कविता : तिमी आउनुको प्रतीक्षा

~सुवास खनाल~subash-khanal

दुर्घटना थिएन तिमी आउनु
निश्चित हो तिम्रो आगमन

तिमी आउनु ,आउनु जस्तो रहेन
कुनै नियोजित षडयन्त्रकारीले बन्देज गरेजस्तो तिम्रो बोली
कुनै पुरातन संस्कृतिले छोपेजस्तो तिम्रो अनुहार
वा नआउनु जस्तो यो आउनु

……निकै दिक्दार लाग्दो रह्यो

प्रतीक्षा रहुञ्जेल नै प्रिय रह्यो
तिमी आउनुको प्रतीक्षा

युगीन अनन्त अप्ठ्याराहरुमा
चढी बस्यौँ साहसको भर्‍याङ

जब तिमी आयौ
अस्थिपञ्जरविहीन प्रायोजित शारीरिक स्वरुप
बुख्याँचा अनुहार
अनावश्यक कस्मेटिक रुपाकृति

झुर रह्यो यो आगमन

तर यत्ति हो
तिमी आयौ

अब खोज्नु छ
उपस्थितिको मात्र पनि
रहन्छ कि कुनै महत्व ?

छतिवन 0८,पावस, मकवानपुर
हाल : भरतपुर चितवन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.