकोले सो मन्दिर देवस्थलको दर्शन गर्ने, हेर्ने र आफ्नै निजि धारणा बनाउने उत्कट इच्छा पनि थियो ममा र अरु सहयात्रीमा पनि सोही मनसाय रहेछ ।

जिरिबाट हामी ठिक ६.३० वजे हिंड्यौं, तेजले कारलाई तेज गतिमै उकालो, घुम्ति, खाल्डा खुल्डि, साँघुरो बाटोमा हाँकिरहदा दुरदराजमा देखिने गाउँ, पाताल, खेत, बारी र सुनौेला पाकेका सुन बुट्टे धर्सा बालिनालि पाकेर पाखा पखेरा रमाइलो देखिन्थ्यो भने अर्को तर्फ पातला रुखहरूलेृ ठिंग उभिएर ती सनौला गह्राहरूको पाले(गार्ड) भएर रुंगिरहेको जस्तो भान हुन्थ्यो ।

यसतै यसतै प्रशंगका गफ गफिंदै निक्कै लेखतिर पुग्यौं ? मैना पोखरा झर्ने बिन्दुमापुगेर ओरालो लाग्यौं, ओरालो झर्दा झर्दै सानो वस्ति”बजार आईपुग्यो “मैना सुनुवारलाई, बलात्कार पछि सेनालेगोली हानेर हत्या गरेको चर्चित ठाउँ, राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रसम्म चर्चित ठाउँमै चर्चा गर्दै ओरालो बाटोमा ठाउ ठाउँमा काठ चिर्ने कार्खानाहरू भेटिन्थे बाटा भरी बिभिन्न जातका रुखका गिडहरू चट्टा लगाएर राखेको, यसो वारि पारि गाउ बस्तीतिर नियाल्दा कपाल झरेको रोगी जस्तो देखिने पाखोहरू, कही कतै बृक्ष रोपन गरेको, स्याहार गरिएको जङ्गल देखिएन । यही मेसोमा मलाई थाईल्याण्ड, मलेशिया, जापान, चिनतिर बरालिदाको सम्झना आयो बन जंगल गोड मेल गरेको, बृक्षा रोपन गरेको, ब्यापक ठुल ठुला बन नर्सरिहरू स्थापना गरेका दसौं माईल जंगलमै गाडिमा दगुर्दाको याद आयो ।

अघिल्लो दिन यसै बाटो हुदै हामी जादै गर्दा एक ठाउँमा हाम्रो गाडिले किचेर एउटा कुखुराको चल्ला सहादत भएछ, त्यहा काठका चाङमा बसेका ३/४ जनाले हाम्रो गाडी अचानक झ्याप्प रोकदा पो थाहा भयो, हामी केही डरायौं पनि, तर गाडी रोकेर चल्ला घनिलार्इृ खोज्यौं मनमा त्रास हुँदै थियो कि गाउँ भरीका मानिस आएर कचिंगल त गर्दैनन् ? तोडफोड त गर्दैनन् ! यस्तो सोचाइ आउन हामीमा गलत पनि थिएन किनकि यस्तो संस्कार हाम्रोमा नौलो पनि हाइन, तर त्यस्तो केही भएन, २ जना स्कुले बालक तलतिरबाट आए, चल्ला धनिरहेछन्, हामीमा त्रास अँझै बाँकी थियो कत्ति रकम माग्ने होलान् ! हामी मध्यमा तेज अलि बोलकडै हुन उन्ले भने बिस रुपिया को चल्ला रहेछ, मरिहाल्यो बाबु हामी सय रपिया दिन्छौं, असि चाहि मिठाइ खाऊ है नानीहो !भन्दा तिनले पनि स्वीकृतिको टाउको हल्लाए, सय थमाएर हतार हतार त्याहाबाट चम्पट ठोक्यौं ।

त्यो घट्ना थियो अघिल्लो दिन मैना पोखरा उकालो चढ्रदै गर्दाको, आज हामी त्यही बाटो ओरालो झर्दैछौं, त्रास त अँझै बाँकीनै छ हामीमा चन्द्र भान्जाले कुरा उठाई हाले, हिजोको ठाउँमा गाउँले उठेर बाटो ढुकि बसेका त छैनन् ! हो त नि हिजो स्कुलेलाई १०० । तिरेर फत्कियौ ।आज त्यहा गाउले उठेर बाटो छेके भने के गर्ने ? यस्तै यस्तै गफिदै ओरालो झ—यौं, तर हाम्रो त्यो त्रास त्रास मात्र रहेछ ।त्यस्तो अबरोघ काही थिएन ।

केहीबेरमै हामी सुनकोशी पुलमा आईपुग्यौ, केही छाप्रे चिया होटल, पसल, मात्र वारि पटटी खोँचमा थिए, कोशओ भने कञ्चन पानी, निलो वेगमा हज्जारौं, लाखौं वर्ष देखि निरन्तर बगिरहेको छ ।
पुलमा उभिएर एकछिन कोसिको चिसो हावाको स्पर्षको आनन्द लियौं ।

एकछिन मौन बसेर कल्पना गर्यौं । फेरि मौनता तोडदै गफिन थाल्यौं ।

हेर्नोस् त आनन्द भान्जा ! हाम्रो देशको निलो सन त्यसै बगिरहेछ, खेर गै रहेको छ, होइन त?

हो नि त पक््कै हो, मामा ! मेरो कुरालाई तुरन्तै समर्थन जनाए र यो पनि भने प्रसंग कोट्याए —

“हाम्रोमा समय परिवर्तन भो, राजनीतिक व्यवस्था परिवर्तन भो, पात्रहरूपनि परिवर्तन भए, तर सोंच र पुराना ढर्राहरू परिवर्तन हुन सकेको छैन । जस्कारण् हामी संसारको अति गरिब, पछौटे, दरिद्र मध्यमा दरिएका छौं” ।यदि राज्यले यस्का प्रमुख संयन्त्रहरले इच्छा शक्ति देखाएर ढाचा ढर्रा बदलेर अगाडी बढ्ने हो भने ९ किलो मीटरभित्र नौ ठाउमा बाँद बाधेर बिजुली उत्पादन गर्ने देशहरू पनि छन ।

भिमेस्वर महादेवको दर्शन गर्ने हामीलाई हतारो थियो । बाटामा चियापनि खायनौ खालि पेट दर्शन गर्ने हाम्रो सल्लाह थियो ।उकालोमा तेज गतिमा तेजले गाडी हाकिरहेको थियो । बाटामा खोटे सल्लाका घना जंगल थियो, फेरि त्यस्को नजिकै काठ मिल भेटियो मिलमा चिरिएका काठको बाकलले सडकनै अबरुद्द रहेछ एकछिन रोकियौ । मनमा जिग्यासा उठ्यो सरोकार वालाले यस्तो ठाउँमा कसरी काठ मिल खोल्न इजाजत दिएछ, माप दन्ड के होला, कस्तो होला ईत्यादि . ।

चरिकोट बजारबाट अलिपूर्व तर्फको साघुरो बाटो हुदै हामी भिमेस्वर महादेव मन्दिर तर्फ हान्नियौं, ज्यादै सानो बाटो रहेछ दोहोरो गाडी छिर्ननै गाह्रो त्यसमा पनि ओरालो मन्दिर प्राङ्गणसम्म ढुङ्गा छापिएको रहेछ । धुप वत्ति, नरिवल खरिद गरेर मन्दिरको सिढितिर लाग्यौं, सिंढी उस्तै चिटिक्क ढुङ्गैले छापेको भक्तजनको सुबिधाको लागि फलैचा, जुत्ता राख्ने तासीहरू राखिएको, डाडामाथि थुम्कीमा अवस्थित मन्दिर भएकोले विशेष महत्व र आकर्षक देखिन्छ ।

मँ त्यहा पुग्नु अगाडिदेखिनै मनमा जिग्यासा भै रहेको थियो, कि देशमा कुनै ठुलो अनिस्ट हुने भयो भने त्यहा संकेत हने गर्छ, प्रतिमामा पसिना आउछ रे, र त्यहा पुजारीहरूले स्वस्ति सान्ति, पूजा अर्चना गर्ने गर्दछन् भनेर ब्यापक हल्ला हुने गर्दछ । त्यो हेर्न र मनको कौतुहल मेट्न मलाई औधि हतारो भैरहेकोथियो ।

मूर्तिलाई मैले निक्कै नियालेर हेरें, बाहिरी अवलोकन अध्ययन गरें तर निस्कर्ष चाहि मैले निकाल्न सकिन कि कस्तो, कुन कुराहरू सत्यहुन वा होइनन् । सोचेको थिएँ मूर्ति यमानको ठुलो चिल्लो शीला मूर्ति होला ! र त्यस्मा चिटचिट् पसिना आउदो हो । तर त्यस्तो मैले कल्पना गरे जस्तो त रहेन रहेछ । पसिना आउने ठाउ त देखिएन । कि यो अनावस्यक हल्ला मात्र हो त ? अँझै निर्णयमा पुग्न सकिएन । बलिभोग चढाउने चलन रहेछ ।

पूजा आरधना सकेर मन्दिरबाट फर्केर फेरि उकालो लाग्यौं चरिकोट बजार अबलोकन गर्दै, १०.३० बजिसकेको रहेछ । गाडी जाममा फस्यो बाटो सानो भएको कारण एकछिन तनाव भो, भोक पनि लागिसकेको थियो । रेस्टुरेन्ट खोज्दै खाज्दै जाँदा ठुलठुलो अक्षरमा लेखिएको “थकाली भान्साघर” भेटियो । सुनेका थियौं थकाली खाना खुव मिठोहुन्छ ! तर त्यो रेस्टुरेन्ट त थकाली को न भएर अरुनै जातको पो रहेछ नाम मात्र थकालीको राखिएको रहेछ ।

नाम थकालीको तपाई त ……………..अर्कै …?

तपाईलाई के चाहियो अनुहार ? कि खाना ? थकाली स्वादको खाना दिए भएन ! होटलवाला अलि जंगिएर हामीसँग प्रस्तुत भए ।

होइन त्यस्तो केही होइन खाली मजाक गरेको कृपया माफ गर्नुस् तेजले नम्र साथ जवाफ दियो ।

फेरि पनि त्यहा खाना खाने हाम्रो इच्छा त्यत्ति भएन । होटल वाला रिसाउला भनेर बियर, कोल्ड्-ग्रिंक्स्, स्न्याक्सहरू टन्नै खायौं करीब २२००। जति पाँच जनाले खाएर बाटो लाग्यौं । फेरि पनि थकाली खानाकै प्रसंग आयो एउटा परिचय बनिसकेको हो कि नेपालमा थकाली भोजनको ।

एकछिनको यात्रा पछि मुढे आईपुग्यौं । त्यही बिहानको खाना खायौं करिव ११.३० बजेतिर । सुनेका थियौं मुढेको आलु निक्कै स्वादिलो हुन्छ, त्यसो हुदा आएको वेला केही लिएर घर किन न जाने ?

सबै जनाले १, १ दर्जन किलो खरिद गरी हाल्यौं, घरतिर मुढेको आलु आयो भनेर खुसी होलान यही सम्झदै थियौं । अलि परतिर पुगेका मात्र कै थियौं एक जनाले प्याच्चै भनी दिए, यो त याहाको आलु हाइन त, अ‍ैले आलुको सिजनै हाइन, ऊ हेर्नुस ्त बारीतिर भरखर बोट हरियो हुदैछ, न भन्दै पाखै भरी हरियो गावै हरियो थियो । ब्यापारिले बाहिरैबाट ल्याएर मुढेमा आलु ब्यापार गर्दा अलि अलि उही मनोबैज्ञानिक प््राभाव पर्दो रहेछ क्यारे तिनको आलु पसल राम्रै चलेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *