व्यङ्ग्य निबन्ध : खासखुस

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म पनि छु । सामूहिक होस् वा एकल, दलगत होस् वा व्यक्तिगत, ऊध्र्वगत होस् वा भूमिगत, लैङ्गिक होस् वा भाषिक, वर्गीय होस् वा जातीय सबै क्षेत्र खासखुसका उर्बर भूमि हुन् । त्यसैले यी लगायत राजनीतिक होस् वा अराजनीतिक, राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय, शैक्षिक होस् वा धार्मिक, समर्थन होस् वा विरोध कहीँ कतै पनि भएगरेको खासखुसको गन्ध बाहिर आउनेबित्तिकै मेरा अन्तरात्मामा खसखस सुरु भइहाल्छ । तपाईंका दिलको भविष्यवाणी म गर्दिन । समाजमा जति बढी खासखुस चल्न थाल्छ, खसखस त्यति नै मौलाउन थाल्छ । अनि, जति बढी खसखस व्यक्तिन थाल्छ, खासखुस त्यति नै झाँगिन थाल्छ । यसरी हेर्दा खासखुस र खसखसको अन्योन्याश्रित सम्बन्ध छ र आन्द्राभुँडी पनि एउटै हो कि जस्तो भान हुन्छ । त्यसैले यसको डिएनए खुट्ट्याउने र आन्द्राभुँडी छुट्ट्याउने जिम्मा लेखन्तेले लिनुभन्दा चिकित्सकलाई दिनु बेस होला भत्रे मेरो ठम्याइ छ ।

सबैले जानेको कुरा गर्ने हो भने जो कसैको पनि घाँटीमा लागेको खसखस औषधिले मेटाउन सकिन्छ, अन्तरात्मामा लागेको सकित्र । अन्तरात्माको खसखस मेटिन पारदर्शिता चाहिन्छ । शङ्कैशङ्काको भुमरीमा जन्मे हुर्केको खसखस पारदर्शीताभन्दा जेठो छ भने त यो अभैm मेटित्र । केही गरी अलिअलि मेटिइहाल्यो भने पनि पूरै त मेटिँदै मेटित्र । अनि, परेन फसाद ! एकपटक कमाएको खसखस सधैँका लागि सम्पत्ति । खसखसभन्दा पारदर्शीता जेठो भयो भने चाहिँ यो स्थिति रहत्र । अझ प्रस्ट्याउनु पर्दा पारदर्शीताको गर्भमा खसखस जन्मने सम्भावना कत्ति पनि रहत्र भन्दा हुन्छ । खसखस जन्मन हुर्कन खासखुस नै चाहिन्छ । अनुभवले यही भन्छ । पत्याउनु नपत्याउनु छुट्टै कुरा ।

सुनेजानेको कुरा गर्दा खासखुस बढी हुने र खसखस धेरै लाग्ने क्षेत्र राजनीति हो । भोगेका कुरा भत्र र सुनेका कुरा सुनाउन डराउनु पर्दैन । खासखुसको अभावमा राजनीति चल्दैन । राजनीतिको अनुपस्थितिमा खासखुस दुब्लाउँछ । राजाको राजतन्त्र होस् वा जनताको गणतन्त्र । प्रजातान्त्रिक भूत होस् वा लोकतान्त्रिक वर्तमान । सबैमा सबैको उत्तिकै चासो हुने विषय र क्षेत्र राजनीति हो । तपाईंले जो कोही व्यक्तिलाई झ्वाट्ट उसको नाउँ सोध्नु भयो भने एकछिन सम्झेर मात्र ऊ आफ्नो नाउँ बताउने अवस्थामा हुनसक्छ । तर, राजनीतिका विषयमा सोध्नु भयो भने ऊ विपनाको त के कुरा सपनामा पनि कत्ति नअड्कीकन फररर बताउन सक्छ । बुझ्नु नबुझ्नु तपाईं हाम्रो आ–आफ्नो क्षमताको कुरो ।

यति सुनिसकेपछि राजनीतिका कुन कुन क्षेत्रमा खासखुस हुँदोरहेछ ? भत्रे खसखस जो कोही गैरराजनीतिक प्राणीमा उब्जिहाल्छ । यो अनौठो होइन, स्वाभाविक नै हो । सबभन्दा पहिला त कुन राजनीतिक व्यवस्था स्थापना ग¥यो भने कसकसलाई के के फाइदा हुन्छ ? कसकसबाट के कस्तो सहयोग कसरी पाइन्छ ? भनेर भित्रभित्र खासखुस सुरु हुन्छ । अनि मात्र बाहिरबाहिर बहस । बनावटी, देखावटी र लेखावटी कहाँ कहाँ कसरी मिलाउने खासखुस पनि राजनीतिक दल भित्रभित्रै हुन्छ । राजनीतिक दल स्थापनाका विषयमा पनि ठूलै खासखुस र खसखस हुने गर्छ । खासखुसबिना कुनै काम अगाडि बढ्दैबढ्दैन । खासखुसअनुसार नै काम बत्र थालेपछि सर्वसाधारणमा पनि बारम्बार खसखस पैदा हुनु अनौठो घटना हुत्र । अनि यो विश्रामतिर नगएर अग्रगमनतिर निरन्तर अघि बढ्छ ।

खासखुसका यस्ता अभियानमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सहयोग प्राप्त हुन्छ । कतिपय राजनीतिक दल अन्तर्राष्ट्रिय खासखुसपछि खोलिएका छन् । त्यति मात्र कहाँ हो र ? तिनका नेताको मुखसमेत अन्तर्राष्ट्रिय खासखुसपछि मात्र खुल्छ । सक्रिय हुन्छ । खासखुसबिना बोलिएको रहेछ भने त्यो आत्मालोचनाको विषय बत्र पुग्छ र नितान्त व्यक्तिगत बनेर कुरो टुङ्गिन्छ ।

यस्ता विविध प्रकृतिका राजनीतिक पात्रबाट विविध विषयमा खासखुस चल्न थाल्दा नथाल्दै जनताजनार्दनका मनमा भने अब कसकसले के के वितण्डा मच्चाउने हुन् भनेर खसखसको मूल फुट्न थाल्छ । ज्वारभाटा उत्पत्र हुन थाल्छ । स्वतन्त्र स्वाभिमान र अटल अस्तित्वमाथि शङ्काउपशङ्का व्यक्तिन थाल्छ । कुन ठीक कुन बेठीक छुट्ट्याउन गाह्रो पर्छ । अस्वाभाविक यो पनि होइन । हिजोका राजाराम र आजका गङ्गाराममा फरक नपाउन्जेल उनीहरुको खसखस यथावत हुन्छ । अभैm मूर्त रुपमा अकस्मात् देखिने र अमूर्त रुपमा एकाएक घोत्लिने राजनीतिक पात्रका परिवर्तनशील आवरण र तिनका अस्थिर खासखुसले जनताजनार्दनमा खसखसको मात्रा टाइफाइडको ज्वरो थर्मामिटरको पारोमा चढेभैmँ स्वाट्ट बढाइदिन्छ । अनि, खाने पिउने रामे, चोट पाउने चामे भनेभैmँ सबै जिल्लाराम । खासखुस यथावत् । खसखस निरन्तर ।

राजनीतिक व्यवस्थाको चयन र दल निर्माणमा मात्र होइन, दलगत विखण्डन, गुट–उपगुट र पूmट महापूmटको पूर्व चरण पनि खासखुसबाट सुरु हुन्छ । अमुक व्यक्ति वा संस्था यस्तो । तिनको सम्बन्ध र लसपस फलानाफलानासँग । अमुक व्यक्ति वा संस्थाको आचरण यस्तो । उस्तो । तिनका साथ लाग्ने हो भने डुबिन्छ । आपूm तल परिन्छ । हामीले भनेको हुँदैन । जनता चिढिन्छन् । जनता खुशीन्छन् । अमुक दल अगाडि आउँछ । सरकार बन्छ । सरकार ढल्छ । मन्त्रिपरिषद् बिस्तार हुन्छ । विघटन हुन्छ । निरङ्कुशता सुरु हुन्छ । तानाशाही लादिन्छ । हामी बिलिन्छौँ । कार्यकर्ता फुट्छन् । जुट्छन् । एक्ल्याउन सकिन्छ । जुटाउन सकिन्छ । फुटाउन सकिन्छ । काम देखित्र । काम देखाउन सकिन्छ । दुईचार ठाउँमा मान्छे राख्न सकिन्छ । फलानालाई हटाउन सकिन्छ । ऊ हुँदा सजिलो पर्छ । ऊ नहुँदा असहयोग हुन्छ जस्ता आदि इत्यादि क्रियाकलाप खासखुसका नियमित अदृश्य अभ्यास हुन् । खासखुसका यस्ता नियमित अभ्यासमा नआइज भन्दा पनि खसखस आइदिन्छ । रातपछि दिन, दिनपछि रात आए जस्तो ।

राजनीतिक दलहरुबीच अभैm निर्वाचनका कुरा आउनु पर्छ । सरकार गठन र विघटनका कुरा आउनु पर्छ । वार्ता र सहमतिका कुरा आउनु पर्छ । महत्वपूर्ण कुर्सीका कुरा आउनु पर्छ । शक्ति बाँडफाँडका कुरा आउनु पर्छ । युरोप अमेरिका यात्राका कुरा आउनु पर्छ । अनि, सुरु हुन्छ खासखुसको कोकोहोलो । खासखुसको खैलाबैला । खासखुसको खेती । खासखुसको लेनदेन । रातारात परिवर्तन । आज तेरो, भोलि मेरो । हिजो उसको, पर्सि त्यसको । कहिले नाकाबन्दी, कहिले तालाबन्दी । कहिले स्वदेश, कहिले विदेश । स्टारको बसाइ । बोलीमा टोस्ट, सिरानीमा रोस्ट । कतै ब्वाय पे्रmन्ड कतै गर्ल पे्रmन्ड । एक हातमा नोट अर्को हातमा भोट । स्वतन्त्रताको खुलेआम उपयोग । खुलेआम उपभोग । क्षणिक नै भए पनि स्वर्गीय आनन्द । नपुग्दो के छ र ? ल ! हेर्नुस् त, खासखुसको तमासा । खासखुसको करामत । अनि, किन नबढोस् जनतामा खसखस ?

यो लेखन्ते राजनीतिको ‘र’ पनि जान्दो रहेनछ भत्रु होला । कतै, व्यवस्थाको विरोधी रहेछ भत्र पनि बेर नलाउनु होला । कुरो त्यसो होइन । यो देखी जात्रेको देखपत्र हो । बोली जात्रेको बोलपत्र हो । सुनी जात्रेको सुनपत्र हो । लेखन्तेको मनपत्र होइन । न त कसैप्रतिको उजुरबाजुर र प्रत्युत्तर नै हो । बुझी जात्रे विद्वान् र पढी जात्रे पाठकका लागि यो भन्दा बढी के भत्रु पर्छ र ?

के राजनीतिमा मात्रै खासखुस हुन्छ ? अन्त हुँदैन ? होइन । हुन्छ । राजनीति अलि बढी खासखुस हुने र खसखस बढाउने क्षेत्र मात्र हो । खासखुस समाजका सबै विन्दुमा हुन्छ । मात्रात्मक तलमाथि होला । राज्यको खासखुस, अपराधीको खासखुस । व्यापारीको खासखुस, ग्राहकको खासखुस । सरकारको खासखुस, जनताको खासखुस । राष्ट्रिय खासखुस, अन्तर्राष्ट्रिय खासखुस । यात्रुको खासखुस, यातायात व्यवसायीको खासखुस । खासखुस हुने ठाउँ कति हो कति ! बयान गरी साध्य छैन ।

राज्यको खासखुस थाहा हुनेबित्तिकै अपराधीको खासखुस सात कदम अगाडि बढ्छ । बजारियाको खासखुस सुरु हुनेबित्तिकै पातालको भाउ अकासमा पुग्छ । पसलको सामान गोदाममा पुग्छ । यातायात व्यवसायीको खासखुस सुरु हुनेबित्तिकै यातायातमा भाडा वृद्धि । आन्दोलन । सडक जाम । चक्का जाम ।

यस्ता खासखुस र यसका परिणामका कुरा गरेर साध्य छैन । कति छन् कति ! कुत्रि के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो । अनि, बढी बोलेर के गर्नू ? त्यसैले म अब विश्राम लिन्छु । तपार्ईं अघि बढ्ने भए बढ्नुस् । मसँग खासखुस गर्नु पर्दैन । बरु, सफलताका लागि तपाईंलाई शुभकामना । बढी के भनूँ ?
pindalup@yahoo.com

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *