कथा : लभ इज डेड !

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

दिउँसभरी काठमाडौं उपत्यकालाई भोगेपछी सुर्य असमान उचाईको घरहरुको पछिल्तीर लुक्ने तरखरमा छ । साँझ गमम्क परेर अन्मीन थाल्दा मेरो आँखा अगाडी बाट केही मानीसहरु भागेर घन्टाहरु को पछिल्तीर लुक्न पुगेका छन् । सायद माहानगरपालीका को कर्मचारी अबैध रुपमा राखिएका फुटपाथ पसल हटाउन खोज्दै थिए । सातैं तल्लाको पारर्दशि सिसा पछाडी म ह्विस्कीको पहीलो सुरुप लिदै छु । म उपत्यकालाई लमतन्न उत्तानो पल्टीएको देख्छु । र सधै यस्तै देख्ने गर्छु । युद्धमा पछारिएको सिपाही जस्तो घस्रीएर अस्तिव खोज्दै छ । सोच्नु पर्ने केही छैन । यो शताब्दी देखी यसरी नै पछारीएको छ । एउटा मृत उपत्यका ।

कथाहरु फेरीएका छन् । प्रत्येक घरहरुको उज्यालो फेरीएको छ । भरे उसकी श्रिमतीले एउटा नयाँ कथा सुनाउँने छे । ‘फलानोको स्त्रीले अबैघ रुपमा जाँघ फाटी रे’ । कयौं कथाहरु हरेक दिन नौला लाग्छन् । उ पनी ट्वाल्ल परेर त्यही उत्तानो पल्टीएको उपत्यकालाई हेर्दै छ । मैले भन्दा फरक त्यसले केही देखीरहेको छैन । तर उपत्यकाको बुढ्यौली त्यसलाई सरे जस्तो लाग्छ । अली बुढो देखीएको छ । म उसको नाम जान्दीन । म कसैको नाम संझीने कोसीस पनी गर्दीन । उपत्यकाले कसैको परीचय मागेको थिएन । सायद कसैले पनी यो कोलाहालमा कसैको परिचय माग्ने छैन । मैले उसलाई मनमौजी नाम दिन सक्छु । म ढुक्क भएर उसलाई हेर्न थाल्छु । उ टाईको नट दाँया बाँया घुमाउँदै हुन्छ । म उपत्यकालाई छोडेर उसलाई हेर्दै छु । खल्लो अनुहार पारेर त्यो ह्विस्कीको गिलास भित्र हेर्न थाल्छ । झिङ्गा डुबेछ । उ वेयटर लाई ईसारा गर्छ । अब, उसले ह्विस्कीको फ्रेस  फेटोकपी ल्याएर राखी दिएको छ ।

भोली बिहान झिङ्गाको मृत खबर अखबारहरु किन छाप्दैनन् ? म उसले ह्विस्की को प्रतीलीपी पिएको हेर्न थाल्छु । उ अब ढुक्क हुन सक्छ? म कामना गर्छु अर्को झिङ्गा ले देहत्याग नगरोस् । ‘झिङ्गा मेरेको प्रत्येक खबर छाप्न सकीदैन’ म आफुलाई संझाउन खोज्छु । वेयटर चिकेन सिज्लर लिएर आईपुगेको छ । म उसलाई धन्यबाद नभनी र्फकाईदिन्छु । म फेरी उसलाई ध्यान दिन्छु । उ सिग्रेट सल्काउन खोज्दै छ । तुँवालो ले छोपिएको उपत्यका जस्तो उसको गहुँगोरो बर्ण त्यही धुँवाको फोहरामा बिलाएको देख्छु । नग्न नर्तकीरु आईपुगेका छन् । साँधुरो कम्मर हल्लाएर ईटालिएन संगीतमा आफुलाई नंगाउँदै छन् । म त्यता हेर्दीन । उ त्यो नग्न नाच मात लिएर हेर्दै छ । बाहीर उपत्यकालाई उज्यालोको खडेरी लागेको छ । अन्धकारमा एउटा सिङ्गगो मृत उपत्यका निदाउँन खोज्दै छ । तातो पानी अगाडी सार्छु र ह्विस्कीमा मिलाएर पिउन थाल्छु ।

कोटको तातोमा हात घुर्सान पुग्छु । यो मेरो प्रेमीले गत क्रीसमसमा दिएको हो । हामी गत साल संगै थियौ । उसले कोट उपहार दिएको मन परेको थियो । कोट तातो छ । मायाको तातो? ‘होईन’ । माया तातो या चिसो नहोला । अझ बडी यो चिसोको अबशेस नै हो । म ठोकुवा गरेर भन्छु । गजब्ब छ । यो माया गजब्ब छ । कहीले चिसो या त कहीले तातो मलम मन मनै लेप्सिए जस्तो । म आफै भित्र काउकुती लागे झै यसो हल्लीन्छु । त्यो अहीले तरुनीको नाच बाट आँखा हटाएर अर्को सिग्रेट सल्काउन खोज्दै छ ।

के त्यो मेरो प्रेमी बन्न सक्छ ? म उपत्यका लाई प्रश्न गर्छु ।

त्यो अँध्यारो संगको सहबासमा मस्त छ । मेरो प्रश्न त्यही अँध्यारोले क्वाप्प खाए जस्तो लाग्छ । सुन्ना माथी सुन्ना थपीए जस्तो प्रेमले प्रेम खासै कहीले दिएन । कोटको खल्ती भित्र फेरी हात घुसार्छु । यो अझै तातो भएको छ ।

मन उम्लीएर आँउछ । प्रेमको यो तातो उम्लाई । यो तातो त्यो मानीस तिर बढ्दै छ । म तान्न खोज्छु त्यो झन अगाडी तिर बड्छ । म नशाको अर्को गिलास उठाउँछु । उसको सिग्रेटको गन्ध मेरो नाकको पोरा सम्म आईपुग्छ । गन्घ मिठो छ तर मेरो प्रेमीले उडाएको जस्तो होईन ।

म अर्को हात पनी कोटको खल्ती भित्र हाल्छु । यो सेलाउला ? कालो कोटको प्रेम कुनै दिन सेलाउला ? उड्दै आएको सिग्रेटको धुँवालाई अर्को प्रश्न गर्छु । अब धुँवा अलमलीएर मेरो अगाडि आई रुमल्लीएको छ । र मलाई नै प्रश्न गरे जस्तो लाग्छ । के तिमी प्रेम निभेको हेर्न खोज्दैछौ ? केही भन्न सक्दीन । म फेरी त्यो मानीसतिर हेर्न थाल्छु । अहीले मेरो सामु एक जोडी ख्याउटे आँखा आएर रोकीएका छन् । म त्यस भित्र प्रेम खोज्न थाल्छु । छुट्टाउन खोज्छु, यि सग्ला आँखा प्रेमका प्रतिक हुन या होईनन् ।

म ति एक जोडी आखाँ लाई कोईशन गर्छु । के तिमी प्रेम हौ ? खासै काम बनेन । उफ ! त्यसको कोश ज्वालामुखी जस्तो बलेको देखिदैछ । उग्र भएर म तिर तनमयले हेर्न खोज्छ ।

‘के तिमीले कसैको हत्या गरेका छौ ? म त्यसलाई सोध्न थाल्दा रोकीन्छु ।

त्यो मानीस टेबलमा टाउको बजार्दै छ । किन ? उसकी श्रिमती पोईल गएकी होली या त भाडावाल संग त्यसकी तरुनी छोरी भागेकी हुन पर्छ । म त्यसलाई प्रेममा पागल बन्दै गएको देख्छु । कस्तो पागलपन । म त्यस्की प्रेमिका भईदिएकी भए । चिसो बतासले मेरो छाती चिस्याउँदै लगेको छ । हातहरु फेरी चिसा भईसकेछन् । कोट को खल्ती भित्र हात फेरी घुसार्छु । वेयटर घरी घरी मेरो तिघ्रा हेर्न आए जस्तो लाग्छ । त्यसले भर्खर मेरो ओठमा हेरेर गएको छ । मलाई त्यसका नजरहरु घिनलाग्दा लाग्दैनन् । म त्यसलाई फ्राई फीस लेराउन भन्छु । पुरुष आँखाहरुले मेरो छाति तिर या शरिर तिर नियालेर हेर्दा म मेरो नितब्बको आयतन बडेको अनुभब गर्छु । ति सबैले मलाई निखारेर खाँदा हुन् । म घिन लाग्दो सोच्नु भन्दा अगाडी, ह्विस्कीको गिलास उठाउँदै फेरी पिउन थाल्छु । त्यो मानीस अहीले अर्को टेबलमा सरेको छ । ईटालिएन म्युजिक लाई हिप हप स्टान्ड मा फेरीएको छ । नर्तकीहरु फेरी नाच्न आईपुगेका छन् । मलाई स्त्रिहरु नाचेको त्यती कहीले मन परेन । म त्यसलाई नै हेर्न थाल्छु ।

उपत्यका निदाएको मध्य रात । कोलाहाल देखी केही टाडा । यही रात म ‘प्रेम’ लाई मृत घोषणा गर्न तम्सिएको छु । जसरी ईश्वरको मृत्यु भएको घोषणा गरीएको थियो । जसरी लेखकको मृत्यु भएको घोषणा गरीएको थियो । प्रेम आज मर्दैछ ? हो, म प्रेमको मृत्यु भएको घोषणा गर्ने छु । मैले प्रेमको मृत्यु भएको घोषणा गरे । अब उप्रान्त प्रेम कसैले गर्ने छैन । प्रेमको आलिङ्गन मा बाँधिनु पर्ने आवश्यकता रहेन । झ्याल बाहीर हेर्छु । अँध्यारो छ । कतै कतै उज्यालो केन्द्रबिन्दु पारेर उभिएको छ । म बारको धुमील प्रकास भित्र र्फकन्छु  । अहीले त्यो मानिस कराउँदै छ । त्यसले पनी प्रेमको मृत्यु भएको खबर पाएको हुनु पर्छ । भोली यसले प्रेमको मृत्यु भएको घोषणा को साक्षी बस्ने छ । भोली बिहान सम्म मा यो खबर ईतिहाँस बनेर लमतन्न पसारीएको उपत्यकाको चारै तिर फैलीसकेको हुनेछ ।

प्रेमको मृत्यु भएको खबर अखबारहरुमा छापिने छन् । ब्रेकिङ न्युज बन्ने छन् । त्यती बेला म मेरो कालो ओभरकोट संगै नयाँ प्रेमिको घरमा भेटिनेछु सायद । के भन्न सकिन्छ र? आज प्रेम मरेको छ । म त्यो मानिस तिर र्फकिन्छु । यस लाई भोली कतै भिडमा तपाईहरुले देख्नु हुनेछ  ‘प्रेम को मृत्यु भएको’ नारा घन्काँउदै गर्दा । त्यो अहीले नर्तकीको स्तन वरिपरी आफ्नो मुन्टो हल्लाउँदै छ ।

नजिक बाटै गईरहेको वेयटर लाई म मृत्युको खबर सुनाउँछु । उ दङ्ग पर्छ । प्रेमको मृत्यु भएको खबरमा मानीस किन यती चाख मान्दै छन् ? बारमा ठुलो हलचल हुन्छ । सबैले प्रेमको मुत्यु भएको कुरा एक एक पटक उच्चारण गरीसकेका छन् । बारको मेनेजर अहीले हँसिलो मुद्रामा वेयटरको छेउमा उभिएको छ । सायद उसले पनी ‘प्रेमको मत्यु भएको खबर’ सुनिसकेको हुनु पर्छ । ‘प्रेमको मृत्यु भएको छ’ वरिपरीको स्पिकरहरुमा loop हुन थाल्छ । मेरो नाम सहीत मलाई सम्मान दिने घोषण तुरुन्त गरियो । मेरो नाम बोलाएको मघुरो लय कान सम्म आई पुग्दै छ ।

‘आरुषी’ –म छेउमा एउटा पुरुष स्वर गुञ्जन्छ ।

म ब्युँझन्छु । मेरो नयाँ प्रेमी म संगै निदाई रहेको छ । उ सपनामा मेरो नाम लिदै हुन्छ । मेरो नाम सपनामा लिन उसले कस्तो सपना देखेको हुनुपर्छ । छेउमा छरिएको ओभर कोट लाई म आफुतिर तान्छु र सोच्न थाल्छु । ‘के प्रेमको मृत्यु भएको घोषणा गर्न त्यो समय उचित थियो’ ? ओभरकोटको तातोमा गुटमुटीएर लमतन्न फैलिएको उपत्यकालाई फेरी देख्न खोज्छु ।

निदाएपछी फेरी यही सोच्दै हुन्छु । ‘के प्रेमको मृत्यु सही छ?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *