कथा : छोरा श्रवण कुमार

~समीर पाख्रिन~

वरिष्ठ साहित्यकार सञ्चमान राई विगत केही वर्षदेखि छोरा–बुहारीसँग काठमाडांैमा बस्दै आएका थिए । श्रीमती बितेपछि एक्लो बनेका सञ्चमानको सहारा नै छोरा–बुहारी भएकाले उनले गाउँको घरखेत बेचेर चाबहिलमा एउटा चार कोठाको घर बनाएका थिए ।

नेपाली साहित्यका मूर्धन्य श्रष्टा सञ्चमान राईको चार दशक लामो साहित्यिक जीवनमा थुप्रै कथा सङ्ग्रह, कविता सङ्ग्रह, निबन्ध, गजल आदि कृति प्रकाशित भइसकेका थिए । उहाँ सादा जीवन उच्च विचारका पक्षपाती थिए । परिवारमा उहाँ अनुशासन, संस्कार र नैतिक जिम्मेवारी हुनुपर्छ भन्ने मान्यता राख्दथे तर उहाँकी बुहारी प्रिया भने बिल्कुल आधुनिक विचारधाराकी थिइन् । यसैले बूढा सञ्चमानको बेलाबेलामा बुहारीसित मनमुटाव र वादविवाद हुन स्वाभाविक थियो । तर उहाँले यसलाई गम्भीर विषय कहिल्यै मानेका थिएनन् ।

दिनहुँजसो टाढाटाढाबाट साहित्यकारहरू, साहित्यका विद्यार्थीहरू उहाँलाई भेट्न, निम्तो दिन, साक्षात्कार गर्न र उहाँबाट आप्mनो प्रकाशोन्मुख कृतिको भूमिका लेखाई माग्न आउने गर्दथे । उहाँले यसरी भेट्न आउने अतिथिहरूलाई कहिले चिया बिस्कुट त कहिले खाना खुवाएर पठाउने गर्दथे । जुन कुरा उहाँकी बुहारी प्रियालाई पटक्क मन परेको थिएन । प्रिया ससुरा सञ्चमानको दिनचर्यादेखि वाक्कदिक्क भइसकेकी थिइन् । प्रियाले यही विषयमा पति श्रवणलाई सधैं गुनासो गर्दै आइरहेकी थिइन् । श्रवणले पहिले पहिले त प्रियाको कुरा, उनको गुनासोलाई नजरअन्दाज ग¥यो । तर पत्नी प्रियाको दिनहुँको किच्किच् र गुनासोले वास्तविकता के रहेछ भनी बुझ्न उसलाई केही दिनको बिदा लिएर घर बस्न बाध्य गरायो ।

नभन्दै एक दिन साहित्यकार सञ्चमानसित साक्षात्कार गर्न पूर्व झापातिरबाट साहित्यकारहरूको एउटा टोली घर खोज्दै आएका थिए । श्रवण घरैमैं थियो । त्यो दिन उनीहरूबीच घण्टौं साहित्यिक ्गफ, अन्तत्र्रिmया चलेको थियो । यो क्रममा बेलाबेलामा चिया त चलिरहेको थियो तर दिउँसोतिर सञ्चमानले बुहारी प्रियालाई बोलाएर अतिथिहरूलाई खाना खुवाएर पठाउने इच्छा व्यक्त गरे । यो कुरा श्रवणले पनि सुन्यो । एक्ली प्रियाले यतिका पाहुनाहरूलाई खाना खुवाएर पठाउन कसरी सक्ली ? श्रवणलाई चिन्ता लागे पनि घरमा आएका अतिथिहरू ईश्वरतुल्य हुन् । उनीहरूको सेवासत्कार प्रत्येक गृहिणीको कर्तव्य र जिम्मेवारी भएकोले यसलाई श्रवणले स्वाभाविक ठान्यो र पत्नी प्रियालाई उसले शान्त रहन र आप्mनो कर्म गर्न प्रेरित गराइ छाड्यो । आपूm पनि पत्नी प्रियासँगै भान्सामा खानपानको व्यवस्थामा जुट्यो ।

सोही बेलुकी प्रियाले पति श्रवणअघि सुकसुकाउँदै फेरि उही गुनासो गरी–
“म अब तिम्रो बुबासित एउटै घरमा बस्न सक्तिनँ । यो घरमा दिनदिनै आउने अतिथिहरूलाई चिया बनाएर टक्राउन र खाना पकाएर खुवाउन म सक्तिनँ । मलाई भोलि नै माइत पु¥याइदिने भए पु¥याइदेऊ । नत्र म आपैंm जान्छु । आजभोलि त दुई लिटर दूध, चार किलो चिनीले पनि पुग्दैन । दुई महिना चल्ने ग्यास महिना दिन पनि पुग्दैन । यस्तो भएपछि काठमाडौंजस्तो महँगो ठाउँमा कसरी टिक्ने ? अहँ, म त अब यो घरमा एक दिन पनि बस्दिनँ । के गर्ने हो गरिहाल ।” यति भनी प्रिया ओछ्यानमा पसी । श्रवण अहिले भने धर्मसङ्कटमा परेको थियो । समस्या जटिल बन्ने देखेर श्रवणले पत्नी प्रियालाई तत्काल केही भनेन । उसले बिहान बुबा प्रातभ्रमणमा गएको बेला प्रियालाई सम्झाउँला भनी ऊ पनि बत्ती निभाएर सुत्यो ।

दोस्रो दिन, सधैभैंm सञ्चमान प्रातभ्रमणमा निस्कनुभयो । प्रातभ्रमणमा उहाँ सधैंजसो पशुपतिनाथको मन्दिर एक फन्को लगाएर फर्कंदा बिहानको आठ बज्थ्यो । यही मौका छोपी श्रवणले भान्सामा चिया पिउने निहँुले प्रवेश ग¥यो र प्रियाको मनस्थिति विचार गरी केही क्षण गफ गरौं न भन्यो । प्रिया पनि दुई कप चिया लिएर नजिकैको कुर्सीमा आएर बसी । “प्रिया, म हिजोको तिम्रो कुराले अभैm तनावमा छु ।

“कुन कुरा श्रवण ?”

“त्यही, तिमी माइत गएर बस्ने कुरा । तर त्यो गलत छ, मेरो चित्त बुझेनँ । तिमी माइत गएर बस्ने कुरा बुबाले सुन्नुभयोे भने के भन्लान् ?”

“अनि के त ? के म तिमी बाबुछोराको सेवा गर्ने नोकर्नी हुँ त ? घरमा मान्छे नआएको कुनै दिन छैन । कतिलाई चिया बनाएर खुवाउनु ? कतिलाई नास्ता बनाएर खुवाउनु ? अहँ, म सक्तिनँ ।”

“प्रिया कुरा त्यसो होइन । तिमी भनेकी घरकी बुहारी हौं । घरमा आएका पाहुनाहरूको स्वागत सत्कार गर्ने तिम्रो कर्तव्य हो । तिमीलाई थाहा छ ? यो हाम्रो संस्कार पनि हो । आमा बित्नु भएको धेरै वर्ष पनि भएको छैन । बुबालाई हामीले मन दुख्ने कुनै कुरा गर्नुहुँदैन ।” श्रवणले नरम स्वरमा प्रियालाई सम्झाउँदै गयो ।

“तब के म दिनदिनै यो घरमा होटल चलाएर बसौं ?” –प्रिया रनक्क रन्किई ।

“होइन, तिमी हामीले बुबाको लागि गर्न नै के सकेका छौं ? उहाँ जुन कुरामा सन्तुष्ट हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाइलो मान्नुहुन्छ र जीवनको सार्थकता खोज्नुहुन्छ । उहाँलाई हामीले यसमा सानो सहयोग गर्दा के बिग्रन्छ ?”

“त्यसो भए डोकोमा बोकेर हिंड न त । तिमी पनि त कलियुगको श्रवण कुमार होइनौ र ?”

“प्रिया, म तिम्रो समस्या बुझ्छु तर त्यो अतिथि सत्कारभन्दा कदाचित ठूलो होइन । हेर, आज हामीलाई बुबाकै व्यक्तित्व, पृष्ठभूमि र हैसियतको कारण यो समाजले इज्जत सम्मान दिएको छ । नत्र म जस्तो सामान्य श्रेणीको सरकारी कर्मचारीलाई कसले चिन्छ र । न त मैले समाजका लागि केही गर्न सकेको छु, न तिमीले । अफिसमा पनि मलाई वरिष्ठ साहित्यकार सञ्चमानको सुपुत्र भनेर सबैले आदरभावको दृष्टिले हेर्छन् । तिमीलाई पनि त यो टोलका महिला दिदीबहिनीहरूले हरेक सामाजिक गतिविधिहरूमा अग्रस्थान दिने गरेका छन् । आखिर किन उनीहरूले हामीप्रति यो श्रद्धाभाव प्रकट गर्छन् त ? यी सबै बुबाकै व्यक्तित्व र हैसियतको नतिजाले हो । समाजको लागि बुबाले जब यति ठूलो महान् काम गरेका छन् भने हामी उनको लागि यति सेवा गर्न सक्तैनौं र ? हेर प्रिया श्रष्टा, साहित्यकारहरू भनेका देशका अमूल्य निधि हुन् । श्रष्टा, साहित्यकार जस्ता समाजका प्रबुद्ध वर्गको अतिथि सत्कार गर्नु त तिम्रो सौभाग्य हो, प्रिया । तिमी पढे लेखेकी भएर पनि कस्तो नबुझेकी । तिम्रो योगदान खेर जाँदैन प्रिया । रह्यो कुरा खर्चको । त्यसको लागि तिमी चिन्ता नगर । यो घरजग्गा, उहाँको बैंक ब्यालेन्स, उहाँ र उहाँका अतिथिहरूको सेवाको लागि पर्याप्त छ । यसैले अबदेखि तिम्रो मुखबाट यस किसिमका गुनासा सुन्न नपरोस् । तिमीले नभ्याए भन बरु म एकजना मान्छे खोजेर राखिदिउँला । तर बुबाप्रतिको तिम्रो यो सोच र व्यवहार तुरुन्त परिवर्तन हुनुपर्छ । ल बुबा पनि आइपुग्ने बेला भयो, चिया बनाएर थर्मसमा राखिदेऊ । म अफिसको लागि तयार हुन गएँ । यति भनी श्रवण अर्काे कोठातिर लाग्यो । प्रिया श्रवणको कुरा सुनेर पहिले त आक्रोशित भएकी थिई तर उसको आक्रोश छताछुल्ल हुन नपाउँदै श्रवणले घरजग्गा र बैंक ब्यालेन्स बुबाको नाममा छ भनेको थाहा पाएपछि ऊ एकाएक शान्त भएकी थिई ।

एक दिन स्थानीय केही वरिष्ठ साहित्यकारहरू उहाँलाई भेट्न र उहाँको पन्ध्रौं कृति ‘स्वदेशको माया’ संस्मरण सङ्ग्रहले यसपालिको ‘अमर–श्रष्टा पुरस्कार’ प्राप्त गरेको खुशीको खबर सुनाउन साथै ‘अभिनन्दन तथा पुरस्कार वितरण समारोह’को निम्तो दिन आएका थिए । अतिथिहरूलाई प्रियाले मीठो मुस्कानका साथ चिया नास्ताले स्वागत गरेकी थिई । प्रियाको आदर–सत्कारबाट आभारी भई अतिथि सबैले साहित्यकार सञ्चमानसहित उहाँकी बुहारी प्रियाको प्रशंसा गरेका थिए ।

करिब दुई सातापछिको कुरा हुनुपर्छ । सर्जक–सिर्जना प्रतिष्ठानको सभाहल, प्रतिष्ठित अग्रज साहित्यकारहरू, नयाँ पीढीका सर्जकहरू, साहित्यानुरागी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरूले खचाखच थियो । वरिष्ठ साहित्यकार सञ्चमान राई अतिथि दीर्घामा आसीन थिए । आज उहाँलाई ‘अमर–श्रष्टा पुरस्कार’ बापतको एक लाख रुपैयाँ राशिको चेक र प्रशंसापत्र कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीको बाहुलीबाट प्रदान गरिने कार्यक्रम थियो । पुरस्कार ग्रहण गर्नुअघि सञ्चमान राईले सभापतिसित उहाँकी बुहारी प्रियालाई मञ्चमा बोलाउने अनुमति मागेका थिए र सभापतिले अनुमति प्रदान गरेलगत्तै स्रष्टा सञ्चमानले आपूm यो उमेरमा पनि सक्रियरूपमा साहित्यको सेवामा समर्पित रहन मलाई बुहारी प्रियाले सक्दो सहयोग पु¥याउँदै आएकी भन्नुहुँदै उहाँले यो पुरस्कार आप्mनी बुहारीसित संयुक्तरूपमा ग्रहण गर्ने सदिच्छा प्रकट गरेपछि प्रिया हिच्किचाउँदै भएपनि मञ्चमा उभिन पुगेकी थिई । उसको आँखामा पश्चात्तापको आँसु छछल्किरहेको थियो । सञ्चालकले प्रमुख अतिथिलाई पुरस्कार प्रदान गरिदिन आग्रह गरेको थियो । पुरस्कारको एक लाख राशिको चेक र प्रशंसापत्र प्रिया र सञ्चमान राईले संयुक्तरूपमा ग्रहण गर्दा हल तालीले गुञ्जायमान भएको थियो । प्रियाले यो खुशी र सम्मानको आँधीबेहरी निमेष भर पनि थेग्न नसकेपछि ऊ एकाएक भावविह्वल भई सञ्चमानको गोडा ढोग्न र क्षमायाचना गर्न पुगेकी थिई । यो दृश्य साँच्चै ह्दयस्पर्शी थियो । यसको विभिन्न कोणबाट जे जस्तो चर्चा र टिप्पणी भएपनि यथार्थ कुरा भने दर्शकदिर्घामा बसेको श्रवणले मात्र बुझेको थियो । सञ्चालकले प्रियालाई माइक हातमा दिंदै दुई शब्द राखिदिन आग्रह गरेको थियो । प्रियाले गहमा छछल्किरहेको आँसुका दानाहरू लुकाउने असफल प्रयास गर्दैै आप्mनो दुई शब्दमा आपूmलाई संसारकै सबैभन्दा भाग्यशाली बुहारी बताएकी थिई । सभाहल अहिले भने तालीले लामो समयसम्म गुञ्जायमान भएको थियो ।

इति

–वीरगंज, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *